सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको छ । सोमबार पालिकाको वडा नम्बर १ डुडभन्ञ्याङ स्थित भाविनथान, कात्तिके, कटुन्जे, भन्ञ्याङ्गखानी, भालुभन्ञ्याङ्ग, भन्सार लगायतका क्षेत्रमा राष्ट्रिय प्रशारण लाईन विस्तार भएसंगै पालिकाका ९७ प्रतिसत घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) का अनुसार वडा नम्बर १ का यी बस्तिहरुमा सोमबारबाट राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सन्चालनमा आएसंगै पालिकाको ४ हजार २ सय २९ घरधुरीमा विद्युत सेवा पुगेको हो । गाउँपालिकामा कुल ४ हजार ३ सय ६३ घरधुरी रहेका छन् । अव बाँकी ३ प्रतिसत अर्थात १ सय ३४ घरधुरीमा मात्र विद्युत सेवा पुग्न…
सिन्धुली । सिन्धुली जिल्ला सदर मुकाममा रहेको एक मत्र सरकारी अस्पताल सिन्धुली अस्पतालमा डाक्टर नहुँदा चार दिन देखि भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको छ । अस्पतालमा कार्यरत डाक्टर विदामा बसेका कारण भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको हो । चारदिनदेखी भिडियो एक्सरे सेवा नुहँदा विरामीहरुले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन । कमलामाई नगरपालिका ९ भिमानमा दिनेश न्यौपानेले अस्पातलमा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा पाउन नसकेको गुनासो गरे । उनले अस्पतालमा विरामीले भिडियो एक्सरे सेवा नपाएको कुरा गुनासो गर्ने ठाउसमेत नभएको बताएका छन । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट समेत विदामा भएका कारण विरामीहरुले सास्ती खेप्नु परेको कुरा गुनासो राख्ने ठाउँ…
सिन्धुली । सिन्धुली जिल्ला स्थित तिन ठुला नदीहरुमा आएको बाढीले सतर्कताको तह पार गरेकोको छ । मंगलबार जिल्ला स्थित सुनकोसी, कमला, बागमती नदी र चँदाह खोलामा आएको बाढीले सतर्कता तह पार गरी खतरा तहमा पुगेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । लगातार परेको पानीसंगै नदीहरुमा आएको बाढीले खतराको तह पार गर्ने अवस्थामा पुगेकोले नदि तटिय क्षेत्र लगायत डुवान हुने क्षेत्रमा उच्च खर्तकता अपनाउन भनिएको छ । विभागका जलविद् भिमलाल पाण्डेका अनुसार कमलानदीमा ३ दशमलव ५ मिटरसम्मको बाढीलाई खतराको तह मान्ने गरिन्छ । कमला नदीमा आएको बाढीका कारण सिन्धुलीको कमलानदी तटिय क्षेत्र दुधौलीको, मैनी, बेल्सोत, नीपाने, हत्पते, टाँडी, हर्षाही,…
सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ८३ दशमलव ६५ प्रतिसतमात्र खर्च गरेको छ । गाउँपालिकाले मंगलबार एक विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा कुल बजेटको ८३ दशमलव ६५ प्रतिसत खर्च गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतका अनुसार कुल ८९ करोड ६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ६६ पैसा मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिसत अर्थात ७४ करोड ५० लाख ६४ हजार ४ सय ५२ रुपैयाँ ८८ पैसा खर्च गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको वित्तिय प्रगति विवरण अनुसार चालु तर्फ ८७ दशमलव ५२ र र…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपलिकामा एक घर एक करेसाबारी कार्यक्रम संचालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तरगत गाउँपालिकाले बुधबार पालिकाका विभिन्न वडाका ७० जना कृषकहरुलाई तरकारीको बिउ विजन, प्राङ्गारीक मल, गार्डेन पाईप, हजारी, ५ सय लिटरको टंकी, कुटो लगायतका कृषि सामाग्री वितरण गरिएको छ । यस्तै १८ जना कृषकहरुलाई कृषि यान्त्रीकरण मिनिटेलर वितरण गरिएको हो । सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा उक्त कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष सुरथ बसेलले जानकारी दिए । कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष…
सिन्धुली । सुख्ख क्षेत्रका कारण खानेपानीको समस्या झेल्दै आएका सुनकोसी गाउँपालिका ५ खनियाखर्कमा घरघरमै पानीको धारा झरेपछि स्थानीय दंग परे । सुनकोसी गाउँपालिका, साझेदार संस्था नेवा र स्थानीयको श्रमदानमा टंकी र घरघरमा निर्माण गरिएको धारामा पानी झरेपछि स्थानीय दंक परेका हुन । गाउँपालिकाको १६ लाख दुई हजार ९ सय १८ रुपैयाँ, नेवाको २६ लाख ४६ हजार ३ सय १८ रुपैयाँ र स्थानीय श्रमदान १४ लाख ९८ हजार ७ सय ५२ रुपैयाँ गरी कुल ५७ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ उक्त धाराहरु निर्माण गरिएको हो । बुधबार सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यतामा…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार गोलन्जोर गाउँ सभाको १५ औं अधिवेशनबाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले गाउँ सभाको १५ औं अधिवेशनमा उक्त अनुमानित बजेट सार्वजनिक गरेका हुन् । बजेटमा गाउँपालिकालाई कृषि तथा फलफुल र पशुपंक्षिमा आत्मनिर्भर बनाउने देखि रोजागर, पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटमा संघिय सरकारको वित्तीय समानीकरण, सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदान ३३ करोड ५ लाख २४ हजार, प्रदेश सरकारको…
स्थानीय सरकारको निति तथा कार्यक्रम : सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गाँउपालीकाले जनमुखी र समाजवादको आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याएको अध्यक्ष विमर्ष मोक्तान (प्रख्यात)ले जानकारी दिए । अध्यक्ष प्रख्यातद्धार प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ । ‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक…
सिन्धुली । सिन्धुलीका नौं वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन । दुई नगरपालिका सहित नौं वटै पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका अधिकांश पालिकाहरुले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा ५७ हजार ८ सय ९४ वटा घरपुलुवा पशुपंक्षी रहेको पाइएको छ । गाउँपालिकाले सार्वजनिक गरेको कृषि मत्स्य तथा पशु तथ्यांक २०८१ अनुसार गाउँपालिकामा गाई, भैंसी, बाख्रा, कुखुरा, सुंगुर, परेवा लगायतका घर पालुवा पशुपंक्षिहरुको संख्या ५७ हजार ८ सय ९४ रहेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलका अनुसार घ्याङलेखका १ देखि ५ नम्बर वडामा सबैभन्दा धेरै बाख्रा पालन गर्ने गरिएको पाइएको छ । पालिकामा किसानहरुले ३२ हजार १ सय ३६ वटा बाख्रा पालेका छन । १७ हजार ६ सय ४३ वटा स्थानीय कुखुरा रहेका छन । ‘पालिकामा ५ हजार ४ सय २६ वटा भैंसी…