Sindhul Dainik

Day: २०८१ असार २६, बुधबार

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता…
Read More
जिल्ला अदालत सिन्धुलीले २३ वर्षपछि ब्युँतायो द्वन्द्वकालीन मुद्दा

जिल्ला अदालत सिन्धुलीले २३ वर्षपछि ब्युँतायो द्वन्द्वकालीन मुद्दा

सिन्धुली । जिल्ला अदालत सिन्धुलीले २३ वर्ष पुरानो द्वन्द्वकालीन मुद्दा ब्युताउन आदेश दिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेल देखि मोहन बैद्य समुहका नेता चन्द्रप्रकास गजुरेल लगायतका २६ जना जनयुद्धकालीन माओवादी नेताहरु प्रतिवादी रहेको मुद्दा व्युँताइएको हो । जिल्ला न्यायधीश रमेश शर्मा पौडेलको इजलासले गोरे बहादुर श्रेष्ठ र प्रहरी सहायक निरिक्षिक जयबहादुर खड्का समेतको प्रतिवेदन तथा रत्नबहादुर माझीको जाहेरी रहेको दुईवटा मुद्धा काहरबाहीका लागि जगाउने गरी मुलतबीमा राख्न आदेश दिएका हुन् । जिल्ला अदालत सिन्धुलीमा विचाराधिन रहेको दुई वटा ज्यानमार्ने उद्योग सम्बन्धिका मुद्धा लामो समयदेखि निश्कृय रहेको भन्दै ति मुद्धाहरुलाई मुलतबी जगाई करबाही अगाडी बढाउन…
Read More
सिन्धुलीका पालिकाको बजेट ६ अर्ब ८२ करोड

सिन्धुलीका पालिकाको बजेट ६ अर्ब ८२ करोड

सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड…
Read More
गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरमा विद्युत सेवा पुग्यो

गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरमा विद्युत सेवा पुग्यो

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको छ । सोमबार पालिकाको वडा नम्बर १ डुडभन्ञ्याङ स्थित भाविनथान, कात्तिके, कटुन्जे, भन्ञ्याङ्गखानी, भालुभन्ञ्याङ्ग, भन्सार लगायतका क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएसंगै पालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार वडा नम्बर १ का यी बस्तिहरुमा सोमबारबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सन्चालनमा आएसंगै पालिकाको ४ हजार २ सय २९ घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकामा कुल ४ हजार ३ सय ६३ घरधुरी रहेका छन् । अव बाँकी ३ प्रतिसत अर्थात १ सय ३४ घरधुरीमा मात्र विद्युत सेवा पुग्न…
Read More
सिन्धुली अस्पतालमा डाक्टर नहुँदा युएसजी सेवा प्रभावित

सिन्धुली अस्पतालमा डाक्टर नहुँदा युएसजी सेवा प्रभावित

सिन्धुली । सिन्धुली जिल्ला सदर मुकाममा रहेको एक मत्र सरकारी अस्पताल सिन्धुली अस्पतालमा डाक्टर नहुँदा चार दिन देखि भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको छ । अस्पतालमा कार्यरत डाक्टर विदामा बसेका कारण भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको हो । चारदिनदेखी भिडियो एक्सरे सेवा नुहँदा विरामीहरुले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन । कमलामाई नगरपालिका ९ भिमानमा दिनेश न्यौपानेले अस्पातलमा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा पाउन नसकेको गुनासो गरे । उनले अस्पतालमा विरामीले भिडियो एक्सरे सेवा नपाएको कुरा गुनासो गर्ने ठाउसमेत नभएको बताएका छन । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट समेत विदामा भएका कारण विरामीहरुले सास्ती खेप्नु परेको कुरा गुनासो राख्ने ठाउँ…
Read More
सुनकोसी, कमला र बागमती नदीले सतर्कताको तह पार गर्‍यो

सुनकोसी, कमला र बागमती नदीले सतर्कताको तह पार गर्‍यो

सिन्धुली  । सिन्धुली जिल्ला स्थित तिन ठुला नदीहरुमा आएको बाढीले सतर्कताको तह पार गरेकोको छ । मंगलबार जिल्ला स्थित सुनकोसी, कमला, बागमती नदी र चँदाह खोलामा आएको बाढीले सतर्कता तह पार गरी खतरा तहमा पुगेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । लगातार परेको पानीसंगै नदीहरुमा आएको बाढीले खतराको तह पार गर्ने अवस्थामा पुगेकोले नदि तटिय क्षेत्र लगायत डुवान हुने क्षेत्रमा उच्च खर्तकता अपनाउन भनिएको छ । विभागका जलविद् भिमलाल पाण्डेका अनुसार कमलानदीमा ३ दशमलव ५ मिटरसम्मको बाढीलाई खतराको तह मान्ने गरिन्छ । कमला नदीमा आएको बाढीका कारण सिन्धुलीको कमलानदी तटिय क्षेत्र दुधौलीको, मैनी, बेल्सोत, नीपाने, हत्पते, टाँडी, हर्षाही,…
Read More
तीनपाटन गाउँपालिकाको खर्च ८४ प्रतिसत मात्र

तीनपाटन गाउँपालिकाको खर्च ८४ प्रतिसत मात्र

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ८३ दशमलव ६५ प्रतिसतमात्र खर्च गरेको छ । गाउँपालिकाले मंगलबार एक विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा कुल बजेटको ८३ दशमलव ६५ प्रतिसत खर्च गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतका अनुसार कुल ८९ करोड ६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ६६ पैसा मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिसत अर्थात ७४ करोड ५० लाख ६४ हजार ४ सय ५२ रुपैयाँ ८८ पैसा खर्च गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको वित्तिय प्रगति विवरण अनुसार चालु तर्फ ८७ दशमलव ५२ र र…
Read More