Sindhul Dainik

ताजा खबर

मतदान नगर्ने तथा बहिष्कार गर्ने जनप्रतिनिधिको भूमिकाप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

मतदान नगर्ने तथा बहिष्कार गर्ने जनप्रतिनिधिको भूमिकाप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

१४ माघ, काठमाण्डौं - प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान नगर्ने जनप्रतिनिधिप्रति आपत्ति जनाएका हुन् । 'जनप्रतिनिधिहरुले निर्वाचनमा भाग नलिने र मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति छ,' थपलियाको भनाइ थियो । थपलियाले स्थानीय तह र प्रदेशसभाका जनप्रतिनिधिहरु स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरुले आचारसंहिता…
Read More
विभाजित भएर लक्ष्यमा पुग्न सकिंदैन: प्रधानमन्त्री पुष्पकमल दाहाल

विभाजित भएर लक्ष्यमा पुग्न सकिंदैन: प्रधानमन्त्री पुष्पकमल दाहाल

१३ माघ, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका हुन । 'देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,' दाहालले भने । विभाजित भएर लक्ष्यमा पुग्न नसिकने उनको भनाइ थियो । माओवादी नेतृत्वको सशस्त्र संघर्षका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्ष जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।…
Read More
पेमेन्ट गेट वे र सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त पक्राउ

पेमेन्ट गेट वे र सेक्युरिटी प्रिन्टिङ प्रकरणका अभियुक्त पक्राउ

१० माघ, काठमाण्डौं - भ्रष्टाचारको मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, कार्यालयको स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका थिए । बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरी अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात पनि नियन्त्रणमा लिएको छ । २०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष…
Read More
न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित

१० माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय गरेको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति नै बनाएर सडक आन्दोलन गरिरहेका छन् ।
Read More
संघीय संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते आहृवान गर्न सिफारिस

संघीय संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते आहृवान गर्न सिफारिस

९ माघ, काठमाण्डौं - सरकारले संघीय संसद्‌को हिउँदे अधिवेशन यही माघ २२ गते आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक २२ गते अपराह्न ४ बजे बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।' बजेट अधिवेशन २०८० असार १८ मा अन्त्य भएको थियो ।
Read More
मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो जनमत पार्टीले

मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो जनमत पार्टीले

९ माघ, जनकपुर - मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीले आफ्ना दुई मन्त्री फिर्ता बोलाउँदै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमत पार्टीका प्रदेश सांसद संजय यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेश सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो । मधेश प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई…
Read More
भिजिट तथा पर्यटक भिसामा विदेश यात्रागर्दा नयाँ कार्यविधि जारी

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रागर्दा नयाँ कार्यविधि जारी

९ माघ, काठमाण्डौं - सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे मंगलबारदेखि लागू हुनेगरी नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २६ फागुन २०७८ मा जारी गरेको निर्णय खारेज गर्दै भिजिट भिसामा जाँदा चाहिने कागजात र पूरा गर्नुपर्ने शर्तबारे नयाँ व्यवस्था गरिएको हो । ‘यसअघिको निर्णयले विभिन्न विषयहरु स्पष्ट भएनन्, त्यसले समस्या सिर्जना भयो,’ अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने,‘अब आधारभूत शर्त पुरा गर्नेहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।’ अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने बताएको…
Read More
पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

पहिचानवादीसँग वार्ताकालागि कोशी प्रदेश सरकारले बनायो वार्ता समिति

६ माघ, विराटनगर - कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षधर पहिचानवादीसँग वार्ताकालागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषदको शनिबार बसेको बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो । सदस्यहरुमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहेका छन् । गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचानवादी पक्षले पुन: नामाकरणको माग गर्दै आन्दोलन गर्दै आएका छन् । त्यसक्रममा पहिचानवादी पक्षधर पदम लिम्बुको मृत्यु भएपछि आन्दोलन झन् सशक्त हुँदै आएको छ । उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा आउजाउ…
Read More
काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु

१ माघ, काठमाण्डौं - सोमवारदेखि काठमाण्डौं उपत्यकामा मेलम्चीको पानी वितरण पुन: सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको धारामा पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री दाहालले काठमाण्डौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए। उनले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । प्रधानमन्त्रीले भने, 'काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ। हाल मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सको निर्माणको कार्य…
Read More