काठमाडौँ । ‘विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुटको अवस्थाबाट अगाडि बढिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले बताउनुभयो । सङ्घको ७२औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कारको उद्घाटन मन्तव्यमा वहाँले सो धारणा राख्नुभएको हो । आश्विन ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताउनुभयो– ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ ।’ समाजवादी संस्कृतिको अभ्यासको आवश्यकतामाथि जोड दिँदै…
काठमाडौँ । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने जस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरूले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको यस प्रकारको आन्दोलनले बालेन र स्वतन्त्र पार्टीलाई सबै भन्दा बढी टाउको दुखाइको विषय बनेको छ । मङ्गलवार राति मेयर शाहले एक विज्ञप्ति जारी गरी दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल समेत गरेका छन् । राजनीतिक आबद्धता तत्काल…
काठमाडौँ । प्रगतिशील लेखक सङ्घको ७२औँ स्थापना दिवसमा विभिन्न स्रष्टाहरू सम्मानित हुने भएका छन् । आगामी आश्विन ५ गते नपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा दिउँसो ११ बजेबाट हुने सो कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री सूदन किराँती हुने जानकारी हुन आएको छ । वि.सं.२००९ साल आश्विन ५गते स्थापना भएको सङ्घले आफ्नो स्थापना दिवसमा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्ने गर्दछ । यो वर्ष पनि नेपाली वाङ्मयको उन्नयनमा विशिष्ट योगदान पुराएका विभिन्न स्रष्टाहरु लाई सम्मानित गर्न लागिएको सङ्घका अध्यक्ष डा.मधुसूदन गिरीले बताउनु भयो । पुरस्कृत हुनेहरूमा श्यामप्रसाद शर्मा स्मृति पुरस्कारबाट कवि कुन्ता शर्मा, प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार नरेश भण्डारी,…
काठमाडौँ । बर्षौसम्म चक र डस्टर बोकेर हिँड्ने शिक्षकहरूको सम्मानित जीवन हुनुपर्दछ भन्दै उनीहरू अनिश्चित कालीन आन्दोलनमा उत्रिएका छन् । शिक्षकरुहरुसँग गरिएको ५२ बुँदे सम्झौता, नेपाल सरकारले उल्लङ्घन गर्दै प्रतिगामी दिशातर्फ अग्रसर भएकोले आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानुभाई कार्की बताउनुहुन्छ । शिक्षासम्बन्धी विधेयकले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन खोजिएको, शिक्षामा लगानी नबढाएको, राहत शिक्षक, इसीडीलाई विद्यालयको आधारमा नल्याएको, कर्मचारीहरूको मागलाई बेवास्ता गरिएको भन्दै आजदेखि पठनपाठनलाई ठप्प पारिएको अध्यक्ष कार्कीले बताउनुभयो । संसद्मा दर्ता भएको शिक्षा विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासङ्घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। आन्दोलनलाई सशक्त बनाउन ७७ वटै जिल्लाबाट राहत, करार, बाल…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका उनले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिइने बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको समेत जानकारी दिए' प्रचण्डले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित गरिने छैन।’ प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । प्रधानमन्त्री दाहाल आजै न्यु योर्क आउनुभएका हुन् । उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि…
काठमाडौँ । तीनकुने स्थित गैह्री गाउँमा शनिवार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडा घारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले फर्निचरमा पसेर चार जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिवार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा…
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगुले आक्रमण गरेको छ । केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौँ फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो । अस्पताल भर्ना भएकी नेतृ पौडेललाई निरन्तर रूपमा प्लाज्मा चढाइँदै छ । नेतृ पौडेलको ओ पोजेटिभ रगत रहेको र आज पनि घनश्याम न्यौपाने, भीष्म जोशी, विष्णु बेल्बासे र किरण पाण्डेले रक्तदान गर्नु भएको थियो । हिजो नेतृ पौडेलको प्लेटलेस छत्तीस हजार रहे पनि आज घटेर चौबिस हजार पुगेको अवस्था छ । वहाँलाई निरन्तर रूपमा फलो गरिरहनु भएका हेम्स अस्पतालका डा.कुमार…
काठमाडौँ । 'नेपालमा किसान आन्दोलन कमजोर हुँदै जानुमा विचारको पक्ष कमजोर हुँदै जानु हो', नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भयो । अखिल नेपाल किसान महासङ्घ(अप्फा)को आयोजनामा भाद्र ३० गते काठमाडौँ जिल्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण आयोजनामा वहाँले सो धारणा राख्नुभएको हो । विचार, दृष्टिकोणले सबै कुरा प्रभावित पार्ने बताउँदै महामन्त्री सिंहले 'किसानहरूको बिचमा प्रतिक्रियावादी, सामन्तवादी विचार पसेको त्यसका साथै विभिन्न एनजिओ तथा आइ एनजिओले भ्रमको खेती गरिरहेका कारण नेपालमा किसान आन्दोलन कमजोर हुँदै गएको’ बताउनुभयो - 'विचारको पक्ष कमजोर हुँदै जाँदा अहिले किसानको बेग्लै समाज बनी सकेको अवस्था छ ।' त्यसैले वहाँको धारणा थियो, 'किसान समस्यासँग राजनीति र सिद्धान्त पनि जोड्नु…
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समस्या देखिएका सञ्चार गृह विरुद्ध दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ। महासङ्घको २०८० भदौ २९ गते शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै समस्या देखिएका सञ्चार गृह विरुद्ध आवश्यकताअनुसार दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको हो । महासङ्घका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको सो निर्णय गरेको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । ‘बैठकले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चार गृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा…
अफ्रिकी देश लिबियामा आएको डेनियल तुफान र बाढीले अहिलेसम्म सात हजार जनाको मृत्यु भइसकेको छ । तुफानपछि डेर्ना सहरको दुई वटा ड्याम नष्ट हुँदा लगभग १०हजार जनसङ्ख्या भएको सो सहर पूर्ण रूपमा नष्ट भएको छ । ड्यामको उँचाइ २२० फिट अग्लो रहेको बताइएको छ । लिबियामा आएको यस प्रकारको प्राकृतिक प्रकोपले बिस हजार भन्दा बढी मानिस बेपत्ता भएको अवस्था छ । अलजजीरा मिडियाका अनुसार त्यहाँको अवस्था एकदमै भयानक अवस्थामा छ । घरभित्र लासहरू सडेको तथा कतिपय लासहरू समुन्द्रमा बगिरहेको अवस्था छ । रेस्कूयमा संलग्न कैयौँ सैनिकहरू समेत बेपत्ता भइरहेको अवस्था छ । स्मरण रहोस्, डेलियल तुफान गएको हप्ता ग्रिस, तुर्की र…