सिन्धुली । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए। यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि…
सिन्धुली । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए। यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि…
६१५ केजी गाँजा सहित एक जना पक्राउ सिन्धुली । सिन्धुली प्रहरीले शनिवार ६ सय १५ किलोग्राम अबैध गाँजा सहित एक जनालाई पक्राउ ग¥यो । कटारी नगरपालिका ६ उदयपुर घर भई सिन्धुलीको हरिहरपुरगढी ७ चिसापानी बस्ने वर्ष ४६ का कुमार पाख्रिनलाई उक्त गाँजा सहित पक्राउ गरिएको हो । शनिवार साँढे १ बजे इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सुचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागु औषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । उक्त गाँजा नियन्त्रण गर्न…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका १ खलङ्गामा नेपाल टेलिकमको फोजी सेवा संचालनमा आएको छ । मरिण गाउँपालिकाकै अति दुर्गम क्षेत्र मानिने खलङ्गामा शुक्रबारबाट फोजी सेवा संचालनमा आएको हो । गाउँपालिकाको लामो समयदेखिको पहलमा नेपाल टेलीकमले नेटवर्क टावर स्थापना गरेपछि उक्त सेवा सुरु भएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । यस अघि नेपाल टेलीकमका मोवाईहरुमा नेटवर्क समेत नदेखाउने खलङ्गामा टावर स्थापना भएसंगै मरिणको खलङ्गा, सिर्थौली, सखौरी सिर, कात्र्तिके, भदौरे, मान्द्रे ,टुँडिखेल, बेतपानी, ठुलिदमार, सुकेखोला लगायतको बिभिन्न स्थानमा संचार सुविधा पुगेको छ । ‘टेलिकमको टावर पूर्ण रुपमा संचालनमा आएसंगै मरिणका एक दर्जनबढी बस्तिहरुमा एनटीसि नेटवर्क संचालनमा आएको छ…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको…
सिन्धुली । सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष कर्णबहादुर थापाले वार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बजेट सार्बजनिक गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । यस्तै पूर्वाधार विकास संगै आयुर्वेद, बहुक्षेत्रीय पोषण प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता राखिएको अध्यक्ष थापाको भनाई…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा कार्यरत राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आधारभुत तालिम दिइएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा सुनकोसी गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयमसेविकाहरुलाई एक दिने आधारभुत तालिम दिइएको हो । तालिम सुनकोसी गाँउपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख अतिथ्यता र उपाध्यक्ष कपिल कुमार कोइरालाको बिशेष अतिथ्यतामा बिहिबार नै एक कार्यक्रमका विच समापन गरिएको छ । तामिलमा सहभागिहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । तालिममा सुनकोसी गाउाँपलिकाका सात वटै वडाका महिला स्वास्थ्य स्वयमसेवकहरुको सहभागिता रहेको थियो ।
सिन्धुली । विद्यालयको आम्दानीका लागि सुनकोसी गाउँपालिका ६ अमारेमा रहेको ग्रामकाली माविमा माछा पालन सुरु गरिएको छ । ग्रामकाली मावि नजिकै रहेको पोखरीमा माछा पाल्न भुरा माछा हालिएको छ । सुनकोशी गाँउपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडाध्यक्ष, कर्मचारी तथा विद्यालयका शिक्षकहरुको उपस्थितिमा बिहिबार भुरामाछा पोखरीमा हालिएको हो । सुनकोसी गाउँपालिकाको सहयोगमा विद्यालय नजिकै रहेको पोखरीमा पन्ध्र हजार भुराज माछा छाडीएको हो । उक्त माछाको स्याहार संभार र संरक्षण विद्यालय र विद्यार्थीहरुले गर्नेछन । विद्यालय नजिकै रहेको पोखरीमा माछाका भुरा हालेर नमुना परिक्षण गरिएको छ । यसले सार्थकता पाए पालिकाका अन्य पोखरीहरुमा…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ११ आँप घाटमा नयाँ लघु उद्यमी समुहका सहभागीहरूको लागि एक दिने लघु कर्जामा पहुँच तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ । कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा मार्फत संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०÷०८१ को वार्षीक कार्यक्रम अनुसार नयाँ लघु उद्यमी समुहका सहभागीहरूको लागि एक दिने लघु कर्जा मा पहुँच तथा वित्तिय साक्षरता सम्बन्धी अभिमुखी कार्यक्रमको आयोजना गरिएको हो । बिहिबार कमलामाई नगरपालिका ११ नम्बरका वडा अध्यक्ष राम बहादुर थिङको अध्यक्षतामा उक्त कार्यक्रमको अयोजना गरिएको हो । कार्यक्रममा वडा सदस्यहरु, राष्ट्रिय बणिज्य बैकंका ऋण अधिकृत…
काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ । बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि…