सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिले व्यावसायिकरुपमा कृषि व्यवसाय गर्दै आएका कृषकहरुलाई कृषियन्त्र उपहार स्वरुप प्रदान गरेको छ । गाउँपालिकाको वार्षीक कार्यक्रम अनुसार पालिकाका १७ जना अगुवा कृषकहरुलाई कृषि सामाग्री मिनि पावर टेलर प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाका अनुसार तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपाल सिन्धुलीको सहजिकरणमा गाउँपालिकाका विभिन्न वडाका १७ जना कृषकहरुलाई ५० प्रतिसत अनुदानमा कृषि यन्त्र प्रदान गरिएको हो । ‘तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल विच भएको समजदारी अनुसार पालिकामा गठन गरिएका कृषि समुहका सदस्यहरुलाई तरकारी खेती तथा कृषि प्रयोजनको लागि मिनि पावर टेलर प्रदान गरिएको…
सिन्धुली । महिला तथा किशोरी माथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने भन्ने ज्ञानका लागि सिन्धुलीको हरिहरपुरगढीका किशोरीहरु आत्मरक्षा तालिम लिन थालेका छन् । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन र प्रतिरोध गर्नका लागि आत्मरक्षा तालिममा सहभागि भएको किशोरीहरुको भनाई छ । मंगलबारबाट सुरु भएको तालिममा हरिहरपुरगढीका विभिन्न विद्यालयका २५ बढी किशोरीहरु सहभागि छन् । उनिहरुलाई वागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समिति सिन्धुलीले तालिमको आयोजना गरेको हो । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने…
सन्जिब दुलाल भक्तपुर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण व्यवहारिक र व्यवस्थित बनाउनुपर्ने भन्दै नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको नगरपालिकालाई काँग्रेसले विकास निर्माणका योजना, नीति निर्माण, शिक्षा, स्वास्थ्य। सहकारीलगायतका १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाएपछि नगर समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुङ्गेलले नगरले गरेका राम्रा कामको प्रशंसा गर्दै नगरलाई व्यवस्थित गर्न र नगरवासीको सहज र सरल तरिकाले सेवा सुविधा प्राप्त गर्न पाउने अधिकारलाई ध्यानमा…
सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिकामा अनिवार्य तथा निशुल्क शिक्षा घोषण गरिएको छ । बुधबार एक कार्यक्रमका विच बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गाउँपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको घोषणा गरेकी हुन् । बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको सहकार्यमा पालिकामा विद्यालय बाहिर रहेका ४ वर्ष देखि १३ वर्ष उमेर समुहका ८९ जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराएर उक्त कार्यक्रमको घोषणा गरिएको हो । यो संगै मरिण सिन्धुलीका दुई नगरपालिका सहित नौ वटा स्थानीय तह मध्ये अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्ने पहिलो गाउँपालिका भएको छ । कार्यक्रममा मन्त्री मोक्तानले बागमती प्रदेश सरकारले प्रदेशका सबै पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा…
सिन्धुली । अत्याधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ । गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बिहिबार देखि आगामी असार ५ गतेसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । कमलामाई नगरपालिकाकी कार्यबाहक नगर प्रमुख मन्जु देबकोटाका अनुसार नगरका मन्टेश्वरी, पूर्वप्राथमिक समेत सामुदायिक र संस्थागत विद्यालयहरु बिहिबार देखी आगामी बुधबारसम्म बन्द गरिने छ । हाल दिइएको गर्मी विदा आगामी वर्खे विदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्नहुन सबै विद्यालयहरुमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरु रहेका छन । उता जिल्लामा…
सिन्धुली । मनसुनजन्य विपदबाट हुने क्षतिको न्यूनीकरण तथा व्यवस्थापनका लागि जिल्लाको सुनकोसी गाउँपालिकामा स्थानीय विपद् सहायत कक्ष (हेल्प डेक्स) स्थापना गरिने निर्णय गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जी संयोजक रहनेगरी सहायत कक्ष स्थापना गर्ने निर्णय गरिएको हो । गृहमन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखा र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको पत्रानुसार गाउँपालिकामा हुने मनसुन जन्य तथा अन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सहायता कक्षा स्थापना गर्ने निर्णय गरिएको हो । सहायत कक्षा स्थापनाका लागि प्रमुख प्रशासकिय अधिकृत दर्जीको संयोजकत्वमा सुनकोशी गाउँपालिका अन्तरगतका सबै रेडक्रस उपशाखाका प्रतिनीधि, नागरीक समाजबाट उपेन्द्र…
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षकको सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने व्यवस्था गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा नियमावली २)५( को संशोधन गरेर शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने व्यवस्था राख्ने निर्णय गरेकी छन् । मन्त्रीको उक्त निर्णय कानुनी राय लिनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको छ । शिक्षा नियमावलीमा हाल शिक्षक सरुवाका लागि सरुवा भइजाने र आउने स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सहमति चाहिने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिको सहमति लिने प्रक्रिया झञ्झटिलो र अपारदर्शी भएको मन्त्रालयको ठहर छ । त्यसैले विद्यालयका प्रधानाध्यापक तथा स्थानीय तहको सहमतिमा…
छाप (सिन्धुली)। मरिण गाउँपालिका ६ सिन्धुलीकी विष्णुमायाँ मगर हरेक दिन बालखा छोरी अँगालोमा च्यापेर घरेलु हाते कपडा ढाका उत्पादन गर्न मरिण गाउँपालिका ६ छापमा आइपुग्छीन् । गाउँमै ढाका उद्यमी बुन्ने सपना बोकेकी मगर ढाका बुनाई सिप विकास तालिम केन्द्र छापामा डेढ वर्षकी छोरी काखमा च्यापेरै ढाका उद्योगी बन्ने सपना बुन्न पुग्ने गरेकी हुन । ढाका उद्यमी बन्ने सपनाले काखमा बच्चा बोकेरै भएपनि दैनिक तान चलाउन संघर्ष गरिरहेको मगरको भनाई छ । मगरको माईती घर मरिण गाउँपालिका ६ छापमै हो । उनका श्रीमान गाउँमै दुःख सुख गर्छन । कक्षा १० पास गरेकी मगर आफुले सिप सिकेर अरुलाई पनि रोजगार दिने सोचमा…
सिन्धुली। सिन्धुलीका १५ हजार बढी बालबालिकाहरुलाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन थालिएको छ । जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नौं वटै स्थानीय तहका २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका र खोप लगाउन छुटेका १५ हजार ८४ जना बालबालिकाहरुलाई आईपिभी खोप लगाउन थालिएको हो । यो खोप अभियान जिल्लाका नौ वटै पालिकामा एकै पटक सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए । ‘राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई जिल्लाका विभिन्न ६ सय ५८ वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको…
मरिण । सिन्धुलीको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाका गृहिणी महिलाहरुको सहभागितामा गाउँपालिकाले ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागेको हो । मरिण गाउँपालिका ५ बढीमुहानमा बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको समन्वयमा पहिलो पटक गृहिणी महिला सशक्तिकरण कार्यक्रम सुरु भएसंगै ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिम लिएका गृहिणी महिलाहरुबाट उक्त ग्रामेन्ट उद्योग संचालन गर्ने तयारी गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी दिनुभयो । यसका लागि गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बढीमुहानका २५ जना गृहिणीहरुलाई एक…