सिन्धुली । सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अबैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अबैध सामानहरु ओसार पसार गर्ने म.प्र.०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाही जिल्लाबाट विपी राजमार्ग हुँदै काठमाण्डौतर्फ जाँदै गरेको उक्त ट्रक भित्र बिल बिजक भन्दा अतिरिक्त र अबैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो । काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरो चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११…
२० साउन, काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीलेजानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न भएकी एक महिलाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका ६ दारिमबोटे भन्ने स्थानमा धान रोप्न गएकी शोभा सार्कीको निधन भएको हो । घरबाट धान रोप्नको लागी दारिम बोटे मेला गएकी ५२ वर्षकी सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो । धान रोप्न जाँदा एक्कासी टाउको दुख्यो भनेर बेहोस भएपछि उपचारको लागी सुनकोसी सामुदायिक अस्पताल खुर्कोट पु¥याउँदा अस्पताले मृत घोषणा गरेको वडा अध्यक्ष रविन श्रेष्ठले बताए । सार्कीको अत्याधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
सिन्धुली । कमलामाई नगरपालिकाले गरेको सरकारी विद्यालयमा पढाउनु पर्ने नियम अव लागू नहुने भएको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिकाको निर्णयमा ठेस लागेको छ । अव यो निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनमा परेको रिट माथिको आज भएको सुनुवाईमा रिट जारी हुने फैसला भएको हो । यो सँगै नगरपालिकाको आदेश कार्यान्वयन नहुने अधिबक्ता लोकहरि आचार्यले बताउनु भयो । नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि अनिवार्य रुपमा सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा नपढाए कार्वाही हुने भन्दै सूचना जारी गरेको थियो । आज भएको…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका रहेका दुईवटा सामुदायिक विद्यालयको कक्षा ११÷१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । बुधबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरुलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारिरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्धत पुग्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका…
सिन्धुली । विपी राजमार्ग अन्तरगत सिन्धुलीको सिन्धुलीको सुनकोसी गाउँपालिका ७ खुर्कोट नजिकै कानढुङ्ग्रीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको माइक्रोबास शुक्रबार दिउँसो अनियन्त्रीत भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेका अनुसार दुर्घटना वीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री नजिक सुनकोशी मरिण डाइभर्सनको बाँध स्थलमा दुर्घटना भएको हो । माइक्रोबस दुर्घटना हुँदा घाइते हुनेहरुमा माइक्रोबसका चालक बागमती नगरपालिका २ सर्लाहीका वर्ष ३८ का रुपराज राउत, सोही ठाउँका वर्ष ३८ को महेश कुमार थापा, कृष्णकुमार केसी, लालबन्दी नगरपालिका २ सर्लाही वस्ने…
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ । विहिबार कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल नेकपा एमाले बाहिरिएर समर्थन समेत फित्ता लिएकाले सरकार अल्पमतमा परेकोले राजीनामा दिन आग्रह गरेका हुन् । सरकार अहिले कामचलाउको हैसियतमा पुगेको र सो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ( ‘मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता…