Sindhul Dainik

Breaking News 3

विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको छ :  प्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वका सबै क्षेत्रमा सूचना–प्रविधिको निर्णायक भूमिका रहेको छ : प्रधानमन्त्री पुष्पकमल दाहाल

१७ चैत्र, काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेन्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताए । संचार क्षेत्रलाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिने योजना रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । 'सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनेइनेछ,' प्रधानमन्त्रीले भने, 'आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।'…
Read More
सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

सहकारीको पैसा लुट्ने लुटेराहरूले कांग्रेसमाथि आरोप लागाएका छन् : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा

१७ चैत्र, दाङ - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा गठबन्धन नगर्ने बताएका छन् । ‘समुदायमा कांग्रेस’ संवाद यात्राका क्रममा शनिबार दाङ पुगेका महामन्त्री थापाले सम्बोधन गर्दै कांग्रेसका मतदाताले आगामी चुनावमा रूखबाहेक अन्त भोट हाल्नुनपर्ने बताएका हुन्। ‘अबको चुनावमा नेपाली काँग्रेसका कुनैपनि मतदाताले कलम, गिलास, हँसिया हथौडामा भोट हाल्नु पर्दैन,' उनले भने। गठबन्धनको प्रवृत्तिले देशमा लोकतन्त्रलाई विकृत बनाएको बताउँदै महामन्त्री थापाले गठबन्धन नगर्दा चुनाव हारे पनि त्यसलाई सहर्ष स्वीकार्ने बताए। ‘काँग्रेसका मतदाताले रुख बाहेक अन्त कतै भोट कसैले हाल्ने छैनन्, सके चुनाव जितौंला नसके केही छैन बरु चकटीमै बसौंला,’ उनले भने। थापाले त्यसका लागि बरू पार्टीभित्र अभूतपूर्व एकताको खाँचो…
Read More
भारतसँग आगामी तीन महिनाका लागि मात्रै बिजुली आयात नवीकरण : औद्योगिक क्षेत्रमा समस्या हुने

भारतसँग आगामी तीन महिनाका लागि मात्रै बिजुली आयात नवीकरण : औद्योगिक क्षेत्रमा समस्या हुने

१६ चैत्र, काठमाडौं - भारतले नेपाललाई सर्तसहित आगामी तीन महिनाका लागि मात्रै बिजुली आयात गर्नका लागि अनुमति नवीकरण गरेको छ । नेपाल विद्युत् प्राधिकरणले ३ महिना अघिदेखि नै अनुमति नवीकरण गर्न ताकेता गरे पनि हुन सकेको थिएन । भारतले म्याद सकिनुभन्दा तीन दिनअघि मात्रै तीन महिनाका लागि नवीकरण भएको जानकारी दिएको प्राधिकरणले जनाएको छ । गत वर्ष नवीकरण गरिएको म्याद १८ चैत (३१ मार्च) मा सकिँदै छ । आगामी ३० जुनसम्मका लागि भयको नवीकरण अनुसार ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ५ सय मेगावाट र टनकपुरबाट ५४ मेगावाट ल्याउने अनुमति छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ६५० मेगावाट र टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट बिजुली ल्याउन अनुमति…
Read More
अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ : गगनकुमार थापा

अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ : गगनकुमार थापा

१५ चैत्र, नवलपरासी - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवाद यात्रालाई निरन्तरता दिएका छन् । बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिककमा माल्यार्पण गरेर संवाद यात्रा सुरु गरेका हुन् । संवाद यात्रा सुरु गर्दै थापाले जनताको आधारभूत आवश्यकतामा राजनीति नगर्ने विषयमा सरकार र प्रतिपक्ष दुवै सहमत हुनुपर्ने बताए । वर्तमान सरकार लामो समय नटिक्ने बताउँदै जनताको आधारभूत आवश्यकताको विषयमा राजनीति नगर्न आग्रह गरे । ‘अहिलेको सरकारमा सहभागी दललाई नै यो सरकार लामो समय टिक्छ भन्नेमा शंका छ,’ उनले भने, ‘राजनीतिलाई जनचाहनाअनुसार सेवा गर्ने भन्दा पनि कुर्ची र पावरमा मात्र बस्न चाहने प्रवृत्तिलाई अब जनताले स्वीकार गर्दैनन् । त्यसैले वर्तमान गठबन्धनको…
Read More
आजबाट सुरुहुँने एसईई परीक्षा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै

