आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ। शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो। अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि १६० रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा न्युजिल्याण्ड ७५ रन बनाएर १५।२ ओभरमै अल आउट भएको हो। न्युजिल्याण्डलाई सस्तोमा समेट्न फजलहक फारूकी र रसिद खानले ४र४ विकेट तथा मोहम्मद नावीले २ विकेट लिए। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले बनाएको १८ रन सर्वाधिक रह्यो। म्याट हेनरीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। न्युजिल्याण्डका ओपनर फिन एलेन गोल्डेन डक भएका थिए। अर्का ओपनर डेभन कोन्वे ८, कप्तान केन…
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षकको सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने व्यवस्था गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा नियमावली २)५( को संशोधन गरेर शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने व्यवस्था राख्ने निर्णय गरेकी छन् । मन्त्रीको उक्त निर्णय कानुनी राय लिनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको छ । शिक्षा नियमावलीमा हाल शिक्षक सरुवाका लागि सरुवा भइजाने र आउने स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सहमति चाहिने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिको सहमति लिने प्रक्रिया झञ्झटिलो र अपारदर्शी भएको मन्त्रालयको ठहर छ । त्यसैले विद्यालयका प्रधानाध्यापक तथा स्थानीय तहको सहमतिमा…
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा गाँजा खेतीबारे छलफल गर्न ४ मन्त्रीलाई बोलाएको हो । छलफलका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बोलाइएको छ । कानुन, न्याय तथा संसदीय मामिला, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव एवं विज्ञ सरोकारवालालाई राखेर समितिले गाँजा खेतीबारे छलफल गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधीय प्रयोगका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था…
काठमाडौं : सरकारले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिकालगायत देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको बताइन्।
छाप (सिन्धुली)। मरिण गाउँपालिका ६ सिन्धुलीकी विष्णुमायाँ मगर हरेक दिन बालखा छोरी अँगालोमा च्यापेर घरेलु हाते कपडा ढाका उत्पादन गर्न मरिण गाउँपालिका ६ छापमा आइपुग्छीन् । गाउँमै ढाका उद्यमी बुन्ने सपना बोकेकी मगर ढाका बुनाई सिप विकास तालिम केन्द्र छापामा डेढ वर्षकी छोरी काखमा च्यापेरै ढाका उद्योगी बन्ने सपना बुन्न पुग्ने गरेकी हुन । ढाका उद्यमी बन्ने सपनाले काखमा बच्चा बोकेरै भएपनि दैनिक तान चलाउन संघर्ष गरिरहेको मगरको भनाई छ । मगरको माईती घर मरिण गाउँपालिका ६ छापमै हो । उनका श्रीमान गाउँमै दुःख सुख गर्छन । कक्षा १० पास गरेकी मगर आफुले सिप सिकेर अरुलाई पनि रोजगार दिने सोचमा…
सिन्धुली। सिन्धुलीका १५ हजार बढी बालबालिकाहरुलाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन थालिएको छ । जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नौं वटै स्थानीय तहका २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका र खोप लगाउन छुटेका १५ हजार ८४ जना बालबालिकाहरुलाई आईपिभी खोप लगाउन थालिएको हो । यो खोप अभियान जिल्लाका नौ वटै पालिकामा एकै पटक सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए । ‘राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई जिल्लाका विभिन्न ६ सय ५८ वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको…
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका ४ विस्टारमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । विरामी हुनेहरुमा तीनपाटन गाउँपालिका ४ विस्टारका वर्ष ६७ का केशर बहादुर भुजेल, वर्ष ५३ का पुर्णमाया भुजेल, वर्ष ३८ का घनश्याम भुजेल, वर्ष २१ का किरण भुजेल र वर्ष २० की नानीमाया समाल रहेका छन । बिहिबार विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेले जनाकारी दिए । च्याउ खाएकाहरुमा वाकवाकी लाग्ने, बान्ता आउने लगायतका समस्या देखिएको छ । विरामी पाँचै जनलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको छ ।
काठमाडौं : सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिकरूपमा आफ्नो काम सुरु गरेको छ। बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समिति कार्यप्रारम्भ गरेको हो। पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए। सभामुख देवराज घिमिरेको उपस्थीतिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने बिषयमा छलफल भएको उनले बताए। तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनको भनाइ छ। संयोजक थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्रलगायत विषयमा कुनै विवाद नरहेको जिकिर गरे। गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न…
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षणरतालिम दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ ९फेडोले० आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘महिलाहरूका निम्ति ‘सेल्फ डिफेन्स’ तालिमरप्रशिक्षणहरू पनि सञ्चालन गर्न आवश्यक छ । सबै बालिकाहरूका निम्ति स्कुल तहमै सेल्फ डिफेन्सका तालिमहरू सञ्चालन गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘विभेदको अन्य गर्न, हिंसाको अन्त्य गर्न स्कुल तहमै सेल्फ डिफेन्स तालिमहरू दिनुपर्छ ।’ कतिपय ऐन,…
मरिण । सिन्धुलीको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाका गृहिणी महिलाहरुको सहभागितामा गाउँपालिकाले ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागेको हो । मरिण गाउँपालिका ५ बढीमुहानमा बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको समन्वयमा पहिलो पटक गृहिणी महिला सशक्तिकरण कार्यक्रम सुरु भएसंगै ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिम लिएका गृहिणी महिलाहरुबाट उक्त ग्रामेन्ट उद्योग संचालन गर्ने तयारी गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी दिनुभयो । यसका लागि गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बढीमुहानका २५ जना गृहिणीहरुलाई एक…