Sindhul Dainik

अर्थ

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

बाल माध्यमिक विद्यालय सुलिभन्ज्याङ्गको सुविधा सम्पन्न भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका २ स्थित बाल माध्यमिक बिध्यालय सुलिभन्ज्याङ्गको सुबिधा सम्पन ४ कोठे भवन निर्माण हुने भएको छ । ब्यक टु लाइफ इ भि जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त विद्यालयको लागि सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । उक्त भवन निर्माणका लागि शनिवार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराल तथा उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले एक कार्यक्रमका विच शनिवार संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गर्नु भएको हो । गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको पक्की भवन निर्माणको लागि शिलान्यास गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष न्यौपानेले…
Read More
स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सुनकोसीमा सम्मान

स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सुनकोसीमा सम्मान

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सम्मान तथा छात्रावृत्ति वितरण गरिएको छ । विचैमा पढाई छाड्दै बिवाह गर्नेहरुको संख्या बढ्दै गएपछि स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीहरुलाई प्रोत्सहान स्वरुप सम्मान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाका १५ जना अबिबाहित छोरीहरुलाई सम्मान गरिएको हो । उनिहरुलाई गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार एक कार्यक्रमका विच सम्मान गर्नुभएको हो । उनिहरुलाई जनही १८ हजार रुपैयाँ नगद सहित दोसल्लाह ओढाएर सम्मान गरिएको हो । ‘गाउँपालिका भित्र बसोबास गर्ने र पालिका भित्रै स्नाकोत्तर अध्ययनरत छोरीहरुलाई सम्मान गर्दा अन्य किशोरीहरुमा समेत उच्च शिक्षा अध्ययनगर्ने हौसला…
Read More
खनियाखर्कमा मौषमी तथा बेमौषमी तरकारी खेती तालिम

खनियाखर्कमा मौषमी तथा बेमौषमी तरकारी खेती तालिम

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा मौषमी तथा बेमौषमी तरकारी खेती तालिमको आयोजना गरिएको छ । गोलन्जोर गाउँपालिकाको सहयोग तथा महाभारत कृषक सहकारी संस्थाको आयोजनामा स्थानीय कृषकहरुलाई तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले निरिक्षण समेत गर्नु भएको छ । सो अवसरमा तालिम प्राप्त कृषकहरुलाई विभिन्न जातको मौषमी तथा बेमौषमी तरकारीका विउ तथा विजन लगायतका कृषि सामाग्री समेत प्रदान गरीएको छ । कार्यक्रममा गोलन्जोर गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द लुंगेली लगायतका गाउँपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
Read More
कमलामाई नगरका युवालाई निशुल्क मोटरसाइकल मर्मत तालिम

कमलामाई नगरका युवालाई निशुल्क मोटरसाइकल मर्मत तालिम

सिन्धुली  । वैदेशिक रोजगारबाट फर्किएका तथा स्वदेशमै बेरोजगार रहेका युवाहरुलाई स्वदेशमै रोजगार बनाउँने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकाले मोटरसाइकल मर्मत तालिम दिन थालेको छ । उनिहरुलाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले नगरका १४ जना युवाहरुलाई निशुल्क मोटरसाइकल मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको बताइएको छ । उक्त मोटरसाइकल मर्मत तालिम शुक्रबारबाट सुरु गरिएको हो । तालिममा नगरका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी १४ जना सहभागि रहेको कमलामाई नगरपालिकाका कार्यवाहक मेयर पूर्णबहादुर खड्काले जानकारी दिए । कार्यबहाक मेयर खड्काको प्रमुख आतिथ्यतामा तामिलको एक कार्यक्रमका विच शुक्रवार उद्घाटन समेत गरिएको छ । तामिलको उद्घाटन गर्दै कमलामाई नगरपालिकाका ५ का वडा अध्यक्ष एवम् कार्यवाहक मेयर…
Read More
मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

सिन्धुली । सिन्धुलीको मरीण गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापका लागि स्मार्ट प्रविधि हस्तान्तरण गरिएको छ । स्मार्ट प्रविधिको माध्ययमबाट पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न १८ वटा सामुदायिक विद्यालयहरुलाई (सूचना र सञ्चार प्रविधि (आइसिटी) स्मार्ट प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयमा सूचना र सञ्चार प्रविधि अन्तरगत ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, ई–हाजिरी प्रणाली, तथा स्मार्ट बोर्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । गाउँपालिकाले यस अघिनै केही नमुना विद्यालयमा आइसिटी प्याकेज हस्तान्तरण गरिसकेको छ । ‘शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी प्रविधिको प्रयोग प्रभावकारी देखिएपछि अन्य विद्यालयहरुमा समेत यस्तो प्रविधिको प्रयोग बढाउने गरी प्रविधि हस्तान्तरण…
Read More
फिक्कल गाउँपालिकाका ५ हजार विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ बचत

