सिन्धुली । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट–घुर्मि खण्ड अबरुद्ध भएको छ । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भिरमा अबिरल बर्षाका कारण आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण सडक अबरुद्ध भएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार बिहिबार बिहान पौने ६ बजेदेखि सडक अबरुद्ध भएको हो । सडक माथिबाट आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण दुबैतर्फीको सडक अबरुद्ध भएको छ । अबरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगि सकेको प्रहरी प्रमुख काफ्लेको भनाई छ । सडक अबरुद्ध हुदा पहाडी जिल्लाहरु खोटाङ,…
सिन्धुली । सिन्धुलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपलिका १ माथिल्लो चिसापानीमा आगालागि भएको हो । आगलागीबाट स्थानीय उमेश गोलेको दुई तले काठको कच्ची घर जलेर नष्ट भएको छआगलागीबाट मानविय तथा चौपाया क्षती नभएपनि काठको कच्ची घर पुर्ण रुपमा जली क्षति भएको र घरमा जडान गरीएको प्यानेल, अन्नपात, भाडावर्तन गरी जलेर नष्ट भएको छ । आगलागीबाट करिव एक लाख ४० हजार रुपैयाँ बराबरको क्षेती भएको प्रहरीको भनाई छ ।
सिन्धुली । सिन्धुलीमा एक जना छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाी ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी बर्ष ५८ को लाल बहादुर घिमिरे विकको उनकै माईला छोरा बर्ष २१ को अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार अमृतले बुबा लाल बहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेर घटना स्थलमै हत्या गरेका हुन् । उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटि गई बन्चरो प्रहार गर्ने अमृत घिमिरे विक लाई बन्चरो सहित नियन्त्रणमा लिईएको समेत प्रहरी निरिक्षक…
सिन्धुली — बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(१ बालुवामा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही चक्रघट्टा गाउँपालिका(५ का ३५ वर्षीय गणेश राय रहेको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमााडौं जाँदै गरेको रायले चलाएको प्रदेश २–०३–००६प–३७५५ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१च–०४८७ नम्बरको भ्यानले ठक्कर दिएको थियो । रायको धुलिखेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार घाइते ३३ वर्षीय धीरेन्द्र ठाकुरको उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए ।
२० साउन, काठमाडौं । आज भोटो जात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने गरिन्छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीलेजानकारी दिए । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक…
२० साउन, काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखिमध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा धान रोप्न भएकी एक महिलाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिका ६ दारिमबोटे भन्ने स्थानमा धान रोप्न गएकी शोभा सार्कीको निधन भएको हो । घरबाट धान रोप्नको लागी दारिम बोटे मेला गएकी ५२ वर्षकी सोभा सार्कीको उपचारका क्रममा मृत्यु भएको हो । धान रोप्न जाँदा एक्कासी टाउको दुख्यो भनेर बेहोस भएपछि उपचारको लागी सुनकोसी सामुदायिक अस्पताल खुर्कोट पु¥याउँदा अस्पताले मृत घोषणा गरेको वडा अध्यक्ष रविन श्रेष्ठले बताए । सार्कीको अत्याधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
सिन्धुली । सिन्धुलीमा खोलाले बगाउँदा एक जना बालकको मृत्यु भएको हो । जिल्लाको तीनपाटन गाउँपालिका ११ मा रहेको हाँडीखोलाले बगाउँदा सोही गाउँपालिका ४ लुभु बस्ने कमल तामाङको अन्दाजी चार वर्षका छोरा मन्जिल तामाङको मृत्यु भएको हो । हाँडिखोलाले बगाएर बालकलाई हाँडी खोलाको दोभानमा ल्याई ढुङ्गामा अडकी रहेको अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा पु¥याइएको भएपनि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव अनुशन्धानपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
सिन्धुली । सिन्धुलीका स्थानीयतहको वित्तिय प्रगती ८५ प्रतिशत तलमात्रै भएको पाइएको छ । पालिकाहरुले चालु आर्थिक वर्ष २०८०÷०८१ मा गरेका वित्तिय प्रगतीको विवरणले यस्तो देखाएको हो । जिल्लाको कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा ७९ दशमलव २३ प्रतिसतमात्र खर्च गरेको छ । पालिकाको बजेट तथा खर्च विवरण सार्वजनिक गर्दै चालु तर्फ ८९ दशमलव ८२ प्रतिसत र पँुजिगत तर्फ ६६ दशमलव ९६ प्रतिसतमात्र खर्च गरेको जनाएको छ । नगरपालिकाले वित्तीय तर्फको ३ करोड ६६ लाख ६७ हजार २ सय ३ रुपैयाँ ७४ पैसा बजेट विनियोजन गरेकोमा खर्च गर्न सकेको छैन् । चालु तर्फ ८७ करोड ३ लाख ५१ हजार विनियोन…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारमा परिणाम दिन सक्नेलाई मात्रै मन्त्री बनाउने बताए । एमाले सचिवालय बैठकः काम गर्न सक्नेलाई मात्रै मन्त्री एमाले र नेपाली कांग्रेससहितका दलहरूले ओली नेतृत्वमा गठन गर्ने भनिएको सरकारमा सहभागी हुने मन्त्री’दयगतमा छलफल सुरु भएको छ । तर, एमाले र कांग्रेसले मन्त्री हुनेको नाम भने टुंगो लगाएका छैनन् । दुवै दलले आन्तरिक छलफल गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ असारमा विश्वासको मत लिएपछि मात्रै यस’दयगतमा टुंगो लगाउनेछन् । एमाले सचिवालय…