Sindhul Dainik

अर्थ

सेयर बजारमा कहिले फर्किएला चमक ?

सेयर बजारमा कहिले फर्किएला चमक ?

काठमाडौँ, २२ असोज  ।    सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अङ्कमा आएको छ । सूचीकृत २ समूह मात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् । यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरूले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार…
Read More
भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

भोलिदेखि सरकारले सस्तो पसल सञ्चालन गर्ने, चीनी ९७ रूपैया केजी

काठमाडौँ, २० असोज । सरकारले भोली देखी चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा देशभरिमा ३५ स्थानमा बिक्री स्थल राखिने छ । जसअनुसार काठमाडौँ उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङमा सहुलियत पसल राखिने भएको छ। यसै गरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालिकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल…
Read More
मुगुको स्याउ नेपालगन्जको गोदाममै थन्कियो

मुगुको स्याउ नेपालगन्जको गोदाममै थन्कियो

खड्क सुनार मुगु, १९ असोज । मुगुमा बर्सातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमी आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरू नेपालगन्जमै थन्किएका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमी आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै…
Read More
जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउने

जोशी हाइड्रोपावरले हकप्रद सेयर ल्याउने

काठमाडौँ, १९ असोज । यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रवार असोज १९ गते बस्दै छ । सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । हकप्रद निष्कासन पश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ । सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक…
Read More
माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

माथिल्लो मैलुङ खोलाको आइपिओ खुल्यो

काठमाडौँ, १८ असोज । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपिओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । यसै गरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आइपिओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।…
Read More
डिभी आवेदन खुल्यो

डिभी आवेदन खुल्यो

काठमाडौँ, १८ असोज । सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) बुधवार रातीबाट खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली समय अनुसार बुधवार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो । यो कात्तिक २१ गते नेपाली समय अनुसार १०ः४५ बजे बन्द हुनेछ । अमेरिकाले हरेक वर्ष डिभी भरेकाहरूलाई चिट्ठामार्फत अमेरिका लैजाने गरेको छ । डिभी परेर अमेरिका जानेहरूले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।
Read More
सेयर बजारमा सुधार, कारोबार रकम भने अझै सुस्त

सेयर बजारमा सुधार, कारोबार रकम भने अझै सुस्त

का ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन । चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर…
Read More
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने

मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौँ, १७ असोज । मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ जारी गर्न लागेको हो । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा…
Read More
आजको तरकारी तथा फलफूलको मूल्य, भेडे खुर्सानी ९० रुपैयाँ

आजको तरकारी तथा फलफूलको मूल्य, भेडे खुर्सानी ९० रुपैयाँ

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेँडा सानो ५२, गोलभेँडा सानो लोकल ४५, भारतीय गोलभेँडा ठुलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ८० रुपैयाँ ,आलु रातो ५५, मुडे आलु रातो ५४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौँला ६० रुपैयाँ कायम भई कारोबार भइरहेको छ । त्यसै गरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ, बन्दा लोकल ६०, गाजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ४०, भन्टा लाम्चो २०, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूरो ८०, रातो…
Read More
राष्ट्र बैङ्कको सम्बोधनपछि सेयर कारोबार बढ्ने अर्थमन्त्री डा.महतको दाबी

राष्ट्र बैङ्कको सम्बोधनपछि सेयर कारोबार बढ्ने अर्थमन्त्री डा.महतको दाबी

अर्थमन्त्री डा. प्रकाश शरण महतले  आइतबार बारा जिल्लामा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सञ्जीवनी बाटिकाको भवनको उद्घाटन गर्दै  'राष्ट्र बैङ्कबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने' विश्वास व्यक्त गरे। उनले भने  'अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै छ ।'  ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।’ अर्थमन्त्री डा. महतले भने  , ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ ।  उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौँ ।  पर्यटन आउन थालेका छन् । विदेशी विप्रेषणको प्रवाह पनि…
Read More