बागमती प्रदेश सरकारले आगलागीमा परेर मृत्यु भएका परिवारका लागि १ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मृतकको परिवारलाई १ लाख रुपैंया राहत उपलब्ध गराउने निर्णय गरेको हो। ‘यसवर्ष आगलागीमा परेर ज्यान गुमाएका परिवारलाई एक÷एक लाख रुपैयाँ राहतस्वरुप प्रदेश सरकारले उपलब्ध गराउने क्याबिनेटले निर्णय गर्यो,’ आन्तरिक मामिला तथा कानुन मन्त्री एवंम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले भने। यस्तै, प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने समेत निर्णय पनि भएको उनले बताए। प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको उनले जानकारी दिए। ‘ऐनको दफा १३…
सिन्धुली । सिन्धुलीको हरिहरपूरगढी गाउँपालिकाका शिक्षकहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको आयोजना गरिएको छ । आइतबारबाट गाउँपालिकाको आयोजना र बहुसांस्कृतीक मनोसामाजिक संस्था नेपाल (टिपिओ) को प्राबिधिक सहयोगमा १५ वटा सामुदायीक बिद्यालयका शिक्षकहरुलाई दोस्रो चरणको तिन दिवसिय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग तालिमको शुभारम्भ गरिएको हो । हरिहरपूरगढी गाउँपालिका क्षेत्रमा ब्याप्त रहेको मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याहरु न्यूनिकरण तथा आत्महत्या रोकथामका लागि सहयोग पुग्ने अपेक्षा सहित विद्यालयका शिक्षकहरुलाई उक्त तालिमको आयोजना गरिएको शिक्षा शाखा प्रमुख यमकुमार अछामीले बताउनु भयो । तालिमबाट विद्यलयमा छात्र तथा छात्रहरु विहोस हुने समस्या अर्थात मास कन्भर्जन डिसअर्डर र बालबालिका तथा किशोरकिशोरीहरुमा हुने मनोसामाजिक तथा मानसिक…
सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ । दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो । आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो । उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन…
सिन्धुली । बझाङमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै विजयी भएका हुन । एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचन भए । बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए । भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यसैगरी माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे । एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका भण्डारी प्रदेश सभा (क) मा…
काठमाडौँ । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वचनमा प्रहरीले ३ चरणको सुरक्षा योजना बनाएर लागू गरेको छ । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात् गरेर ३ चरणको सुरक्षा योजना लागू गरिएको प्रहरी प्रवक्ता ९डीआईजी० भीमप्रसाद ढकालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । इलाम–२ मा प्रतिनिधिसभा र बझाङ–१ मा हुने प्रदेशसभाको उपनिर्वाचनमा प्रहरीले १२ वटा सम्भावित खतरा पहिचान गरेको छ । उपनिर्वाचनमा १ हजार २४ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको डीआईजी ढकालले जानकारी दिए । निर्वाचन सुरक्षामा २ हजार ३ सय ८७ जना प्रहरी परिचालिन हुनेछन् । इलाममा १ हजार…
सिन्धुली । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत ७ जनालाई थुनामा पठाउने उच्च अदालतको निर्णय सदर गरेको छ। न्यायाधीश कुमार रेग्मी र टेक प्रसाद ढुंगानाको इजलासले अभियुक्त आङटावा शर्पालाई ३० लाख धरौटीमा छोडेको छ भने समशेर मियाँलाई साधारण तारेखमा राखेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। गोविन्द कुमार चौधरीलाई १० लाख धरौटीमा छाड्ने आदेश भएको उनले बताए। केशव प्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, इन्द्रजीत राई, सानु भण्डारीलाई उच्च अदालतले थुनामा नै पठाउने निर्णय सदर गरेको उनले बताए।
काठमाडौं । सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सरकारले ले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरी काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। त्यस्तै देशभरिका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्युनीकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्। बैठकमा लगानी सम्मेनलका बिषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई…
सिन्धुली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार प्रदेशसभाको बैठकमा उपस्थित ३५ जना सांसदमध्ये कँडेलको पक्षमा २३ जनाले विश्वासको मत दिएका थिए। उनको विपक्षमा भने १२ जना संसादले मत हालेका थिए।कांग्रेस संसदले विपक्षमा मतदान गरे भने राप्रपाका एक जना तटस्थ बसेका थिए। प्रदेश सभाका सभामुख नन्दा गुरुङले तत्काल कायम रहेको संख्याको बहुमत सांसदले विश्वासको मत दिएकाले मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेको घोषणा गरिन्।मुख्यमन्त्री कँडेललाई एमाले, माओवादी र एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।
सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवसको अवसर पारेर भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ । शुक्रबार सिन्धुलीमाढी स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा २०८१ को भित्रे पात्रो विमोचन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरिएको हो । संगठनका केन्द्रीय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज पुरूषोत्तम दाहालको प्रमुख आतिथ्यतामा क्यालेण्डर विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा संगठनको स्थापना दिवसरको अवसरमा पेशाकर्मीहरु प्रति शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम संगठनका सिन्धुली अध्यक्ष पदम बहादुर मगरको अध्यक्षमा सम्पन्न भएको हो ।
सिन्धुलीको तिनकन्यामा महिलाको पाठेघरमा हुने समस्याको निशुल्क उपचार शिविरको आयोजना गरिएको छ । बिहिबारबाट गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा गोलन्जोर गाउँपालिकाको आयोजना तथा सुनकोशी सामुदायिक अस्पताल को समन्वयमा डब्लु एफ डब्लु नेदरल्यान्ड को प्राबिधिक सहयोगमा महिलाको पाठेघरमा हुने सम्पुर्ण रोगको पहिचान तथा नि शुल्क उपचार सम्बन्धी शिविरको आयोजना गरिएको हो ।