Sindhul Dainik

Breaking News 2

५० जिल्लामा फैलियो डढेलो, कहिले पर्छ पानी ?

५० जिल्लामा फैलियो डढेलो, कहिले पर्छ पानी ?

प्रि–मनसुन अवधिमा वर्षा नहुँदा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ। वैशाख सुरू भएयतामात्रै आगलागीबाट ७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट ३० जना घाइते भएका छन्। तीन सय ७१ परिवार प्रभावित भएका छन्। यसअवधिमा भएको आगलागीबाट १६ करोड ७७ लाख बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्यांक छ। बुधबारमात्रै महोत्तरीको मटिहानीमा फैलिएको आगलागी ६ घन्टापछि नियन्त्रणमा आयो। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। उनकाअनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका थिए। विपन्न र मुस्लिम समुदायको…
Read More
एमाले छाड्ने भीम रावलको संकेत

एमाले छाड्ने भीम रावलको संकेत

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन्। उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफूलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजितरूपमा निषेध गर्न खोजिएको तर्क गरे। जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महसुस भएको उनले बताए। रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै बताउने जिकिर गरे। रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाउनुभयो…
Read More
सिन्धुलीमा बोलेरो दुर्घटना, चालकसहित दुईजना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना, चालकसहित दुईजना घाइते

सिन्धुली । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बोलेरो सिन्धुलीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बीपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका (५ मा बा।प्र।०१–०२७ च ६७४७ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोका चालक रामेछाप सुनापति गाउँपालिकाका प्रशान्त तिमल्सिना र सोही बोलेरोमा सवार भरतपुर महानगरपालिका ६ चितवनका अमृत श्रेष्ठ गम्भीर घाइते भएको सिन्धुलीका प्रहरी प्रवक्ता अनिल खड्काले जानकारी दिएका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्थ गम्भीर रहेको छ । घाइते दुवैलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । गाडी सडकबाट अन्दाजी तीन सय फिट तल खरेको थियो ।
Read More
कनपा ८ की पुलामीलाई माओवादी केन्द्रको आर्थिक सहयोग

कनपा ८ की पुलामीलाई माओवादी केन्द्रको आर्थिक सहयोग

सिन्धुली । दिर्घ रोगको उपचार गराईरहेका कमलामाई नगरपालिका ८ करकरेकी इन्द्रकुमारी पुलामीलाई आर्थिक सहयोग गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद राजन दाहालले शुक्रबार पुलामीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । विपन्न परिवारकी पुलामी दिर्घरोगका कारण उपचार गराईरहनु भएको छ । उहाँको उपचारका लागि सहयोग पुगोस भन्ने उद्देश्यले नेकपा माओवादी केन्द्र सिन्धुलीले स्थापना गरेको विपन्न राहत कोषबाट दश हजार रुपैयाँको चेक प्रदान गरिएको हो । माननिय दाहालले कार्यालयमै पिडित इन्द्रकुमारीका छोरा सन्जिव पुलामीलाई दश हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका सचिव चन्द्रनाथ गौतमले जानकारी दिनु भयो । माननिय दाहलकै पहलमा…
Read More
कमलामाई ५ ले शनिवार सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्दै

कमलामाई ५ ले शनिवार सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्दै

सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ५ सिन्धुलीले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता भोली शनिवार वडा कार्यालयबाटै वितरण गर्न लागेको हो । वडा अध्यक्ष पूर्णबहादुर खड्काका अनुसार वडाका जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरुलाई लक्षित गर्दै सदाझै यस पटक पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागीएको हो । ‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यही बैशाख ८ गते शनिवारका दिन राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखासंगको समन्वयमा वडा कार्यालयबाट विहान १० बजेदेखि वितरण सुरु गरिने छ,’ उहाँले भन्नुभयो । जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरु बैंकमा पुगेर…
Read More
सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न  मन्त्री चौधरीको निर्देशन

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न मन्त्री चौधरीको निर्देशन

ललितपुर। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को अध्यक्ष पदको पद बहाली पछि मन्त्री चौधरीले परिषद्का पदाधिकारी तथा कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो । ‘केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सडक मानवको मुक्त गर्ने अभियान सञ्चालन गरेको गर्नुभएको थियो । अहिले पनि बालबालिकाहरू फाट्टफुट्ट सडकमा देखिन्छ भन्ने कुरा आएको छ’, उहाँले भन्नुभयो, ‘अब हामी सडक बालबालिका मुक्त भनेर घोषणा भनेर किन नगर्ने रु त्यो अभियान चाल्यौँ भने हामी सफल हुन्छौ । तपाईँहरू त्यसका लागि आवश्यक के के काम गर्ने भनेर योजना…
Read More
रामेछापको भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

