प्रि–मनसुन अवधिमा वर्षा नहुँदा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ। वैशाख सुरू भएयतामात्रै आगलागीबाट ७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट ३० जना घाइते भएका छन्। तीन सय ७१ परिवार प्रभावित भएका छन्। यसअवधिमा भएको आगलागीबाट १६ करोड ७७ लाख बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ। बुधबारमात्रै महोत्तरीको मटिहानीमा फैलिएको आगलागी ६ घन्टापछि नियन्त्रणमा आयो। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। उनकाअनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका थिए। विपन्न र मुस्लिम समुदायको…
सिन्धुली । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने समशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको उनले बताए। केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउने निर्णय सदर गरेको उनले बताए।
काठमाडौं । सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको पुनरावेदनको सुनुवाइ जारी छ। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा बहस भइरहेको छ। यसअघि सोमबार सो मुद्दामा बहस जारी रहेकाले सुनुवाइ हेर्दाहेर्दैमा राखिएको थियो। निलम्बित सचिव टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूले दिएको पुनरावेदनमाथि न्यायाधीशद्वय रेग्मी र ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले थुनामा राख्न दिएको आदेश बदरको माग गर्दै उनीहरूले विभिन्न मितिमा सर्वोच्चमा पुनरावेदन दिएका थिए। यसअघि सो निवेदनमाथि न्यायाधीश कुमार रेग्मीले कैफियत झिकाउने आदेश दिएका थिए। उच्चको आदेशविरुद्ध थुनामा रहेका गृहसचिव टेकनारायण पाण्डे,पूर्वमन्त्री टोपबहादुर रायमाझी,केशव प्रसाद दुलाल,सानु भण्डारी,सागर राई,इन्द्रजित राई,गोविन्दकुमार चौधरी,सन्देश शर्मा र आङटाङ शेर्पासमेतले…
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन्। उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजितरूपमा निषेध गर्न खोजिएको तर्क गरे। जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महसुस भएको उनले बताए। रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे। रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाउनुभयो…
काठमाडौं । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सरकारले ले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। त्यस्तै देशभरिका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्युनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्। बैठकमा लगानी सम्मेनलका बिषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई…
सिन्धुली । आफैले लगाएको आगो निभाउने क्रममा जलेर सिन्धुलीमा एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाइ नगरपालिका (१ खारखोला निवासी ८६ वर्षीया कृष्णमाया पौडेल रहेको प्रहरीले जनाएको छ। पौडेलको बिहीबार बिहान करिब साढे एघार बजेतिर आगलागीमा जलेर मृत्यु भएको हो । वडाध्यक्ष नरेश कुमार गोलेका अनुसार घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारीमा सुकेका झारपात,पतिंगर जलाउनका लागि आफैले बालेको आगो शरीरमा सल्किएको थियो । आगलागीबाट पौडेलको घटनास्थलमै मृत्यु भएको हो। आगो अन्यत्र जाने त्रासले वृद्धा आफै निभाउन जाँदा डिलबाट चिप्लिएर आगोमा खसेको अध्यक्ष गोलेको भनाइ छ। वृद्धा घरबाट हराएको भनि परिवारले खोजतलास गर्ने क्रममा जलेको अवस्थामा फेला…
सिन्धुली । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बोलेरो सिन्धुलीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बीपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका (५ मा बा।प्र।०१–०२७ च ६७४७ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोका चालक रामेछाप सुनापति गाउँपालिकाका प्रशान्त तिमल्सिना र सोही बोलेरोमा सवार भरतपुर महानगरपालिका ६ चितवनका अमृत श्रेष्ठ गम्भीर घाइते भएको सिन्धुलीका प्रहरी प्रवक्ता अनिल खड्काले जानकारी दिएका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्थ गम्भीर रहेको छ । घाइते दुवैलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । गाडी सडकबाट अन्दाजी तीन सय फिट तल खरेको थियो ।
सिन्धुली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकमा उपस्थित ३५ जना सांसदमध्ये कँडेलको पक्षमा २३ जनाले विश्वासको मत दिएका थिए। उनको विपक्षमा भने १२ जना संसादले मत हालेका थिए।कांग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जना तटस्थ बसेका थिए। प्रदेश सभाका सभामुख नन्दा गुरुङले तत्काल कायम रहेको संख्याको बहुमत सांसदले विश्वासको मत दिएकाले मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन्।मुख्यमन्त्री कँडेललाई एमाले, माओवादी र एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।
सिन्धुली । दिर्घ रोगको उपचार गराईरहेका कमलामाई नगरपालिका ८ करकरेकी इन्द्रकुमारी पुलामीलाई आर्थिक सहयोग गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद राजन दाहालले शुक्रबार पुलामीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । विपन्न परिवारकी पुलामी दिर्घरोगका कारण उपचार गराईरहनु भएको छ । उहाँको उपचारका लागि सहयोग पुगोस भन्ने उद्देश्यले नेकपा माओवादी केन्द्र सिन्धुलीले स्थापना गरेको विपन्न राहत कोषबाट दश हजार रुपैयाँको चेक प्रदान गरिएको हो । माननिय दाहालले कार्यालयमै पिडित इन्द्रकुमारीका छोरा सन्जिव पुलामीलाई दश हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका सचिव चन्द्रनाथ गौतमले जानकारी दिनु भयो । माननिय दाहलकै पहलमा…
सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवसको अवसर पारेर भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ । शुक्रबार सिन्धुलीमाढी स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा २०८१ को भित्रे पात्रो विमोचन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरिएको हो । संगठनका केन्द्रीय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज पुरूषोत्तम दाहालको प्रमुख आतिथ्यतामा क्यालेण्डर विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा संगठनको स्थापना दिवसरको अवसरमा पेशाकर्मीहरु प्रति शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम संगठनका सिन्धुली अध्यक्ष पदम बहादुर मगरको अध्यक्षमा सम्पन्न भएको हो ।