Sindhul Dainik

समाचार

सिन्धुलीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम

सिन्धुलीका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम

सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको छ । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका उपाध्यक्ष नावराज श्रेष्ठको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त तालिमको शुभारम्भ गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द डिडि फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरेको हो । महिला स्वास्थ्य स्वयंसेविकाहरुका माध्यमबाट समुदायमा अन्धोपन निवारणका लागि सहयोग…
Read More
फिक्कलमा स्थानीय सरकारसंग नागरिकको सवाल–जवाफ

फिक्कलमा स्थानीय सरकारसंग नागरिकको सवाल–जवाफ

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय सरकारका कारकारबाहीका विषयमा सरकार र नागरिकविच सवाल जवाफ भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सरकारका कामकारबाही माथी नागरिक बृत्तबाट चासो राख्दै गरिएको प्रश्नमा सरकारले जवाफ दिएको हो । स्थानीय तहमा सुशासन, पारदर्शीता र जवाफ देहितका विषयमा प्रश्न उठिरहेका बेला गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरकार र सहभागिहरुविच सवाल जवाफ भएको हो । गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले राखेका प्रश्नमाथी गाउँपालिकाकी अध्यक्ष सुनुवार तथा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले जवाफ दिएका हुन् ।…
Read More
दुम्जाका बाढी प्रभावित बटुकहरुलाई भगवती माविको सहयोग

दुम्जाका बाढी प्रभावित बटुकहरुलाई भगवती माविको सहयोग

११ कार्तिक, सिन्धुली । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित सिन्धुलीको सुनकोशी गाउँपालिका १ कुशेश्वर दुम्जाका बटुकहरूलाई भगवती अंग्रेजी आवासीय मावि सिन्धुलीले सहयोग प्रदान गरेको छ। शनिबार कुशेश्वर दुम्जामा रहेको गुरुकुलमा अध्ययनरत २६ जना बटुकसहित गुरुहरूका लागि भगवती माविले खाद्यान्न तथा स्टेशनरी सहयोग प्रदान गरेको हो। भगवती अंग्रेजी आवासीय विद्यालयका प्रिन्सिपल कृष्णकुमार उप्रेतीका अनुसार बाढी प्रभावित गुरुकुलका बालबालिकाहरू खानासमेत खान समस्या भएको खबर प्राप्त भएपछि विद्यालयले गुरुकुलमानै पुगेर सहयोग गरेको हो। उनका अनुसार गुरुकुलका विद्यार्थीहरूका लागि भगवती माविले २० बोरो चामल, ७० दर्जन कपी, ७० दर्जन कलम, ३ काटुन तेल, २ बोरा दालमोठ, २ काटुन…
Read More
अध्यक्ष मोक्तानलाई मावि मरिण खयरसालबाट  सम्मान

अध्यक्ष मोक्तानलाई मावि मरिण खयरसालबाट सम्मान

सिन्धुली । ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन, २०२४ बाट उत्कृष्ट अवार्ड पाएसंगै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको चर्चा चुलिएको छ । सुशासन तथा गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो पालिका बनेपछि अध्यक्ष मोक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन २०२४ वाट सम्मान गरिएको थियो । स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह, वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७ दमलव ५ अंक प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ९४ दशमलव ७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको थियो । यो अवार्ड प्राप्त गरेसंगै अध्यक्ष मोक्तानलाई बधाईको ओइरो आउन थालेको छ । सोही क्रममा अध्यक्ष…
Read More
सिन्धुलीमा चोरीको मोटर साइकल सहित दुई पक्राउ