आजबाट सुरुहुँने एसईई परीक्षा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै

१५ चैत्र, काठमाडौं - बिहीबारबाट सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्र २ लाख ५३ हजार ६ सय २७, छात्रा २ लाख ५० हजार ७ सय ७२ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेसनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै…
Read More
हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको निर्णय प्रदेश संसदीय दलले अस्वीकार गर्ने

हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको निर्णय प्रदेश संसदीय दलले अस्वीकार गर्ने

१४ चैत्र, धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै राख्ने भएको छ । संस्थापक केन्द्रीय समितिको बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे सँगै प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताए । उनले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने जनकारी दिए । ‘पार्टीका संरक्षक बिना बसेको अल्पमतको बैठकले गरेको निर्णय कसरी मान्ने ?’, चौधरीले भने, ‘उहाँ (रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो…
Read More
लोडसेडिङ हुन लागेको हल्ला सही होइन : मन्त्री शक्तिबहादुर बस्नेत

लोडसेडिङ हुन लागेको हल्ला सही होइन : मन्त्री शक्तिबहादुर बस्नेत

१४ चैत्र, काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै बस्नेतले मिडियामा समाचारहरू आएअनुसारको समस्या नभएको दाबी गरे । उनले केही दिनदेखि भारतबाट विद्युत् खरिद सम्झौता नवीकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । मन्त्री बस्नेतले विद्युत् खरिद सम्झौतामा हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे । बाहिर आए जस्तो भारतले विद्युत् आयात गर्ने अनुमति नवीकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको…
Read More
देशमा नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको छ : सांसद तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

देशमा नयाँ पुराना जसलाई पनि सत्ता चाहिएको छ : सांसद तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

१३ चैत्र, काठमाण्डौं - सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका लागि सत्ता र सरकार प्रमुख विषय नभएको बताएका छन् । मंगलबार काठमाडौंमा नवीन्द्रराज जोशीको तृतीय स्मृति दिवसको अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले देशले कांग्रेसलाई आफैँ सत्तामा पुर्याउने उल्लेख गरे । “कांग्रेसलाई सत्ता प्रमुख हैन पर्खेर बसौँ कांग्रेसलाई यो देशले आफैँ सत्तामा पुर्याउँछ । अहिलेको यो गठबन्धन चिरन्जिवी हुँदैन । उनीहरू आफैँ झगडा गरेर समाप्त हुनेछन्,” उनले भने । कार्यक्रममा नेता पौडेलले कांग्रेस सरकारमा गए जनताको के के काम गर्ने भनेर ‘ब्लु प्रिन्ट’ तयार गर्न लागि पर्नुपर्ने धारणा ब्यक्त गरे । उनले देशमा सत्ता केन्द्रित राजनीति मौलाएको…
Read More
देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

१२ चैत्र, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । दाहालले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गरे । सोमबार भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताए । 'कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन', प्रधानमन्त्री दाहालले भने । नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिए । 'राजनीति र प्रशासक सरकारका अभिन्न अंग हुन्', प्रधानमन्त्रीले भने,…
Read More
मस्को क्रोकसमा हतियारधारीको अन्धाधुन्ध आक्रमण: मृत्यु हुनेहरुको संख्या  १ सय ३३

मस्को क्रोकसमा हतियारधारीको अन्धाधुन्ध आक्रमण: मृत्यु हुनेहरुको संख्या १ सय ३३

११ चैत्र, काठमाडौं - मस्को क्रोकसमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा मृत्यु हुनेहरुको संख्या १ सय ३३ पुगेको छ । शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा प्रत्यक्ष संलग्न चारसहित ११ जनालाई नियन्त्रणमा लिएको रुसको अनुसन्धान समिति (आईसीआर) ले जानकारी दिएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि…
Read More