Skip to main content

Sindhul Dainik

प्रहरीद्धारा अवैध गाँजाको व्याड र वेर्ना नष्ट

प्रहरीद्धारा अवैध गाँजाको व्याड र वेर्ना नष्ट

प्रहरीद्धारा अवैध गाँजाको व्याड र वेर्ना नष्ट

सिन्धुली  । सिन्धुली प्रहरीले ठुलो क्षेत्रफलमा लगाइएको अबैध गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा ८ कठ्ठा दश धुर क्षेत्रफलमा लगाइएको गाँजाको व्याड र वेर्ना नष्ट गरिएको हो । ‘इलाका प्रहरी कार्यालय मरिणबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर, वन्चरेडाँडा लगायतका विभिन्न स्थानहरुमा अन्दाजी ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड, वेर्नाहरु फेला पारी नष्ट गरिएको छ,’ काफ्लेले भने । प्रहरीका अनुसार अबैध गाँजा खेति गर्नेहरुभने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा…
Read More
सिन्धुलीको मरिणमा गुणस्तरीय शिक्षाका लागि अन्तरक्रिया

सिन्धुलीको मरिणमा गुणस्तरीय शिक्षाका लागि अन्तरक्रिया

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा गुणस्तरीय शिक्षाका लागि खुल्ला बहस गरिएको छ । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किदै गएको सन्दर्भमा विद्यार्थी संगठनको आयोजनामा गुणस्तरिय शिक्षाका लागि बहस गरिएको हो । शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मरिण गाउँकमिटिको आयोजनामा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा खुल्ला बहस गरिएको हो । कार्यक्रममा संघिय सांसद, मरिण गाउँपालिकाका अध्यक्ष, शिक्षा शाखा प्रमुख, राजनितिक दल, विद्यार्थी संगठन तथा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य राजन दाहालले सामुदायिक विद्यालयमा शैक्षिक सुधार हुन नसक्नुमा मुख्यकारण ५३ वर्ष पुरानो शिक्षा ऐन भएको बताए । ‘हामी अहिले…
Read More
न्यू सिद्धस्थली युवा क्लब रातमाटाद्धारा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

न्यू सिद्धस्थली युवा क्लब रातमाटाद्धारा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

३२ साउन, सिन्धुली । न्यू सिद्धस्थली युवा क्लब सिन्धुलीको आयोजनामा साउन २९ गते देखि सुरु भएको खुुला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा सबै खेलहरु मेन्स डबल अन्तर्गत रहेको थियो । प्रतियोगिताको फाइनल खेल शुक्रराज थिङ्ग र निरज गुरुङ्गको जोडिसंग शंकर दियाली र शिव खत्रीको जोडिबीच भएको थियो जसमा थिङ्गको जोडिले  २–० को साझो सेटमा आफ्ना प्रतिद्धन्दिलाई पराजित गरेका थिए । त्यसैगरी सोम श्रेष्ठ र दिपक पोखरेल तथा विष्णु ढुङ्गेल र रवि पुलामीको जोडिलाई संयुक्त तृतीय घोषणा गरिएको थियो । प्रतियोगिताको फाइनल खेल कमलामाई नगरपालीका–६, रातमाटामा भएको…
Read More
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्यसहित तीन जनाको मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा वडा सदस्यसहित तीन जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् । गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै…
Read More
अवरुद्ध मध्य पहाडी राजमार्ग संचालनमा आयो

अवरुद्ध मध्य पहाडी राजमार्ग संचालनमा आयो

३१ साउन, सिन्धुली । पहिरो र ढुंगामुढा सहित आएको लेदोको कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग संचालनमा आएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलोन्जर गाउँपालिका ६ अक्करे भिरमा बिहान पौने छ बजे देखी पहिरो र ढुंगा माटो सहितको लेदोको कारण अवरुद्ध सडक अहिले संचालनमा आएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार पहिरो पन्छाईएपछि राजमार्ग दुईतर्फी नै संचालनमा आएको हो ।
Read More
सिन्धुलीमा बोलेरो दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बोलेरो दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

