Sindhul Dainik

स्थानीय तह विशेष

सिन्धुलीका पालिकाको वित्तिय प्रगती ८५ प्रतिशत लत

सिन्धुलीका पालिकाको वित्तिय प्रगती ८५ प्रतिशत लत

सिन्धुली  । सिन्धुलीका स्थानीयतहको वित्तिय प्रगती ८५ प्रतिशत तलमात्रै भएको पाइएको छ । पालिकाहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ मा गरेका वित्तिय प्रगतीको विवरणले यस्तो देखाएको हो । जिल्लाको कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा ७९ दशमलव २३ प्रतिसतमात्र खर्च गरेको छ । पालिकाको बजेट तथा खर्च विवरण सार्वजनिक गर्दै चालु तर्फ ८९ दशमलव ८२ प्रतिसत र पँुजिगत तर्फ ६६ दशमलव ९६ प्रतिसतमात्र खर्च गरेको जनाएको छ । नगरपालिकाले वित्तीय तर्फको ३ करोड ६६ लाख ६७ हजार २ सय ३ रुपैयाँ ७४ पैसा बजेट विनियोजन गरेकोमा खर्च गर्न सकेको छैन् । चालु तर्फ ८७ करोड ३ लाख ५१ हजार विनियोन…
Read More
दुध उत्पादक किसानलाई पालिकाको ११ लाख ८८ हजार अनुदान

दुध उत्पादक किसानलाई पालिकाको ११ लाख ८८ हजार अनुदान

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । बिहिबार एक कार्यक्रमका विच गाउँपालिकाले व्यावसायिकरुपमा दुध उत्पादन गरि विक्री गर्ने ५५ जना किसानहरुलाई उत्पादनमा आधारित अनुदानमा रकम वितरण गरेको हो । गोलन्जोर गाउँपालिका ५ हिर्दीङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरुलाई ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको हो । लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासंगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ ंरुपैयाँका दरले कुल ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए…
Read More
गोलन्जोर गाउँपालिकाका किसानलाई दुध उत्पादनमा ११ लाख ८८ हजार अनुदान रकम प्रदान

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

मरिणमा विपन्नलाई घर, किसानलाई पेन्सन, शहिद परिवारलाई मासिक निर्वाह भत्ता

सिन्धुली  । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता…
Read More
सिन्धुलीका पालिकाको बजेट ६ अर्ब ८२ करोड

सिन्धुलीका पालिकाको बजेट ६ अर्ब ८२ करोड

सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड…
Read More
गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरमा विद्युत सेवा पुग्यो

गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरमा विद्युत सेवा पुग्यो

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको छ । सोमबार पालिकाको वडा नम्बर १ डुडभन्ञ्याङ स्थित भाविनथान, कात्तिके, कटुन्जे, भन्ञ्याङ्गखानी, भालुभन्ञ्याङ्ग, भन्सार लगायतका क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएसंगै पालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार वडा नम्बर १ का यी बस्तिहरुमा सोमबारबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सन्चालनमा आएसंगै पालिकाको ४ हजार २ सय २९ घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकामा कुल ४ हजार ३ सय ६३ घरधुरी रहेका छन् । अव बाँकी ३ प्रतिसत अर्थात १ सय ३४ घरधुरीमा मात्र विद्युत सेवा पुग्न…
Read More
तीनपाटन गाउँपालिकाको खर्च ८४ प्रतिसत मात्र

तीनपाटन गाउँपालिकाको खर्च ८४ प्रतिसत मात्र

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ८३ दशमलव ६५ प्रतिसतमात्र खर्च गरेको छ । गाउँपालिकाले मंगलबार एक विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा कुल बजेटको ८३ दशमलव ६५ प्रतिसत खर्च गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतका अनुसार कुल ८९ करोड ६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ६६ पैसा मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिसत अर्थात ७४ करोड ५० लाख ६४ हजार ४ सय ५२ रुपैयाँ ८८ पैसा खर्च गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको वित्तिय प्रगति विवरण अनुसार चालु तर्फ ८७ दशमलव ५२ र र…
Read More
सुनकोसीमा एक घर एक करेसाबारी कार्यक्रम : किसानलाई कृषि यन्त्र वितरण

सुनकोसीमा एक घर एक करेसाबारी कार्यक्रम : किसानलाई कृषि यन्त्र वितरण

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपलिकामा एक घर एक करेसाबारी कार्यक्रम संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तरगत गाउँपालिकाले बुधबार पालिकाका विभिन्न वडाका ७० जना कृषकहरुलाई तरकारीको बिउ विजन, प्राङ्गारीक मल, गार्डेन पाईप, हजारी, ५ सय लिटरको टंकी, कुटो लगायतका कृषि सामाग्री वितरण गरिएको छ । यस्तै १८ जना कृषकहरुलाई कृषि यान्त्रीकरण मिनिटेलर वितरण गरिएको हो । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा उक्त कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुरथ बसेलले जानकारी दिए । कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष…
Read More
सुनकोसीको खनियाखर्कका ५२ घरमा खानेपानी धारा

सुनकोसीको खनियाखर्कका ५२ घरमा खानेपानी धारा

सिन्धुली । सुख्ख क्षेत्रका कारण खानेपानीको समस्या झेल्दै आएका सुनकोसी गाउँपालिका ५ खनियाखर्कमा घरघरमै पानीको धारा झरेपछि स्थानीय दंग परे । सुनकोसी गाउँपालिका, साझेदार संस्था नेवा र स्थानीयको श्रमदानमा टंकी र घरघरमा निर्माण गरिएको धारामा पानी झरेपछि स्थानीय दंक परेका हुन । गाउँपालिकाको १६ लाख दुई हजार ९ सय १८ रुपैयाँ, नेवाको २६ लाख ४६ हजार ३ सय १८ रुपैयाँ र स्थानीय श्रमदान १४ लाख ९८ हजार ७ सय ५२ रुपैयाँ गरी कुल ५७ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ उक्त धाराहरु निर्माण गरिएको हो । बुधबार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा…
Read More
गोलन्जोरमा बजेट ५७ करोड ४ लाख, कृषि र फलफुलमा आत्मनिर्भर बनाइने

गोलन्जोरमा बजेट ५७ करोड ४ लाख, कृषि र फलफुलमा आत्मनिर्भर बनाइने

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको…
Read More