१० चैत्र, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । शनिबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नैतिकताका आधारमा राजीनामा दिएर सहकारी ठगी प्रकरणको अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका हुन् । उनले सडकदेखि संसदसम्म चौतर्फी विरोध भइरहँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको बताए । 'तत्काल राजिनामा दिएर अनुसन्धानमा सहयोग गर्न म गृहमन्त्रीजीलाई आग्रह गर्छु । अनुसन्धानपछि उहाँ निर्दोष सावित हुनुभयो भने फेरि मन्त्री हुँदा भइहाल्छ,' उनले भने । नेता कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी…
९ चैत्र, काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको छ । शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। मन्त्रिपरिषद्, सम्बन्धित मन्त्रालय र निकायको निर्णयबिनै सरकारी जग्गा कारखानाको नाम दर्ता भएको देखिएकाले त्यसलाई सरकारकै नाममा फिर्ता गरेर दर्ता गर्ने निर्णय भएको भूमि व्यवस्था मन्त्री बलराज अधिकारीले बताए । ‘२०४४ सालमा दुई पटक गरी १० रोपनी सरकारी जग्गा बाँसबारी छाला जुत्ता कारखाना र च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको रहेछ । त्यसलाई फिर्ता गर्ने र…
९ चैत्र, काठमाडौं - सभामुख देवराज घिमिरे नेतृत्वको टोली इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू) को सम्मेलनमा भाग लिन बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ । आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड गएका हुन् । आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको जेनेभामा हुँदै छ । सभामुखको टोलीमा प्रमुख दलका प्रमुख सचेतक सहभागी छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार भ्रमण दलमा छन् । यस्तै, राष्ट्रियसभाकी माओवादीतर्फकी सदस्य गंगाकुमारी बेलबासे, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, सभामुख घिमिरेका प्रमुख स्वकीय…
८ चैत्र, काठमाडौं - सरकार र आन्दोलनरत सहकारी बचतकर्ताहरूबीच ८ बुँदे सहमति भएको छ । सहमतिपछि बचतकर्ताहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउनेसहित ८ बुँदे सहमति भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा भएको सो समझदारी पत्रमा समस्याग्रस्त सहकारी संस्थाहरुको कारोबार जाँच गर्ने उल्लेख गरिएको छ । मौजुदा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा जनशक्ति, स्रोत साधन लगायतका संस्थागत क्षमताको सुदृढीकरण गरी यसरी घोषणा गरिएका समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारबाही शीघ्र सम्पन्न गर्ने,…
५ चैत्र, काठमाडौं - माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ। जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई चार दिनको समय दिएको हो। उनलाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो।
४ चैत्र, काठमाण्डौं - जनमत पार्टीले प्रतिनिधि सभा समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। पार्टी नीति र अनुशासनविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरेको जनमतले त्यसको जानकारी गराउँदै दलसम्बन्धी ऐनअनुसार सांसद पद रिक्त भएको जानकारी सभामा सुनाउन माग गरेको हो। जनमत पार्टीले पठाएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए। 'जनमतले पठाएको पत्र प्राप्त भएको छ, सभामुखज्यूले अध्ययन गर्दै हुनुहुन्छ। १५ दिनभित्र उहाँले निर्णय दिनुहुन्छ,' उनले भने। जनमत पार्टीले २७ फागुनमा सभामुखलाई पत्र पठाएको हो। सापकोटा महोत्तरीबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।
३ चैत्र, महोत्तरी - राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन् । शनिबार मटिहानीमा शहिद केशव कोइरालाको प्रतिमाको अनावरण गर्दै उनले लोकतान्त्रिक सरकारले निमुखालाई न्याय र विपन्नको आयको परिलक्ष्य राखेर काम गर्नुपर्ने बताए । 'हामीले जनताको अधिकार स्थापित गर्ने संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नु छ । वास्तवमा लोकतन्त्र नै यही हो । गणतन्त्र नै यही हो, समानता भनेको पनि यही हो,' उनले भने । राष्ट्रपति पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक…
२ चैत, काठमाडौं - नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले राजीनामा दिन आग्रह गरेका हुन् । पौडेलले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री बन्न नहुने भन्दै “उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस,” आग्रह गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रश्नको जवाफ नदिएर भागी हिँडेको आरोप लगाए । प्रधानमन्त्रीले लामिछानेलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ । “अहिलेका गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो । राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहँदैनथ्यो,” उनले भने, “सम्माननीय प्रधानमन्त्रीले उहाँलाई…
२ चैत, काठमाडौं - नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता सुनले पहेँलपुर भएको बताएकी छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुन प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको बताइन् । “सत्ता नेतृत्व गरिरहेका दल माओवादी केन्द्रका थुप्रै नेता र उनका परिवारका सदस्यमाथि सुनका जलप लगाइसकेको छ । उहाँहरू सुनले पहेँलपुर भइसक्नुभएको छ,” उनले भनिन्, “हुँदा हुदाँ माननीय अर्थमन्त्रीज्यूको नाम सुन प्रकरणमा जोडिएको छ ।” उनले सहकारी ठगीको आरोप लागेकालाई मुख्य जिम्मेवारी दिइएको पनि बताइन् ।
२ चैत, काठमाडौं - सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित अन्य ब्यक्तिहरुलाई मुद्दा चलाउन सिफारिस गरिएको छ । आयोगले टेरेन्स, मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । टेरेन्स ठमेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो अकाउन्ट हेर्ने हङकङका नागरिक हुन् । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ अहिले १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५…