सिन्धुली । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो । नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने । महोत्सवमा विभिन्न…
काठमाडौं । विवाहको लागि योग्य केटाले गाउँमा विवाहको लागि उमेर पुगेकी कुनै युवती मन परायो भने त्यो केटीलाई अपहरण शैलीमा आफ्नो घर लगेर विवाह गर्न पाउँछ । यो कुरा सुन्दा यहाँहरुलाई अचम्म लाग्छ । अहिले पनि मगर, थकाली, लिम्बुलगायत विभिन्न समुदायमा यो संस्कृति छ । यस्तो विवाहलाई उनीहरुले ‘छोपी विवाह’ भन्छन् । यस्तै छोपी विवाह र यसले समाजमा निम्त्याएका समस्यालाई चलचित्र घरज्वाईंमा उतारिएको छ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरियो । चलचित्र हेर्न पुगेको अतिथिहरुले घरज्वाईं हेरेपछि मगर संस्कृतिलाई आफुहरुले नजिकबाट बुझ्ने अबसर पाएको प्रतिक्रिया दिए । रमाईलो प्रसँग के भने मगरले नै निर्माण र निर्देशन गरेको…
मुम्बई । आफ्नो पछिल्लो चलचित्र एनिमल सुपरहिट भएपछि आफुलाई आजकाल दैनिक जसो चलचित्रमा कामको लागि प्रस्ताव आउने गरेको बलिउड अभिनेता बबी देओलले बताएका छन् । धेरै भन्दा धेरै चलचित्रमा कामको प्रस्ताव आएपछि आफुले चलचित्र खेल्न समय नभएको बताउनु परेको यी अभिनेताको कथन छ । ५५ वर्षको उमेरमा बबी देओलको करियरमा एनिमलले परिवर्तन गरिएको हो । त्यो भन्दा अघि उनीसँग राम्रो चलचित्र थिएनन्,‘चलचित्र एनिमलको लागि १५ मिनेटको भूमिका निकै कठिन भएकाले मैले राम्रो पारिश्रमिक माग गरेँ । उहाँहरुले यो भूमिकाको लागि मलाई चार करोड दिनु भयो ।’ अभिनेता रणबीर कपुरले यो चलचित्रको लागि गरेको कामको तुलनामा आफ्नो पारिश्रमिक उनको भन्दै धेरै…
काठमाडौं । नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ । स्वास–प्रस्वासको समस्याका कारण केही दिनदेखि काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । गत साता निमोनिया भएपछि लोहनीलाई अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । विगत ६–७ वर्षदेखि अल्जाइमर र पार्किन्सनको समस्याले थलिएका उहाँलाई पछिल्लो समय निमोनिया भएको थियो । सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरमा लोहनीले मुख्य नायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले बलिउड नायिका माला सिन्हाका पत्नी हुनुहुन्छ । माइतीघर चलचित्रको गीत पनि गाउनु भएका उहाँ प्रखर कलाकार हुनुहुन्छ ।
(१) पढ, फेरि पनि पढ विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ । यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै । अहिले म आख्यानको…
प्रसङ्गः कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । साध्य त ज्ञान सीप हो । ज्ञान सीप जुनसुकै भाषाका माध्यमबाट पनि आर्जन गर्न सकिन्छ । अझ भन्नु पर्दा भाषा ज्ञान होइन यो ता सीप वा मान्छेको बानी, ब्यवहार हो । कुनै पनि ज्ञान भण्डारको बाह्य पक्ष वा बाहिर प्रस्तुत गर्ने माध्यम मात्र हो । त्यो ज्ञान जुनसुकै भाषामा पनि प्रकट…
विषय प्रवेशः मैथिली साहित्येतिहासको सामान्य अवलोकन मैथिली साहित्यको बीजरूप इसाको आठौँ शताब्दीको बौद्ध सिद्धसाहित्यमा पाइन्छ । बौद्ध परम्पराको बज्रयान सम्प्रदायका सिद्ध कविहरू तत्कालीन पालवंशी राजाहरुबाट संरक्षित कविहरू थिए । बज्रयानी सिद्ध सन्तहरुलाई सहजयानी पनि भनिन्छ । सहजयानी दार्शनिकस्तरमा देहसुख लाई महासुख भन्थे अर्थात उनिहरू जगतको सुखलाई नै प्रधान मान्थे । ज्ञात चौरासीवटा सिद्ध कविहरुमा सिन्धुदेखी कोशी किनारसम्मका कविहरू छन् । यिनीहरुको कालखण्ड दुईसयदेखि दुईसय पचासवर्ष अनुमान गरिन्छ । बज्रयानी सिद्ध साहित्यको परम्परालाई पछि शैव नाथ सम्प्रदायले निरन्तरता दियो । फरक कति थियो भने सिद्ध सन्तहरूको विपरीत शैव नाथ योगीहरू जगतलाई वृथा माया र पापको स्रोत र मोक्षको निम्ती जागतिकतालाई त्याज्य…
गाजा, २७ मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
काठमाडौँ, २८मङ्सिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। राती भने देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसैले वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
-------------------------- ## रबी पौडेल ,पाण्डेचरि । उडेर गएको पात फर्की आएन उसको निश्चित गन्तव्य थिएन।। चरी पनि प्वाँख हल्लाउँदै उडेको थियो चारो नपाउँदै सिकारी ले चुँडी दियो ।। बर्खाको भेल खोला मा मिसियो बगर भरियो रुट पनि मोडियो ।। जीवन बगेको पानी जस्तै जस्तै हो कहाँ पुगिन्छ र सुक्छ थाहा नभएको हो ।। केही गराई भन्नेहरू भन्दा खुट्टा तान्ने हरू छन् अरूको रिस भन्दा बिगार्ने आफन्त छन्।। उन्नति र प्रगति बोलाएर आउँदैन चौतारी चिन्न त तन मन र धन चाहिन्छ ।। जस्तो कर्म उस्तै फल भन्छन् मानिसहरू गरिब हुनु पाप होइन बनाउने पापीहरू ।। मिति :०७/११/२०२३