Sindhul Dainik

शिक्षा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

आउताबाबु औंसी पर्बमा आइतबार हहिरपुरगढीमा सार्वजनिक विदा

सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एक सूचना जारी गर्दै राई समुदायको मुख्य पर्व आउताबाबु औंसीको उपलक्ष्यमा असोज ५ गते आइबार गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा विक्तिय संस्थाहरु र अन्य सार्वजनिक संघ÷संस्थाहरुमा स्थानीय विदा दिइएको उल्लेख छ । साथै अध्यक्ष वाइबाले गाउँपालिका बासी, स्वदेशी तथा विदेशमा रहनु भएका सम्पूर्ण राई समुदायलाई आउताबाबु औंसी पर्बको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आदिवासी तथा जनजाती राई समुदायको उल्लेख्य रुपमा बसोबास…
Read More
बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको छ । ब्यक टु लाइफ इ भि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालयको लागि सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । उक्त भवन निर्माणका लागि शनिवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले एक कार्यक्रमका विच शनिवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नु भएको हो । गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको पक्की भवन निर्माणको लागि शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले…
Read More
स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सुनकोसीमा सम्मान

स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सुनकोसीमा सम्मान

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सम्मान तथा छात्रावृत्ति वितरण गरिएको छ । विचैमा पढाई छाड्दै बिवाह गर्नेहरुको संख्या बढ्दै गएपछि स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीहरुलाई प्रोत्सहान स्वरुप सम्मान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाका १५ जना अबिबाहित छोरीहरुलाई सम्मान गरिएको हो । उनिहरुलाई गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार एक कार्यक्रमका विच सम्मान गर्नुभएको हो । उनिहरुलाई जनही १८ हजार रुपैयाँ नगद सहित दोसल्लाह ओढाएर सम्मान गरिएको हो । ‘गाउँपालिका भित्र बसोबास गर्ने र पालिका भित्रै स्नाकोत्तर अध्ययनरत छोरीहरुलाई सम्मान गर्दा अन्य किशोरीहरुमा समेत उच्च शिक्षा अध्ययनगर्ने हौसला…
Read More
फिक्कलका तिनवटा वडाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा

फिक्कलका तिनवटा वडाका स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको प्रमुख आतिथ्यता, उपाध्यक्ष राजु बरालको विशिष्ठ आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरिएको हो । फिक्कल गाउँपालिकाको २, ३ का दुईवटा स्वास्थ्य संस्था र तिनपाटन गाउँपालिका १० को स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको हो । तिनपाटन १० को स्वास्थ्य चौकी बागमती प्रदेशकै पहिलो पोषणमैत्री स्वास्थ्य चौकी हो । शुक्रबार फिक्कल गाउँपालिका ५ को स्वास्थ्य चौकी सोल्पाठानालाई एक कार्यक्रमका विच घोषणा गरिएसंगै पोषणमैत्री स्वास्थ्य संस्थाको संख्या चार पुगेको…
Read More
अध्यक्ष मोक्तानलाई मावि मरिण खयरसालको सम्मान

अध्यक्ष मोक्तानलाई मावि मरिण खयरसालको सम्मान

सिन्धुली । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएपछि सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसाल विद्यालयले समेत सम्मान गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष मोक्तानलाई सम्मान गरिएको हो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको थियो । मरिण गाउँपालिका शिक्षाका क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका बन्दै गर्दा समग्र मरिणका विद्यालय र शिक्षाका क्षेत्रमा काम गर्ने संस्थाहरुको समेत उच्च शिर भएको उल्लेख गर्दै विद्यालयको तर्फबाट अध्यक्ष मोक्तानलाई सम्मान…
Read More
गर्मीका कारण कमलामाईका विद्यालय बन्द

गर्मीका कारण कमलामाईका विद्यालय बन्द

सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु तिन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबार देखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल मंगलबार एक सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु आगामी शुक्रबारसम्मका बन्द गरिने जनाए । हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न सबै विद्यालयहरुमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा अत्याधिक…
Read More
मावि मरिण खयरसालमा निर्वाचनबाट ‘क्याप्टेन’ छनौट, मैनाली निर्वाचत

मावि मरिण खयरसालमा निर्वाचनबाट ‘क्याप्टेन’ छनौट, मैनाली निर्वाचत

सिन्धुली । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुने गर्दछ । राजनीतिक पार्टी तथा भातृ सँगठनको नेतृत्व छनौट लोकतान्त्रीक पद्धती अनुसार निर्वाचन बाट गरिँदै आएको छ । तर, सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसालले क्याप्टेन (प्रमुख) सहायक क्याप्टेन (उपप्रमुख) को छनौट निर्वाचन मार्फत गराएको छ । विद्यालयमा केही समयदेखि रिक्त रहेको क्याप्टेन र सहायक क्याप्टेन पदमा विद्यार्थीहरुले शुक्रबार मतदान गरेर छनौट गरेको विद्यालयले जनाएको छ । शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले मरिण गाउँपालिकाको शिक्षा शाखासंग सहयोग लिई निर्वाचन प्रकृयाबाट एक वर्षका लागि क्याप्टेन र सहायक क्याप्टेन छनौट गरेका हुन् । विद्यालयका कक्षा…
Read More
सिन्धुलीको मरिणलाई ‘उत्कृष्ट गाउँपालिका पुरस्कार’

सिन्धुलीको मरिणलाई ‘उत्कृष्ट गाउँपालिका पुरस्कार’

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिका प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको हो । शुक्रबार पोखराको सभा गृहमा आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ प्रदान गरिएको हो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार देशभरका गाउँपालिकाहरुको मुल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट भएको थियो । प्राद्यापक डाक्टर विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मुल्यांकन समितिले विभिन्न २५ वटा शैक्षिक…
Read More
तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘इनअफ’ क्याम्पियन सुरु

तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘इनअफ’ क्याम्पियन सुरु

सिन्धुली । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरेको सिन्धुलीको तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘इनअफ’ क्याम्पियनका सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न तिनपाटनमा सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । गाउँपालिकालाई बालमैत्री र कुपोषण मुक्त पालिकाका निर्माणका लागि आवश्यक निति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनका रुपमा ‘पोषण बहस’ सुरु गरिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए । गाउँपालिकाले बुधबार आयोजना गरेको पोषण बहसमा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, आमा समुह, महिला स्वयमसेवीका सहयोगी निकायका प्रतिनिधि लगायतले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् । तथ्यांक अनुसार तिनपाटन…
Read More
मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

सिन्धुली । सिन्धुलीको मरीण गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापका लागि स्मार्ट प्रविधि हस्तान्तरण गरिएको छ । स्मार्ट प्रविधिको माध्ययमबाट पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न १८ वटा सामुदायिक विद्यालयहरुलाई (सूचना र सञ्चार प्रविधि (आइसिटी) स्मार्ट प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयमा सूचना र सञ्चार प्रविधि अन्तरगत ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, ई–हाजिरी प्रणाली, तथा स्मार्ट बोर्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । गाउँपालिकाले यस अघिनै केही नमुना विद्यालयमा आइसिटी प्याकेज हस्तान्तरण गरिसकेको छ । ‘शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी प्रविधिको प्रयोग प्रभावकारी देखिएपछि अन्य विद्यालयहरुमा समेत यस्तो प्रविधिको प्रयोग बढाउने गरी प्रविधि हस्तान्तरण…
Read More