फिक्कल गाउँपालिकाका ५ हजार विद्यार्थीको बैँक खातामा दैनिक दुईरुपैयाँ बचत

ड्ड प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्दै सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा अध्ययनरत विद्यार्थीहरुको बैंक खाता खोली दैनिक रकम बचत गराउँने भएको छ । गाउँपालिकाको ६ वटै वडामा अध्ययनरत पाँच हजार विद्यार्थीहरुको बैक खाता खोली पालिकाले दैनिक एक रुपैयाँ र अभिभावकबाट एक रुपैयाँ गरी दैनिक दुई रुपैयाँ रकम जम्मा गर्ने भएको हो । पालिकाका ६ वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै पाँच हजार बढी विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइएन् । यसका लागि बुधवार फिक्कल गाउँपालिका र…
Read More
सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गरिँदै

सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गरिँदै

सिन्धुली । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो । नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने । महोत्सवमा विभिन्न…
Read More
खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास

खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा बहुउद्धेश्यीय सामुदायिक भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमका विच गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त भवनको शिलान्यास गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत नयाँ शहर आयोजना कार्यालय खुर्कोट कुल लागत ७ करोड लागतमा उक्त बहुउद्धेश्यीय सामुदायिक भवन निर्माण गर्न लागिएको हो । भवनको शिलान्यास गर्नु हुँदै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले भवन निर्माणको काम सुरु हुनु निक्कैनै खुसीको कुरा भएको र यसले समग्र खुर्कोटको विकासमा मद्धत पु¥याउँने विश्वास व्यक्त गर्नु भयो । उहाँले भवनको समयमानै निर्माण सक्न सम्बद्ध पक्षसंग…
Read More
कपिलाकोट मावि मरिणको ६४ औँ बाषिकोत्सव : विभिन्न व्यक्तिलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति वितरण

कपिलाकोट मावि मरिणको ६४ औँ बाषिकोत्सव : विभिन्न व्यक्तिलाई सम्मान, विद्यार्थीलाई छात्रवृत्ति वितरण

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ७ महेश्वता छापमा रहेको श्री कपिलकोट माध्यमिक विद्यालय छाप–महेश्वताको ६४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ (उत्साह) को अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य राजन दाहालको प्रमुख आतिथ्यता तथा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को विशिष्ट आतिथ्यतामा भएको हो । बाषिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा प्रतिनिधिसभा सदस्य राजन दाहालले छोटो समयमानै कपिलाकोट माविमा धेरै प्रगती गरेको उल्लेख गर्दै नेतृत्व सक्षम भए काममा पनि प्रगती देखिने बताउँनुभयो । विद्यालयले छात्रवृद्धि कोष स्थापना गर्दै विद्यार्थीहरुमा रचनात्मक र सिर्जनात्मक गतिविधिहरु संगै अनुशासनलाई जोड…
Read More
सिन्धुलीमा सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण

सिन्धुलीमा सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई ट्रयाकसुट र झोला वितरण

सिन्धुली । सिन्धुलीका दुई सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई ट्रयाकसुट र झोला वितरण गरिएको छ । जिल्लाको तीनपाटन गाउँपालिका ५ मा रहेको श्री कालिका मावि लंगुर छविसे र आधारभुत विद्यालय लंगुर नर्कटेका विद्यार्थीहरूलाई ट्रयाकसुट र झोला वितरण गरिएको हो । सिन्धुलीमाढीमा रहेको भगवती अंग्रेजी आवशिय माविको सहयोगमा कालिका मावि लंगुर छविसेका १ सय ६२ जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४३ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । यस्तै कोबे ईन्टरनेश्नल एजुकेसन सेन्टर (केआइइसि) सिन्धुलीको सहयोगमा कालिका मावि लंगुर छविसेका ५० जना र आधारभुत विद्यालय लंगुर नर्कटेका ४१ जना विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरिएको हो । श्री कालिका मावि लंगुर छविसेमा…
Read More