वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्। प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज(रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १…
सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ भएका छन । मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएपछि सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकप्टर मार्फट काठमाण्डौं लाने तयारी गरिएको छ । रामछापको एक कार्यक्रममा सहभागि भएर सिन्धुलीको सुनकोसी गाउँपालिका आइपुगेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले अन्नपूर्णलाई जानकारी दिए । ‘मुख्यमन्त्री जम्कट्टेलको प्रेसर र सुगरको लेवल घटेपछि थप उपचारका लागि काठमाण्डौं लैजान हेलिकप्टर मगाइएको छ । उहालाई चिकित्सकको सल्लाह अनुसार काठमाण्डौं लैजाने तयारी भएको हो,’ दाहालले भने । मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य समस्या भएको जनाएपछि सुनकोसी थाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनलाई अस्पतालका…
सिन्धुली । नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशमा कामकाजी भाषामा प्रयोग सुभारम्भ गरेको खुसियालीमा प्रथम भाषा दिवस २०८१ को रुपमा आज सिन्धुलीमाढीमा नेवा: देय दवू सिन्धुली र नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा दीप(प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेका छन । देश संघियतामा गएपछि पहिलो पटक बागमती प्रदेश सरकारले सोमबारबाट नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले काठमाण्डौंको बसन्तपुरबाट उक्त भाषा दिवसको रुपमा सुभारम्भ गर्नु भएको थियो । बागमती प्रदेश सरकारले प्रदेशमा पहिलो पटक नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याएको दिन सोमबार प्रदेरभर…
सिन्धुली। यहाँको मरिण गाउँपालिका २ बाट वडा नम्बर १ जोड्ने ग्रामिण सडक पक्की निर्माण गरिएको छ । बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १ करोड ५ लाख ३४ हजार ५३५ रुपैयाँ लागतमा ८ सय ४५ मिटर पक्की सडक निर्माण गरिएको हो । मरिण गाउँपालिका २ स्थित ठुलो गर्दुवाबाट खलंगा हुदै वडा नम्बर १ को कात्तिकेसम्म पुग्ने ग्रामिण सडकको ८ सय ४५ मिटर पक्की ढलान गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिनु भयो । यो सडक हेटौंडा सिन्धुली चतरा स्थित मदन भण्डारी राजमार्गसंग जोडिएको सडक हो । ‘बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको साझेदारीमा कुल १…
सिन्धुली । वागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले प्रदेशमा अब सरकारी कामकाजी भाषाको रुपमा नेपाल र तामाङ भाषालाई भोली २४ गते सोमबार गतेदेखि प्रयोगमा ल्याइने बताएका छन । सोमबार वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसंगै वाग्मतीमा नेपाल र तामाङ भाषा अब सरकारी कामकाजी भाषाका रुपमा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने श्रेष्ठले जानकारी दिए । उक्त भाषाको सुभारम्भ समारोहमा सोमबार काठमाडौँको वसन्तपुरमा बिहान ७ बजे विभिन्न वेषभूषा र झाँक्रीसहित ¥याली सहित काठमाडौँ नगरको परिक्रममा गर्ने कार्यक्रम तय गरिएको समेत बताए । यस्तै प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तीनपाटन गाउँपालिका कार्यालय एवं मातहतका कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्रबाह गरिएको वस्तु तथा सेवाको गुणस्तर सम्बन्धी पहिलो दिनको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको हो । आइतबार गाउँपालिका आयोजनामा बाहुनतिल्पुङमा गाउँपालिका अध्यक्ष कर्ण बहादुर मगर, उपाध्यक्ष धन बहादुर पुलामी, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत एवं वडानम्बर ७ र ८ का वडा अध्यक्ष लगायत पालिकाका कर्मचारीहरु र समाजका दिग्गज व्यक्तित्वहरुको उपस्थितिमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण हिमालय संचार गृहले गरेको थियो ।
काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो । क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् । क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई…
सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ । दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो । आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो । उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन…
सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत हुनुभएको छ । नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमान्डौमा दाहाल सम्मानित हुनु भएको हो । केन्द्रीय कमिटीको विहिबार बसेको बैठकले दाहाललाई सम्मान गर्ने निर्णय गरेको थियो । दाहालको उक्त सम्मान दाहालका पुत्र तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष पत्रकार सञ्जय कुमार दाहालले ग्रहण गर्नु भएको हो । दाहाललाई नेपाल पत्रकार महासंघको २७ औं केन्दीय महाधिवेशनको उद्घाटन सत्रको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गर्नु भएको हो । नेपाली पत्रकारीता क्षेत्रमा योगदान दिएको साथै…
सिन्धुली । सिन्धुली जिल्लाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरीकहरुका लागि उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी उक्त अक्षयकोषको स्थापना गरेको हो । झण्डै एक वर्ष अघि एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न भनि रेडक्रसले सहयोग संकलन अभियान चलाएको थियो । उक्त अभियान अन्तरगत आइतबार सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । ‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित…