सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरको दोस्रो दिन २ सय ३१ लाभग्राहीलाई ४ सय ८३ सेवा प्रवाह गरिएको छ । शिविरको दोस्रो दिन गोलन्जोर गाउँपालिका २ वितिजोर बगैँचा वडा कार्यालयमा आयोजित शिविरमा १ सय ३० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य सेवा ९१ जनालाई, ८५ वटा कुकुरको स्वास्थ्य परिक्षण तथा रेविज भ्याक्सिन लगाइएको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित शिविरमा जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर सुरुवात गरिएको थियो । शिविरको पहिलो दिन गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा २ सय ६१ जना स्थानीयले सेवा…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आयोजना गरेको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना लाभान्वीत भएका छन् । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा बुधबार आयोजित शिविरमा स्थानीय २ सय ६१ जनाले सेवा लिएका हुन् । गाउँपालिकाले बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीका अनुसार गाउँपालिकाका अध्यक्ष शंकरारज बरालले डुडभन्ज्याङका जेष्ठ नागरिएकलाई सामाजिक सुरक्षा भक्त हस्तान्तरण गरेर सुरुवात गरिएको शिविरबाट १८५ जनाले सामाजिक सुरक्षा भत्ता लिनुभएको छ । यस्तै ५ जनाले बायोमेट्रि…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकिकृत घुम्ती शिविर संचालन हुने भएको छ । गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार बुधबारबाट पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले बताउँनु भयो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा संचालन गरेका विकास निर्माणका योजना, उपलब्ध सेवा वस्तु र सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलमो सेवाग्राही नागरिकले उठाएको प्रश्नहरुमा स्पष्टता ल्याउने र नागरीकवाट प्राप्त रचनात्मक सुझावलाई ग्रहरण गर्ने तथा जिम्मेवार संस्कार बसाउन सार्वजनिक सुनवाई तथा एककिृत घुम्ती शिविरको आयोजना गरिएको हो…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रको स्थापना संगै तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालले आँखा उपचारका लागि आवश्यक पर्ने, उपकरण, औषधी, चस्मा लगायतका सामाग्री सहयोग गरेका छन् । आगामी तिन वर्षसम्म आँखा उपचारका लागि तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपाल सहयोग गर्ने छन भने त्यसका लागि आवश्यक पर्ने दक्ष प्राविधिक तथा औषधी र उपकरणमा समेत…
सिन्धुली । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो । नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने । महोत्सवमा विभिन्न…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एकैपटक १४ वटा क्लवलाई खेलकुद सामाग्री वितरण गरेको छ । युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बनाउँनका लागि गाउँपालिकाको उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत आइतबार क्लवहरुलाई खेलकुद सामाग्री तिवरण गरिएको हो । गोलन्जोर गाउँपालिका ४ का १४ वटा क्लवहरुलाई २ सय २० थान जर्सी, फुटवल लगायतका सामाग्री प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो । ‘पालिकाका युवाहरुलाई खेलकुदका माध्ययमबाट पालिकाका युवाहरुलाई स्वास्थ्य र राष्ट्रका हितमा परिचालन गर्न उपाध्यक्ष विशेष कार्यक्रम अन्तरगत बजेट विनियोजन गरेर प्रति क्लव १५ सेट जर्सी, फुटबल लगायतका खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो,’ न्यौपानेले भन्नुभयो । गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालको ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको छ । सिन्धुली क्षेत्रनम्बर दुईका प्रतिनिधि सभासदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा बिहिबार एक भव्य कार्यक्रमका विच विद्यालयले बार्षिकोत्सव तथा अभिभावक भेला मनाएको हो । श्री माध्यमिक विद्यालय मरिण खयरसालको व्यवस्थापन समितिका अध्यक्ष टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले ६१ औं बार्षिकोत्सव तथा अभिभावक भेला अवसरमा प्रकाशन गरिएका स्मारीकाको समेत सांसद दाहालले विमोचन गर्नु भएको छ । विद्यालयले स्थापना कालदेखी हालसम्म विद्यालयमा भएका विभिन्न गतिविधि, विद्यालय स्थापनामा योगदान…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त भवनको शिलान्यास गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत नयाँ शहर आयोजना कार्यालय खुर्कोट कुल लागत ७ करोड लागतमा उक्त बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास गर्नु हुँदै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले भवन निर्माणको काम सुरु हुनु निक्कैनै खुसीको कुरा भएको र यसले समग्र खुर्कोटको विकासमा मद्धत पु¥याउँने विश्वास व्यक्त गर्नु भयो । उहाँले भवनको समयमानै निर्माण सक्न सम्बद्ध पक्षसंग…
सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो । खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३ सय मिटर दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३ सय मिटर दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ । यसैगरी खेलकुद महोत्सव…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वता छापमा रहेको श्री कपिलकोट माध्यमिक विद्यालय छाप–महेश्वताको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ (उत्साह) को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा भएको हो । बाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनिधिसभा सदस्य राजन दाहालले छोटो समयमानै कपिलाकोट माविमा धेरै प्रगती गरेको उल्लेख गर्दै नेतृत्व सक्षम भए काममा पनि प्रगती देखिने बताउँनुभयो । विद्यालयले छात्रवृद्धि कोष स्थापना गर्दै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक गतिविधिहरु संगै अनुशासनलाई जोड…