सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु तिन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबार देखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल मंगलबार एक सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु आगामी शुक्रबारसम्मका बन्द गरिने जनाए । हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न सबै विद्यालयहरुमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा अत्याधिक…
सिन्धुलीमाढी । सिन्धुली जिल्लामा पहिलो पटक दुरविनको सहायताले पाठेघर भन्दा बाहिर बच्चा (अक्टोपिक गर्भावस्था) बसेको महिलाको सल्यक्रिया गरी उपचार गरिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित सिन्धुली अस्पतालले कमलामाई नगरपालिका निवासी मन्दिरा अधिकारीको उक्त प्रविधि प्रयोग गरी आईतबार उपचार गरेको हो । उहाँको पाठेघर भन्दा बाहिर ‘ट्युव’ मा बसेको छ हप्ताको गर्भको उपचार दुरविनको सहयाताले गरिएको सल्यक्रिया सफल भएको उक्त सल्यक्रियामा संलग्न चिकित्सक(गाईनोलोजिष्ट) सरोज यादबले जानकारी दिनुभयो । ‘भर्खरै विवाह भएकी ति महिला पेट दुःखेर अत्याधिक रक्तस्राब भई उपचारका लागि आउनु भएको रहेछ,’ चिकित्सक यादबले भन्नुभयो, ‘ट्युव फुटेर पेट भरि रगत जमेको अवस्था थियो । उक्त प्रविधिबाट फुटेको साईडको टुयुव काट्यौ…
सिन्धुली । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुने गर्दछ । राजनीतिक पार्टी तथा भातृ सँगठनको नेतृत्व छनौट लोकतान्त्रीक पद्धती अनुसार निर्वाचन बाट गरिँदै आएको छ । तर, सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसालले क्याप्टेन (प्रमुख) सहायक क्याप्टेन (उपप्रमुख) को छनौट निर्वाचन मार्फत गराएको छ । विद्यालयमा केही समयदेखि रिक्त रहेको क्याप्टेन र सहायक क्याप्टेन पदमा विद्यार्थीहरुले शुक्रबार मतदान गरेर छनौट गरेको विद्यालयले जनाएको छ । शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले मरिण गाउँपालिकाको शिक्षा शाखासंग सहयोग लिई निर्वाचन प्रकृयाबाट एक वर्षका लागि क्याप्टेन र सहायक क्याप्टेन छनौट गरेका हुन् । विद्यालयका कक्षा…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको हो । शुक्रबार पोखराको सभा गृहमा आयोजित पानको दोस्रो राष्ट्रिय सम्मेलनमा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ प्रदान गरिएको हो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार देशभरका गाउँपालिकाहरुको मुल्यांकनमा मरिण गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट भएको थियो । प्राद्यापक डाक्टर विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मुल्यांकन समितिले विभिन्न २५ वटा शैक्षिक…
सिन्धुली । अन्तराष्ट्रिय दातृ निकाय वल्ड भिजन इन्टरनेश्नलको सहयोग तथा गोलन्जोर गाउँपालिकासंगको सहकार्यमा सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल) सिन्धुलीले संचालन गरेका विभिन्न योजनाको अनुगमन गरिएको छ । पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तरगत गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा निर्माण गरिएको खानेपानी योजना, सामाजिक कोष अन्तरगत गठन गरिएको समुह, त्यस समुहको बैठक मन्च, स्वास्थ्य संस्थालाई सहयोग गरिएको विभिन्न स्वास्थ्य सामाग्री, आयआर्जनका लागि बाख्रा पालन गर्ने कृषकका लागि खोर निर्माणमा गरिएको सहयोग लगायतका परियोजनाको अनुगमन गरिएको हो । बिहिबार गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा, परियोजनाका अधिकारी,…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा मौषमी तथा बेमौषमी तरकारी खेती तालिमको आयोजना गरिएको छ । गोलन्जोर गाउँपालिकाको सहयोग तथा महाभारत कृषक सहकारी संस्थाको आयोजनामा स्थानीय कृषकहरुलाई तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले निरिक्षण समेत गर्नु भएको छ । सो अवसरमा तालिम प्राप्त कृषकहरुलाई विभिन्न जातको मौषमी तथा बेमौषमी तरकारीका विउ तथा विजन लगायतका कृषि सामाग्री समेत प्रदान गरीएको छ । कार्यक्रममा गोलन्जोर गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द लुंगेली लगायतका गाउँपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
सिन्धुली २२, जेठ । विश्व वातावरण दिवश २०८२ को अवसरमा सिन्धुलीको गोलन्जोर गाउँपालिकामा १५ हजार अम्रिसोको विरुवा रोपिएको छ । गोलन्जोर गाउँपालिकाको समन्वय तथा सिन्धुली एकिकृत विकास सेवा संस्था (सिड्स) नेपाल सिन्धुलीको आयोजनामा गोलन्जोर गाउँपालिका ४ को गुर्दुम स्थित महाकाली सामुदायिक वन समुहमा अम्रिसोको विरुवा रोपिएको हो । गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा लगायत सामुदायिक वनका पदाधिकारी, कर्मचारी विद्यार्थी लगायतको उपस्थितीमा विरुवा रोपिएको हो । पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तरगत वल्ड भिजनको सहयोगमा खरिद गरिएको १५ हजार अम्रिसोको विरुवाहरु…
सिन्धुली । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरेको सिन्धुलीको तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘इनअफ’ क्याम्पियनका सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न तिनपाटनमा सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । गाउँपालिकालाई बालमैत्री र कुपोषण मुक्त पालिकाका निर्माणका लागि आवश्यक निति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनका रुपमा ‘पोषण बहस’ सुरु गरिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए । गाउँपालिकाले बुधबार आयोजना गरेको पोषण बहसमा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, आमा समुह, महिला स्वयमसेवीका सहयोगी निकायका प्रतिनिधि लगायतले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् । तथ्यांक अनुसार तिनपाटन…
सिन्धुली । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको शनिबार सम्पन्न ८ औं साधारण सभाबाट अध्यक्षमा युवराज श्रेष्ठलाई चयन चयन गरिएको हो । राजन कुमार श्रेष्ठको अध्यक्षता तथा नेवा देय दवुका अध्यक्ष पवित्रमान बज्रचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाट युवराज श्रेष्ठको अध्यक्षतामा १५ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । त्यस्तै सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, उपाध्यक्षमा ललित बहादुर श्रेष्ठ, निर्मला श्रेष्ठ, सचिवमा उज्जवल श्रेष्ठ, कोषाध्यक्षमा वासुदेव श्रेष्ठ, सह सचिवमा सुरेशमान श्रेष्ठ र डा। नवराज श्रेष्ठ सहित अन्य सदस्यमा चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनुभएको युवराज…
सिन्धुली । वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमै बेरोजगार रहेका युवाहरुलाई स्वदेशमै रोजगार बनाउँने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले मोटरसाइकल मर्मत तालिम दिन थालेको छ । उनिहरुलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले नगरका १४ जना युवाहरुलाई निशुल्क मोटरसाइकल मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको बताइएको छ । उक्त मोटरसाइकल मर्मत तालिम शुक्रबारबाट सुरु गरिएको हो । तालिममा नगरका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी १४ जना सहभागि रहेको कमलामाई नगरपालिकाका कार्यवाहक मेयर पूर्णबहादुर खड्काले जानकारी दिए । कार्यबहाक मेयर खड्काको प्रमुख आतिथ्यतामा तामिलको एक कार्यक्रमका विच शुक्रवार उद्घाटन समेत गरिएको छ । तामिलको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका ५ का वडा अध्यक्ष एवम् कार्यवाहक मेयर…