रामेछापको भटौलीमा टिफर दुर्घटना १ जनाको मृत्यु

रामेछाप । जिल्ला सदरमुकाम मन्थली नजिक भटौलीमा आज बिहान टिफर दुघट्ना भएको छ । दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बा ०१–००६–३८३९ नम्बरको टिफर पिपल बोट नजिक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घट्नामा परि एक जनाको ज्यान गएको भए पनि सनाखत भएको छैन । घाइतेको मन्थली अस्पताल मन्थलीमा उपचारको लागी पठाएको प्रहरीले जनाएको छ ।
Read More
एमाले सिन्धुलीको सदस्य तर्फको ४५० मत गणना, हेर्नुहोस मत परिणाम

एमाले सिन्धुलीको सदस्य तर्फको ४५० मत गणना, हेर्नुहोस मत परिणाम

सिन्धुली । नेकपा (एमाले) सिन्धुली शुक्रबार भएको निर्वाचनको सदस्य तर्फको मतगणना जारी छ । हालसम्म ४५० मत गनिएको छ । को ८ औं जिल्ला अधिवेशन अन्र्तगत जिल्ला कमिटी चयनका लागि भएको मतदानको मतगणना कार्य आइतबार विहान बाट सुरु भएको थियो । एमाले पार्टी कार्यालयमा ५ ठाउमा सदस्य तर्फको मतगणना जारी रहेको हो । यस अघि पदाधिकारीको मत गणना सम्पन्न गरिसकिएको छ । निर्वाचन कमिटीका प्रमुख पदम बहादुर मगरका अनुसार ७८३ मतदाता मध्ये ७५४ मतदाताले मतदान गरेका थिए । ७५४ मत मध्ये पहिलो चरणमा ४५० मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिए । हेर्नुहोस प्राप्त मत…
Read More
नयाँ वर्षमा बिजुली र सुरुङको आशा

नयाँ वर्षमा बिजुली र सुरुङको आशा

विकास निर्माणको शिथिलता सिर्जित चरम निराशाबीच पनि २०८१ सालमा भने सुरुङ र जलविद्युत् आयोजनाको निर्माणले आशा जगाउनेछ। राजनीतिक अस्थिरता, विकासमा निराशा तथा अर्थतन्त्रको शिथिलतासहित २०८० सालले बिदा लिएको छ। यो वर्ष सत्ता समीकरणको फेरबदल, प्रदेश सरकारमा भद्रगोल तथा राजनीतिक जोड-घटाउको रस्साकस्सीबीच सरकारको ध्यान विकास र अर्थतन्त्रमा पुगेन। त्यसैले, देशैभरि विकास निर्माणका गतिबिधि लथालिङ्ग भए भने अर्थतन्त्रको गति निराशाजनक रह्यो। राष्ट्रिय गौरव भनिएका आयोजनाकै गति सुस्त भयो। लामो समयदेखि अड्किएका सिक्टा, बबई, रानीजमरा कुलरियासहितका सिंचाइ आयोजनाले बितेको वर्ष पनि गति पाएनन्। प्रस्तावित बुढीगण्डकी वा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीको स्रोत व्यवस्थापन गर्नै चुनौतिपूणर् छ भने प्रगति भएन। हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गसहित…
Read More
सामुदायिक विद्यालयमा बालबालिका पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सामुदायिक विद्यालयमा बालबालिका पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

सिन्धुली । जिल्लाका स्थानीय पालिकाले पालिका मातहतका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराएर पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश गरेको छ । अधिवक्ता लोकहरी अचार्यले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो । उच्च अदालत पाटनका न्यायधिश रामेश्वर रेग्मीको एकल इजालशले मंगलबार यस्तो परमादेश दिएको हो । अधिवक्ता लोकहरी आचार्यको रिट उपर उत्प्रेषण÷परमादेश दिँदै कमलामाई नगरपालिका सहित तिन विपक्षीका नाममा यस्तो आदेश गरिएको हो । जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनीक पदधारण गरेका व्यक्तिका बालबालिकाहरुलाई आगामी शैक्षिक…
Read More