३१ साउन, सिन्धुली । सिन्धुलीमा बिहिबार विहान बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । गोलञ्जोर गाउँपालिकास्थित नाकाजोलीबाट सिन्धुलीमाडी बजारतर्फ आउँदै गरेको बोलेरो कमलामाई नगरपालिका–२ चियाबारीमा दुर्घटना भएको हो । बा २० च ८२८३ नम्बरको बोलेरो आफै अनियन्त्रित भई दुर्घटना हुँदा गोलञ्जोर गाउँपालिका–६ बस्ने ४२ वर्षीय पृथ्वी भुजेल र ४५ वर्षीय उदय लुङ्गेली मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।   दुर्घटनापछि अवरुद्ध भएको विपी राजमार्ग आधा घण्टापछि पुनःसुचारु भएको थियो ।
Read More
नेत्रकाली स्वास्थ्य चौकी भवनको माननिय दाहालद्धारा उद्घाटन

नेत्रकाली स्वास्थ्य चौकी भवनको माननिय दाहालद्धारा उद्घाटन

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ नेत्रकाली बेलबोटमा नवनिर्मित स्वास्थ्य चौकी (वर्थिङ्ग सेन्टर) भवनको उद्घाटन गरिएको छ । अति दुर्गम मानिने उक्त क्षेत्र लामो समयको प्रतिक्षा पछि निर्माण सम्पन्न भवनको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरे । स्वास्थ चौकीका लागि आवश्यक उपकरण र कर्मचारी दबन्दीका विषयमा संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने दाहालले प्रतिबद्धता जनाए । ‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व…
Read More
पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध

सिन्धुली । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोट–घुर्मि खण्ड अबरुद्ध भएको छ । मध्ये पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ अक्करे भिरमा अबिरल बर्षाका कारण आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण सडक अबरुद्ध भएको हो । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार बिहिबार बिहान पौने ६ बजेदेखि सडक अबरुद्ध भएको हो । सडक माथिबाट आएको पहिरो, ढुङ्गा र माटो सहितको लेदोको कारण दुबैतर्फीको सडक अबरुद्ध भएको छ । अबरुद्ध खडक खुलाउन इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी ग्वाल्टारका प्रहरी उक्त स्थानमा पुगि सकेको प्रहरी प्रमुख काफ्लेको भनाई छ । सडक अबरुद्ध हुदा पहाडी जिल्लाहरु खोटाङ,…
Read More
सिन्धुलीमा आगलागी हँदा एक घर जलेर नष्ट

सिन्धुलीमा आगलागी हँदा एक घर जलेर नष्ट

सिन्धुली । सिन्धुलीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपलिका १ माथिल्लो चिसापानीमा आगालागि भएको हो । आगलागीबाट स्थानीय उमेश गोलेको दुई तले काठको कच्ची घर जलेर नष्ट भएको छआगलागीबाट मानविय तथा चौपाया क्षती नभएपनि काठको कच्ची घर पुर्ण रुपमा जली क्षति भएको र घरमा जडान गरीएको प्यानेल, अन्नपात, भाडावर्तन गरी जलेर नष्ट भएको छ । आगलागीबाट करिव एक लाख ४० हजार रुपैयाँ बराबरको क्षेती भएको प्रहरीको भनाई छ ।
Read More
सिन्धुलीमा बन्चरो प्रहारगरी बुबाको हत्या

सिन्धुलीमा बन्चरो प्रहारगरी बुबाको हत्या

सिन्धुली  । सिन्धुलीमा एक जना छोराले बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाी ७ पन्चचौरी स्थित लामपाते बस्ने अन्दाजी बर्ष ५८ को लाल बहादुर घिमिरे विकको उनकै माईला छोरा बर्ष २१ को अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कुमार कट्वालका अनुसार अमृतले बुबा लाल बहादुर सुतेको अवस्थामा बन्चरोले टाउकोमा प्रहार गरेर घटना स्थलमै हत्या गरेका हुन् । उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी अधिकृत समेत टोली खटि गई बन्चरो प्रहार गर्ने अमृत घिमिरे विक लाई बन्चरो सहित नियन्त्रणमा लिईएको समेत प्रहरी निरिक्षक…
Read More