जापानकी परराष्ट्रमन्त्री कामिकावा योको आइतबार काठमाडौं आइपुगेकी छन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आएकी हुन्। उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग उनले द्विपक्षीय हित र चासोका विविध विषयमाा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। जापान नेपालको समृद्धिका लागि निरन्तर सहयोग गर्ने मुलुकको सूचीमा अग्रस्थानमा छ। नेपाल र जापान बीचको सम्बन्ध सरकारी तहमा मात्र नभई जनस्तरमा पनि सुमधुर छ। हाल…
रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ। रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार जेलेन्स्कीलाई गृह मन्त्रालयको अभिलेखमा ‘मस्ट वान्टेड’ सूचीमा राखिएको छ। उनीविरूद्ध रूसको फौजदारी संहिता अनुसार मुद्दा चलाइएको भन्ने बाहेक तासले अरू केही विस्तृत जानकारी दिएको छैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्दा सुरूमै जेलेन्स्कीको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ। केही दिनमै पूरै युक्रेन कब्जा गर्ने विश्वास गरेका पुटिनले जेलेन्स्कीको हत्या गरेर उनको ठाउँमा रूस(मैत्री व्यक्तिलाई राष्ट्रपति बनाउन चाहान्थे। त्यही बुझेर नै अमेरिकाले रूसी आक्रमण अगाडि नै जेलेन्स्कीलाई युक्रेनबाट भगाउने प्रस्ताव गरेको थियो। तर जेलेन्स्कीले ‘मलाई लिफ्ट…
सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ । दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो । आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो । उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन…
सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत हुनुभएको छ । नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमान्डौमा दाहाल सम्मानित हुनु भएको हो । केन्द्रीय कमिटीको विहिबार बसेको बैठकले दाहाललाई सम्मान गर्ने निर्णय गरेको थियो । दाहालको उक्त सम्मान दाहालका पुत्र तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष पत्रकार सञ्जय कुमार दाहालले ग्रहण गर्नु भएको हो । दाहाललाई नेपाल पत्रकार महासंघको २७ औं केन्दीय महाधिवेशनको उद्घाटन सत्रको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गर्नु भएको हो । नेपाली पत्रकारीता क्षेत्रमा योगदान दिएको साथै…
सिन्धुली । सिन्धुली जिल्लाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरीकहरुका लागि उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी उक्त अक्षयकोषको स्थापना गरेको हो । झण्डै एक वर्ष अघि एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न भनि रेडक्रसले सहयोग संकलन अभियान चलाएको थियो । उक्त अभियान अन्तरगत आइतबार सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । ‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । शुनकोसी नदी नदि किनारामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । शव सडे गलेको अवस्थामा छ । शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको, माथि कपडा नभएको, तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको सिन्धुलीका प्रहरी प्रवक्ता अनलि कुमार खड्काले जानकारी दिए । शवलाई घटनास्थलबाट प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।
काठमाडौं । नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ । स्वास–प्रस्वासको समस्याका कारण केही दिनदेखि काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । गत साता निमोनिया भएपछि लोहनीलाई अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । विगत ६–७ वर्षदेखि अल्जाइमर र पार्किन्सनको समस्याले थलिएका उहाँलाई पछिल्लो समय निमोनिया भएको थियो । सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरमा लोहनीले मुख्य नायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले बलिउड नायिका माला सिन्हाका पत्नी हुनुहुन्छ । माइतीघर चलचित्रको गीत पनि गाउनु भएका उहाँ प्रखर कलाकार हुनुहुन्छ ।
सिन्धुली । बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै विजयी भएका हुन । एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचन भए । बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यसैगरी माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे । एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारी प्रदेश सभा (क) मा…
कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैद सजाय सुनाएको हो। त्यस्तै आलमका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई पनि जन्मकैद सजाय सुनाइएको छ। संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा करिब १२ वर्षपछि असोज २६ गते आलम पक्राउ परेका थिए। उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ुविस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो। सोही मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत…
काठमाडौँ । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता ९डीआईजी० भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए । निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा १ हजार…