सिन्धुली । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस नेपाल ) ले संचालन गरेको युवा आवद्धता द्वारा स्थानिय तहको जवाफदेहीता अभिवृद्धी परियोजना (स्ल्यास परियोजना ) अन्र्तगत कमलामाई न।पा। को वडा नम्वर १३ मा हिजो समिक्षा तथा समन्वय भेला सम्पन्न भएको छ । यस स्ल्यास परियोजनाको मूख्य उद्देश्य भनेको स्थानिय तहमा युवावर्गलाई अधिकार र कर्तव्य प्रति जागरुक र पैरवी गर्न सक्षम वनाउनु हो । यस परियोजनाले आफ्नो कार्यक्षेत्र रहेको यसै वडाका वडाध्यक्ष, वडा सदस्यहरु, प्रभात मा।वि।माथिल्लो रानिवासका शिक्षक, शहरी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य, विद्यालय तथा स्वास्थ्य संस्था व्यवस्थापन समितीका प्रतिनिधिहरुलाई सरोकारवालाका रुपमा आमन्त्रण गरेको…
सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बिहिबार देखि आगामी असार ५ गतेसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । कमलामाई नगरपालिकाकी कार्यबाहक नगर प्रमुख मन्जु देबकोटाका अनुसार नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु बिहिबार देखी आगामी बुधबारसम्म बन्द गरिने छ । हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्नहुन सबै विद्यालयहरुमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा…
सिन्धुली । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरीको आयोजना गरिएको छ । जुन १२ अर्थात बुधबार भगवती बाल क्लवको आयोजनामा विद्यार्थीहरुले सिन्धुलीमाढीमा प्रभातफेरीको आयोजना गरेका हुन् । ‘बालश्रम विरुद्धको हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध रहौँ’ भन्ने मुल नाराका साथ सिन्धुलीको भगवती अंग्रेजी आवासीय माध्यमिक विद्यालय अन्तरगतका भगवती बाल क्लवले जनचेतनामूलक प्ले कार्ड सहित प्रभात फेरी एवम कोण सभाको आयोजना गरेको हो । कमलामाई नगरपालिका ६, २नम्बर बजार स्थित विद्यालय प्राङ्गणबाट शुरु भएको प्रभात फेरी कार्यक्रम सिन्धुलीको मुख्य बजार हुँदै कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले बाल श्रमको प्रयोग अपराध हो, बालमैत्री साशन…
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताउनुभएको छ । रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको एक महिने ब्युटिसियन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै । नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनैपनि सन्तानले भुल्न नहुने बताउनुभयो । ‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको…
सिन्धुली । मरिण गाउँपालिका ६ मा रहेको कपिलाकोट माविले विद्यालयका विरामी कर्मचारीलाई आर्थिक सहयोग गरेको छ । विद्यालयका कार्यालय सहयोगी किर्तिराम माझीलाई उपचारार्थ विद्यालयको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको विद्यालयका प्रध्यानध्यापक अमृतसिं घिसिङले जानकारी दिनु भयो । माझी लामो समय देखि गम्भीर बिरामी भइ हाल पाटन अस्पताल ललितपुरमा उपचाररत हुनुहुन्छ । उहाँको उपचारमा थप सहयोग पुगोस भन्ने उद्देश्यका साथ विद्यालय परिवारको तर्फबाट ५१ हजार रुपैयाँ अस्पतालमै पुगेर हस्तान्तरण गरिएको प्रअ घिसिङको भनाई छ । ‘विद्यालयको एउटा सदस्य रोग लागेर छटपटाई रहँदा सहयोग नगर्ने भन्ने कुरै हुँदैन । विद्यालय परिवारको तर्फबाट सकेको रकम सहयोग गरेका छौं । यो सानै रकम भएपनि…
सिन्धुली । मनसुनजन्य विपदबाट हुने क्षतिको न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्लाको सुनकोसी गाउँपालिकामा स्थानीय विपद् सहायत कक्ष (हेल्प डेक्स) स्थापना गरिने निर्णय गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी संयोजक रहनेगरी सहायत कक्ष स्थापना गर्ने निर्णय गरिएको हो । गृहमन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको पत्रानुसार गाउँपालिकामा हुने मनसुन जन्य तथा अन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सहायता कक्षा स्थापना गर्ने निर्णय गरिएको हो । सहायत कक्षा स्थापनाका लागि प्रमुख प्रशासकिय अधिकृत दर्जीको संयोजकत्वमा सुनकोशी गाउँपालिका अन्तरगतका सबै रेडक्रस उपशाखाका प्रतिनीधि, नागरीक समाजबाट उपेन्द्र…
सिन्धुली । सुनकोसी नदीमा नुहाउन गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारबेसीमा डेरा गरी बस्ने मुका बहादुर हायूकी श्रीमति वर्ष ३० की चन्द्रकला हायु रहेकी छिन । सोमवार दिउँसो सुनकोसी नदीमा नुहाउन जाँदा हायुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार नदीमा नुहाउन गएकी हायु ढुङ्गामा चिप्लीएर ननदीमा वेपत्ता भएपछि खोजी गर्दा सुनकोस नदिको विच भागमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । ‘नुहाउने क्रममा चिप्लीएर नदीमा डुबेकी हायूको स्थानीय प्रहरी, र आफन्तले खोजतलास गरी शव फेला परेको र पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ,’ प्रहरी…
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को असार (१६–२)) सम्म काठमाडौँमा हुने १) औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने योजना बनाइरहेको समयमा खनालले उनलाई टक्कर दिने भएका हुन् । दक्षिणपन्थी अवसरवाद अन्त्य गरी क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागु गर्न उम्मेदवारी दिन लागेको खनालले बताएका छन् । एमालेबाट विद्रोह गरेको फगत पद नमिलेर वा संविधानमाथि हमला भएरमात्र नभइ तत्कालीन नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादविरूद्ध विद्रोह गरिएको उनको दाबी छ । तर विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको खनालको भनाइ छ । बिहीबार रातोपाटीसँग खनालले…
आगामी आर्थिक वर्षको बजेटमा सुन आयातमा ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । नेपाल सरकारले २)८१र)८२ को बजेटमा सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २) प्रतिशत र्पुयाएपछि महासंघले खारेज गर्न माग गरेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय अध्यक्ष किसान सुनारले जानकारी दिए । अध्यक्ष सुनारले सरकारले गत वर्षपनि भन्सार महसुल विद्येयक २)८) मार्फत सुनको आयातमा भन्सार वृद्धि…
न्यूयोर्क । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी सिड को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छिन्। उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन् । शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा एक सय ४६ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् । नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए। तेइस सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ…