Sindhul Dainik

प्रमुख समाचार

मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

मगर संस्कृतिको पर्याय बनेर आयो घरज्वाईं

काठमाडौं । विवाहको लागि योग्य केटाले गाउँमा विवाहको लागि उमेर पुगेकी कुनै युवती मन परायो भने त्यो केटीलाई अपहरण शैलीमा आफ्नो घर लगेर विवाह गर्न पाउँछ । यो कुरा सुन्दा यहाँहरुलाई अचम्म लाग्छ । अहिले पनि मगर, थकाली, लिम्बुलगायत विभिन्न समुदायमा यो संस्कृति छ । यस्तो विवाहलाई उनीहरुले ‘छोपी विवाह’ भन्छन् । यस्तै छोपी विवाह र यसले समाजमा निम्त्याएका समस्यालाई चलचित्र घरज्वाईंमा उतारिएको छ । यो चलचित्रको मँगलबार बेलुका काठमाडौंमा भव्य प्रिमियर गरियो । चलचित्र हेर्न पुगेको अतिथिहरुले घरज्वाईं हेरेपछि मगर संस्कृतिलाई आफुहरुले नजिकबाट बुझ्ने अबसर पाएको प्रतिक्रिया दिए । रमाईलो प्रसँग के भने मगरले नै निर्माण र निर्देशन गरेको…
Read More
इङ्ल्यान्ड यूरो कपको फाइनलमा

इङ्ल्यान्ड यूरो कपको फाइनलमा

लन्डन । नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि इङ्ल्यान्डको फाइनल यात्रा सम्भव भएको हो । सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। हाफ भली प्रहार गर्ने क्रममा इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए। जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री ९भिएआर० को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई…
Read More
फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

काठमाडौं । पानी पार्ने मौसम प्रणाली मनसुन बुधबार रातिदेखि अझ सक्रिय हुने देखिएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेका छन्, जसले धेरै स्थानमा भारी वर्षा हुने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि २९ असारसम्म मनसुन थप सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । मौसम महाशाखाले…
Read More
ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

ओली-देउवा भेटवार्ता, सरकार गठन केन्द्रित छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । बुधबार साँझ देउवा निवास बुढानिलकण्ठ पुगेका ओलीले देउवासँग दुई घण्टाभन्दा लामो छलफल गरेका हुन् । ओलीसँग महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि छलफलमा सहभागी थिए भने कांग्रेसबाट सभापति देउवासहित उनकी पत्नी आरजु राणा र रमेश लेखक सहभागी रहेका थिए । बैठकमा सरकार गठन र सहकार्यलाई अगाडी बढाउने विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ । यस अघि कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति बताइए पनि बुधबारको छलफलमा सरकारमा अन्य दललाई सहभागी बनाउन लचिलो भएर जाने सहमति भएको छ । अहिले…
Read More
सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको…
Read More
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू नगर्ने सरकारको निर्णय

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू नगर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
Read More
दुध उत्पादक किसानलाई पालिकाको ११ लाख ८८ हजार अनुदान

दुध उत्पादक किसानलाई पालिकाको ११ लाख ८८ हजार अनुदान

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…
Read More
गोलन्जोर गाउँपालिकाका किसानलाई दुध उत्पादनमा ११ लाख ८८ हजार अनुदान रकम प्रदान

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता…
Read More
जिल्ला अदालत सिन्धुलीले २३ वर्षपछि ब्युँतायो द्वन्द्वकालीन मुद्दा

जिल्ला अदालत सिन्धुलीले २३ वर्षपछि ब्युँतायो द्वन्द्वकालीन मुद्दा

सिन्धुली । जिल्ला अदालत सिन्धुलीले २३ वर्ष पुरानो द्वन्द्वकालीन मुद्दा ब्युताउन आदेश दिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेल देखि मोहन बैद्य समुहका नेता चन्द्रप्रकास गजुरेल लगायतका २६ जना जनयुद्धकालीन माओवादी नेताहरु प्रतिवादी रहेको मुद्दा व्युँताइएको हो । जिल्ला न्यायधीश रमेश शर्मा पौडेलको इजलासले गोरे बहादुर श्रेष्ठ र प्रहरी सहायक निरिक्षिक जयबहादुर खड्का समेतको प्रतिवेदन तथा रत्नबहादुर माझीको जाहेरी रहेको दुईवटा मुद्धा काहरबाहीका लागि जगाउने गरी मुलतबीमा राख्न आदेश दिएका हुन् । जिल्ला अदालत सिन्धुलीमा विचाराधिन रहेको दुई वटा ज्यानमार्ने उद्योग सम्बन्धिका मुद्धा लामो समयदेखि निश्कृय रहेको भन्दै ति मुद्धाहरुलाई मुलतबी जगाई करबाही अगाडी बढाउन…
Read More