* नारायण ढकाल पाठशालालाई मनमौजी भट्टी बनाएर युरिया मलको लोकल ठर्रा घुटुक्क निल्दै र कुण्ठा बान्ता गर्दै वेश्या चरित्रलाई पनि उछिनेर दलालहरूसँग बोलकबोलमा व्यस्त सुस्त सुस्त कपडा फुकाल्न कस्सिएका सत्तान्धहरूका उत्तेजनात्मक चर्तिकलाका निर्लज्ज दृश्यहरूले लाज पस्कँदै छन्। स्खलित चरित्र र विकृत मनस्थितिको बिस्कुन सुकाएर सार्वजनिक ठाउँमा मानवीय सौन्दर्यलाई कुरूप बनाउँदै मर्यादा,नैतिकता र जनविश्वासलाई गिज्याएर मदोन्मत्त जुवाडेहरू शकुनि पासा फाल्दै चोर जुवा खेलेर पाठशालामा सर्वसाधारणका घरहरूमा आतङ्क मच्चाउँदै चीरहरणको बीभत्स खेलो खेल्दै छन्। अभिशप्त बाटा घाटाहरूमा मालिकलाई पगरी गुथाउने दौडमा बग्गीमा नारिएका घोडाहरू हिनहिनाउँदै विनाशकारी भेडे यात्राको पदचापभित्र मालिकको इलेक्ट्रिक सकले चेतना गुमाएका विवेकहीन प्रतिनिधि,अनुचर, सुसारे,दासहरू लामबद्ध भएर फोहोरको डुङ्गुर छोप्दै…
* प्रकाश बस्नेत‘गफाडी’ भदौ महिना, सही नसक्नुको टन्टलापुर घाम चर्केको छ । घामले टाउको फुट्ला जस्तो भएको छ । जिउभरि पसिनाका कोसी बगेका छन् । भोकले इन्तु न चिन्तु र तिर्खाले प्याकप्याक पारेको छ रत्नेका बूढाबूढीलाई । तैपनि उनीहरू बेपरवाह घस्रिरहेका छन्, मुखिया बाको धान खेत गोड्ने काममा । दुई जना जोई पोइ मिलेर मुखिया बाको धान खेत गोड्न पैटाएको चार दिन बितिसक्दा पनि एकछेउ सकिएको छैन । अझै चारै दिन लाग्ला जस्तो छ । मुखियाबाकाे सबै धान खेत गोड्ने काम रत्नेका बूढाबूढीले मात्र जिम्मा लिएका छन् । यसबाट आउने आधाजस्तो ज्यालाले उनीहरूले पोहर सालकै छाक टारिसकेका छन् । यति धान…
काठमाडौँ, २७ असोज । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रवार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन् । शुक्रवार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओं कृति हो । सत्यको खोज कृतिको समीक्षा गर्दै समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्त्वपूर्ण दस्ताबेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक…
*डा.कौशिला रिसाल हामी प्रत्येकसँग मुटु हुन्छ मुटु धड्कन हो, विश्वास हो कसैको भरोसा हो मायाको आवास हो । मुटु विशेष हुन्छ आफ्नाहरूको मुटु झन् विशेष हुन्छ मुटुभित्र राखेर जतनले हुर्काएका सन्तान झनै विशेष हुन्छन् । यतिबेला आशाको हरियो डालीमा पलाएको रहरको कोपिला फक्रिन नपाउँदै उडाइदिएको छ दशाको आँधीले पिरको नासो थमाएर सन्तान सुतेदेखि चीर निद्रामा बेस्सरी हल्लिएर आमाको मुटुबाट निस्किहेका छन् चीत्कारको आर्तनाद स्वर । शून्यतामा बिलाएका छन् आँखाबाट झरेका आँसुका ढिका, निदारबाट तप्प चुहिएर बिलाएको एक बुँद पसिनाजस्तै खत्रक्कै खसेर हमासको माटोमा बिलाएपछि आफ्नो प्रतिबिम्ब उतै छोडिएको छ सपनाको सुन्दर घर टुटेको छ जीवनको शृङ्खला हिउँदे बतासको एक झोक्का…
