१ फागुन, काठमाण्डौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले काठमाडौंको भृकुटीमण्डपमा वार्षिकोत्सव कार्यक्रम गरेको छ। कार्यक्रममा बोल्दै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले देशमा गणतन्त्र ल्याउनु अभिशाप भएको टिप्पणी गरेका छन् । प्रसाईंले राजतन्त्र फ्याक्नु आफ्नै टाउको काटेर फ्याँकेजस्तो भएको बताए । यो व्यवस्था परिवर्तनको भोलिपल्ट संसारका मान्छे यो देशमा आउने वातावरण बनाइन्छ । उनले भने, ‘हिजो वीरे चोर देश छोड भनियो । ज्ञाने चोर देश छोड भनियो । गणतन्त्र ल्याइयो । तर, जुन दिन राजा फ्याक्यौं, यो शिर (टाउकोबाट टोपी फुकाल्दै) निकालेर फ्याँकेजस्तो भयो । आज सबैभन्दा ठूलो कुरा हामीले आफ्नो शिर काटेर फ्याँक्यौं ।’ यो राज्यबाट सबैभन्दा…
२८ माघ, काठमाण्डौं - एनसेलको सेयर खरिद–बिक्री सम्झौताबारे छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।
२७ माघ, काठमाण्डौं - एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ। हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो । कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १…
२४ माघ, काठमाण्डौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताकै पक्षधरलाई पनि प्रदेश संरचना घाणो भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै केसीले जनमोर्चाले संविधान निर्माण गर्दा प्रदेश संरचना नराख्न गरेको प्रयास असफल भएको भन्दै अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश घाँडो भएको बताएका हुन्। उनले नेपालजत्तिको सानो अर्थतन्त्र भएको मुलुकमा संघ र स्थानीय तहमात्रै भए पुग्ने बताए। ‘संघ भएपछि प्रदेश किन चाहियो। राजनीतिक दलका पार्टी र कार्यकर्तालाई थन्क्याउन ठाउँ त भा’छ । यसले मुलुकको अर्थतन्त्र चौपट छ,’ उनले भने, ‘प्रदेशको औचित्य छैन भनेर राष्ट्रिय जनमोर्चाले राख्यो। तर अहिले सबैका मनमा बिजाएको छ । प्रदेश घाँडो भएको छ। संघीयता बोक्नेहरुलाई…
२३ माघ, काठमाण्डौं - नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले सत्ता गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न नसक्ने बताएका छन्। काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै ‘जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा गर्न सकिन्न,’ उनले भने, ‘अहिलेको गठबन्धनले पाँच वर्षका लागि सम्झौता गरेको छ। नेकपा (एमाले) ले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम गठबन्धनले गर्न सक्दैन।’ गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको रिजालको भनाइ छ। उनले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिराख्ने पनि बताए।
२२ माघ, काठमाण्डौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । सोमबार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा ओलीले आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार चलाउने उद्देश्यका साथ अघि बढेको बताए । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरे । उनले सत्तारुढ गठबन्धन मुलुकमा जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने…
१८ माघ, काठमाण्डौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको सरकारी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धानका लागि सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो । उनी बाँसबारी छाला जुता कम्पनीका तत्कालीन अध्यक्ष हुन् ।
१७ माघ, काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षको प्रतिष्पर्दा सिमित ब्यक्तिहरुमा मात्र गराउन सूचनामै चलखेल गरेको छ । मन्त्रालयले आफु नजिकका व्यक्तिलाई नियुक्ति गर्ने गरी नियमावली विपरितको मापदण्ड बनाई अरुलाई आवेदन नै दिन नमिल्ने व्यवस्था गरेको हो । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा प्राधिकरणको अध्यक्ष चयनका लागि गठन भएको समितिले गत आईतबार प्राधिकरणको अध्यक्ष पदका लागि एक हप्ताको म्याद राखेर आवेदनको लागि सूचना प्रकासित गरेको छ । सूचनामा सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, वोर्ड, समिति, आयोग प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारिको हकमा राजपत्राङ्कित प्रथम श्रेणी, दशौं तह वा सो भन्दा माथिको पदमाकाम…
१७ माघ, काठमाण्डौं - सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालत पुगेकी थिइन् ।
१४ माघ, काठमाण्डौं - काठमाडौं महानगरपालिकाले शिक्षा विभागका प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण सोधेको छ। मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि मेयर बालेन शाहले स्पष्टीकरण सोधेका हुन् । उनलाई मेयर शाहले सात दिनभित्र आफ्नो सफाइ पेश गर्न भनिएको छ । मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले गत शुक्रवारदेखि लागू हुनेगरी सात दिने सफाइ पेश गर्न भनिएको बताए । कोइरालाले महानगरको नगर शिक्षा समितिको निर्णय भन्दै बानेश्वरमा रहेको रत्नराज्य स्कुललाई प्लस टु चलाउने अनुमति दिएका थिए । यो विषयमा शिक्षा समितिले निर्णय नै नगरेको तर, शिक्षा शाखा प्रमुखले कक्षा सञ्चालनको अनुमति दिएको भन्दै उजुरी परेको थियो । …