सिन्धुलीमा चोरीको मोटर साइकल सहित दुई पक्राउ

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जाबाट चोरीको मोटर साइकल सहित दुई पक्राउ परेका छन् । बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका १ दुम्जामा चेक जाँच गर्नेक्रममा चोरीको मोटरसाइकल सहित रौतहटको बोधिमाई नगरपालिका १ बस्ने १९ वर्षीय बिशम्बर साह कलवार र रौतहटको बोधिमाई नगरपालिका ८ का १८ वर्षका सुरज कुमार गोसाईलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँबाट सिन्धुली आउँदै गरेको बा.प्र.०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकल चोरी भएकाले नियन्त्रणमा थप अनुसन्धानको लागी ललितपुरको प्रहरी वृत्त सात दोबाटो पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
Read More
उद्योग मन्त्रालयका सम्पूर्ण काम प्रविधिमैत्री बनाउँछौं : मन्त्री तामाङ

उद्योग मन्त्रालयका सम्पूर्ण काम प्रविधिमैत्री बनाउँछौं : मन्त्री तामाङ

हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रालयका सम्पूर्ण सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने बताएकी छिन् । मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्रालयको सेवासम्बन्धी जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले मन्त्रालयको कार्य जिम्मेवारी अनुरूप सम्पादन गर्नुपर्ने कार्यहरूलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवा सुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् । व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धि नीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐन नियमको परिधिमा रही मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कार्यरत जनशक्तिबाट संरचनागत…
Read More
प्रहरीद्धारा अवैध गाँजाको व्याड र वेर्ना नष्ट

प्रहरीद्धारा अवैध गाँजाको व्याड र वेर्ना नष्ट

सिन्धुली  । सिन्धुली प्रहरीले ठुलो क्षेत्रफलमा लगाइएको अबैध गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा ८ कठ्ठा दश धुर क्षेत्रफलमा लगाइएको गाँजाको व्याड र वेर्ना नष्ट गरिएको हो । ‘इलाका प्रहरी कार्यालय मरिणबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर, वन्चरेडाँडा लगायतका विभिन्न स्थानहरुमा अन्दाजी ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड, वेर्नाहरु फेला पारी नष्ट गरिएको छ,’ काफ्लेले भने । प्रहरीका अनुसार अबैध गाँजा खेति गर्नेहरुभने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा…
Read More
न्यू सिद्धस्थली युवा क्लब रातमाटाद्धारा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

न्यू सिद्धस्थली युवा क्लब रातमाटाद्धारा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

३२ साउन, सिन्धुली । न्यू सिद्धस्थली युवा क्लब सिन्धुलीको आयोजनामा साउन २९ गते देखि सुरु भएको खुुला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा सबै खेलहरु मेन्स डबल अन्तर्गत रहेको थियो । प्रतियोगिताको फाइनल खेल शुक्रराज थिङ्ग र निरज गुरुङ्गको जोडिसंग शंकर दियाली र शिव खत्रीको जोडिबीच भएको थियो जसमा थिङ्गको जोडिले  २–० को साझो सेटमा आफ्ना प्रतिद्धन्दिलाई पराजित गरेका थिए । त्यसैगरी सोम श्रेष्ठ र दिपक पोखरेल तथा विष्णु ढुङ्गेल र रवि पुलामीको जोडिलाई संयुक्त तृतीय घोषणा गरिएको थियो । प्रतियोगिताको फाइनल खेल कमलामाई नगरपालीका–६, रातमाटामा भएको…
Read More
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्यसहित तीन जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्यसहित तीन जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् । गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै…
Read More
अवरुद्ध मध्य पहाडी राजमार्ग संचालनमा आयो

अवरुद्ध मध्य पहाडी राजमार्ग संचालनमा आयो

३१ साउन, सिन्धुली । पहिरो र ढुंगामुढा सहित आएको लेदोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग संचालनमा आएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलोन्जर गाउँपालिका ६ अक्करे भिरमा बिहान पौने छ बजे देखी पहिरो र ढुंगा माटो सहितको लेदोको कारण अवरुद्ध सडक अहिले संचालनमा आएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार पहिरो पन्छाईएपछि राजमार्ग दुईतर्फी नै संचालनमा आएको हो ।
Read More