Sindhul Dainik

समाचार

देशभर आंशिकदेखि साधारणतया बदली रहने

देशभर आंशिकदेखि साधारणतया बदली रहने

२०  साउन, काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका…
Read More
मरिणका १७९ छात्रालाई साइकल

मरिणका १७९ छात्रालाई साइकल

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्र ‘प्लस टु’ अध्ययनरत १ सय ७९ जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका रहेका दुईवटा सामुदायिक विद्यालयको कक्षा ११÷१२ मा अध्ययनरत १ सय ७९ जना छात्राहरुलाई साइकल वितरण गरिएको हो । बुधबार मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ को अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गरिएको हो । छात्राहरुलाई साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले नै समाजलाई परिवर्तन गराउने भएकाले छात्राहरुलाई यसरी गरिएको प्रोत्साहनले व्यक्तिको शारिरिक, मानसिक तथा सामाजिक वृद्धि विकासमै मद्धत पुग्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका…
Read More
सिन्धुलीको खुर्कोटमामा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुलीको खुर्कोटमामा माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुली । विपी राजमार्ग अन्तरगत सिन्धुलीको सिन्धुलीको सुनकोसी गाउँपालिका ७ खुर्कोट नजिकै कानढुङ्ग्रीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१३२ नम्बरको माइक्रोबास शुक्रबार दिउँसो अनियन्त्रीत भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्द राज काफ्लेका अनुसार दुर्घटना वीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ७ कानढुङ्ग्री नजिक सुनकोशी मरिण डाइभर्सनको बाँध स्थलमा दुर्घटना भएको हो । माइक्रोबस दुर्घटना हुँदा घाइते हुनेहरुमा माइक्रोबसका चालक बागमती नगरपालिका २ सर्लाहीका वर्ष ३८ का रुपराज राउत, सोही ठाउँका वर्ष ३८ को महेश कुमार थापा, कृष्णकुमार केसी, लालबन्दी नगरपालिका २ सर्लाही वस्ने…
Read More
त्रिशूली नदीमा बस बेपत्ता, उद्धारकार्यमा कठिनाइ

त्रिशूली नदीमा बस बेपत्ता, उद्धारकार्यमा कठिनाइ

चितवन : नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आएको पहिरोले त्रिशुली नदीमा बस बेपत्ता भएको छ। घटनास्थलमा उद्धारकार्यमा कठिनाइ भएको छ। उद्धारकार्यका लागि घटनास्थल जाँदै गरेकाका सशत्र बलको विपद व्यवस्थापन टोली पहिरोले गर्दा बाटैमा फसेका छन्। उनीहरु कुरिनटारस्थित कालीखोलाको पहिरोले घटनास्थल पुग्न कठीन भएको प्रहरीले जनाएको छ। लगििनारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहित आएको पहिरोले दुईवटा बस बगाएर त्रिशूली नदीमा बेपत्ता भएको हो । ती बसमा चालकसहित ६५ जना रहेका प्रहरीले जनाएका छन्। आज बिहान ३स्३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस त्रिशूलीमा खसेको हो। गौर…
Read More
नयाँ गठबन्धनमा को–को बन्दै छन् मन्त्री

नयाँ गठबन्धनमा को–को बन्दै छन् मन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमा परिणाम दिन सक्नेलाई मात्रै मन्त्री बनाउने बताए । एमाले सचिवालय बैठकः काम गर्न सक्नेलाई मात्रै मन्त्री एमाले र नेपाली कांग्रेससहितका दलहरूले ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारमा सहभागी हुने मन्त्री’दयगतमा छलफल सुरु भएको छ । तर, एमाले र कांग्रेसले मन्त्री हुनेको नाम भने टुंगो लगाएका छैनन् । दुवै दलले आन्तरिक छलफल गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ असारमा विश्वासको मत लिएपछि मात्रै यस’दयगतमा टुंगो लगाउनेछन् । एमाले सचिवालय…
Read More
पहिरोको कारण विपी र मदनभण्डारी राजमार्ग अबरुद्ध

पहिरोको कारण विपी र मदनभण्डारी राजमार्ग अबरुद्ध

सिन्धुली  । पहिरोको कारण सिन्धुली जिल्ला स्थित वीपी राजमार्ग र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानै देखि अबरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बनेपा–सिन्धुली–बर्दिवास (विपी) राजमार्ग अन्तरगत सिन्धुली–बनेपा खण्ड अबरुद्ध भएको छ । यस्तै मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुली–बागमती खण्ड अबरुद्ध छ । लगातारको वर्षाका कारण सडक माथीबाट पहिरो र लेदो खस्दा वीपी राजमार्ग अन्तरगत काभ्रेको माम्ती खोलामा आएको बाढी र पहिरोले सडक अबरुद्ध भएको छ । यस्तै मदन भण्डारी राजमार्ग अन्तरगत हरिहरपुरगढी गाउँपालिका ४ हाकपारामा पहिरो खस्दा सडक अबरुद्ध छ । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार हाकपारमा सडक माथिबाट ढुंगा र लेदो आएर सडकमा थुप्रीदा सडक…
Read More
फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

फेरि सक्रिय भयो मनसुन, सिन्धुली सहित ४३ जिल्ला उच्च जोखिममा

काठमाडौं । पानी पार्ने मौसम प्रणाली मनसुन बुधबार रातिदेखि अझ सक्रिय हुने देखिएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेका छन्, जसले धेरै स्थानमा भारी वर्षा हुने संकेत देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकभर वर्षाको मात्रा बढ्ने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि २९ असारसम्म मनसुन थप सक्रिय हुने देखिएको छ । महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । मौसम महाशाखाले…
Read More
सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउ पूरक आदेश जारी गरी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो। बैठकले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको…
Read More
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू नगर्ने सरकारको निर्णय

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू नगर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
Read More
गोलन्जोर गाउँपालिकाका किसानलाई दुध उत्पादनमा ११ लाख ८८ हजार अनुदान रकम प्रदान

गोलन्जोर गाउँपालिकाका किसानलाई दुध उत्पादनमा ११ लाख ८८ हजार अनुदान रकम प्रदान

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…
Read More