* मोहनविक्रम सिंह मलाई हाँसो लाग्छ, जब भन्छ अन्धकारले आई,– ‘मैले रोक्दछु प्रकाश लाई, शून्य पारी सूर्यको तेज–राशि, अन्धकारमय, बनाउँछु विश्वलाई ! मैले कसरी पत्याऊँ ? जब ती गगन चुम्बी महलहरूले, गुलाफी गाला, सुकोमल शरीर, धडकी रहेका छातीहरूले गर्न थाल्दछन् भयङ्कर गर्जना, मानवताको भर्त्सना, क्रान्तिको विस्फोट रोक्दछौँ भनी ’फु’ गरी निभाई प्रज्वलित अग्नि ज्वालालाई सडे–गलेका दीवारहरू जोगाउँछौँ भनी रूख पात र ढुङ्गा पनि हाँस्दछन्, जब भन्छन् गोली तोप र एटमले ’संहार गर्छौ मानवतालाई, दिशा दिशामा फैलाई दानवी जाल, भस्म गर्दछौँ– आजादी शान्ति र प्रगतिका अङ्कुरहरूलाई चन्द्र–सूर्य पनि बादल भित्र लुक्दछन्, जब भन्छन् जेलका अग्ला दीवार र फलाम जन्जिरहरूले, बन्दीहरूमाथिका प्रताडना…
* मिनबहादुर राना संसारमा अनेक खालका मान्छे बस्छन् । यस्तै मध्ये कुनै अचम्मको कुरा नभए झैँ कुनै जमानातिर कुनै गाउँमा जाक्सीबाय नामको एक जना फटाहा जमिनदार बूढा बस्थे । उनी मन मौजी खालका मान्छे थिए । उनको एउटा गधा थियो । देख्नमा यो गधा पनि अरू गधाभन्दा त्यस्तो कुनै फरक थिएन । तर उसले जन्मसिद्ध यस्तो गला पाएको थियो । जब ऊ आफ्नो ठाउँमा बसेर चिच्याउँथ्यो छरछिमेकका सबैले कानमा औँला कोचार्नु पर्थ्यो । एक पटक जाक्सीबाय प्राचीन सहर तुर्किस्तानमा पुगे र उनले गधालाई बजारतिर मोडे । गधालाई रुखमा बाँधेर मुख मिठ्याउँदै चिया पसलमा पसे । राम्रो चिया पसलमा सधैँ मान्छेको…
* समीर सिंह साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो । धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको…
काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले नियमित रूपमा गर्दै आएको साहित्यिक पदयात्रा–३ सम्पन्न गरेको छ । आश्विन १३ गतेका दिन काठमाडौँ नागार्जुन डाँडाको जामाचोसम्मको पदयात्रा, विभिन्न स्रष्टाहरूको सहभागितामा सम्पन्न भएको हो । ‘साहित्य तथा सिर्जनालाई अझ प्रस्फुटित गर्न तथा त्यसमा ऊर्जा थप्न विभिन्न रचनात्मक गतिविधिहरूको आवश्यकता पर्ने हुँदा साहित्यिक पदयात्रालाई निरन्तरता दिइएको’ अन्पाका महासचिव भीष्म जोशीले बताउनु भयो –‘यस प्रकारको गतिविधिलाई अझ व्यवस्थित तथा आकर्षक बनाउँदै नियमित गरिनेछ ।’ ककनी जाने बाटोमा रहेको फूलबारी गेटबाट ४ किमी उकालो पदयात्रा सुरु गरेर जामाचोसम्म पुगिएको अन्पाले ज्ञानघरलाई जानकारी गराएको छ । कार्यक्रममा स्रष्टाहरूले पदयात्राका साथै विभिन्न कविता, गीत, यात्रा अनुभूति, नृत्य…
* हरिहर खनाल मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको…
* मेघराज ओली आमाले हैन प्राय बाले पैसा कमा केही काम गर भनी भनी बाको धर्म निभाए। कर्म धेरै अनेक प्रयासमा नतिजा एक बराबर बिग्रेको राइफलको नतिजा युद्धको सोध्छन् मेरा बा एक व्यापार गर भन्छन् मेरा बा पैसा कमा भन्छन् मेरा बा। अब कम्प्याक्ट गर्ने प्रोफिटमा गर्ने भनी स्वर्गमा चुरोटको डिलर खोले ग्राहकहरू राम्रो छ देवकोटा,पारिजात,वि.पी सब मेरा ग्राहक छन्.. ( पारिजातले चुरोट सल्काउँदा ......धर्तीको सबै भन्दा कामुक नारीको याद नआएको हैन....... हातका औँलाले सकम्बरिको याद नदिलाएको हैन......) दुःख छ ती सबको नाम मात्र खातामा छन् सबै गुलाबका फूलको थुङ्गा प्रेमीकाको हातमा कहाँ पर्छ र। बा भन्छन् व्यापार कस्तो छ…