Sindhul Dainik

रोचक

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्यमा सन्तोष दाहालको उमेदवारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्यमा सन्तोष दाहालले उमेदवारी घोषणा गर्नु भएको छ । अस्ट्रेलियाका समाजसेवी दाहालले आगामी २०२५ मा अस्ट्रेलियामा हुने आइसिसी निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेको जनाउँनु भएको छ । ‘सहानुभूति, सहभागिता र सेवा’ को मूल भावना बोकेर आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । दुई दशकदेखि अस्ट्रेलियामा बसोबास गर्दै नेपाली समुदायको सेवा र सामाजिक नेतृत्वमा सक्रिय रहँदै आउनु भएका दाहालले सन् २०११ देखि २०१५ सम्म दुई कार्यकाल एनआरएनए अस्ट्रेलिया राष्ट्रिय समितिमा कार्यकारी सदस्यका रूपमा निर्वाचित भएर काम गरिसक्नु भएको छ । उहाँले विभिन्न राष्ट्रिय परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु…
Read More
तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘इनअफ’ क्याम्पियन सुरु

तिनपाटनलाई कुपोषण मुक्त बनाउन ‘इनअफ’ क्याम्पियन सुरु

सिन्धुली । पोषणमैत्री स्वास्थ्य चौकी घोषणा गरेको सिन्धुलीको तिनपाटन गाउँपालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘इनअफ’ क्याम्पियनका सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न तिनपाटनमा सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । गाउँपालिकालाई बालमैत्री र कुपोषण मुक्त पालिकाका निर्माणका लागि आवश्यक निति, कार्यक्रम र योजना निर्माणका लागि ‘इनअफ’ क्याम्पियनका रुपमा ‘पोषण बहस’ सुरु गरिएको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापाले बताए । गाउँपालिकाले बुधबार आयोजना गरेको पोषण बहसमा गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, आमा समुह, महिला स्वयमसेवीका सहयोगी निकायका प्रतिनिधि लगायतले ७ बुँदे पोषण प्रतिबद्धतामा हस्ताक्षर समेत गरेका छन् । तथ्यांक अनुसार तिनपाटन…
Read More
१७ महिनापछि प्रचण्ड सत्ताबाहिर

१७ महिनापछि प्रचण्ड सत्ताबाहिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९शुक्रबार० प्रतिनिधिसभाबाट पाँचौंपटक विश्वासको मत लिँदै छन् । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएयता चारपटक विश्वासको मत पाइसकेका प्रधानमन्त्री प्रचण्डले पाँचौंपटक विश्वासको मत लिँदैगर्दा बहुमत भने गुमाइसकेका छन् । विपक्षी गठबन्धनसँग दुई तिहाइ सांसद भएकाले प्रचण्ड सरकारबाट बाहिरिने निश्चित भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड एमालेकै कारण सरकारबाट बाहिरिँदै छन् । ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए । एमाले, माओवादी केन्द्रलगायतका १ सय ६९ सांसदको समर्थनमा…
Read More

तपस्वि रामबहादुर बमजन दोषी ठहर

सिन्धुली । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए। यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्। बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि…
Read More
विद्यालयको आम्दानीका लागि ग्रामकाली मावि अमारेमा माछापालन सुरु

विद्यालयको आम्दानीका लागि ग्रामकाली मावि अमारेमा माछापालन सुरु

सिन्धुली । विद्यालयको आम्दानीका लागि सुनकोसी गाउँपालिका ६ अमारेमा रहेको ग्रामकाली माविमा माछा पालन सुरु गरिएको छ । ग्रामकाली मावि नजिकै रहेको पोखरीमा माछा पाल्न भुरा माछा हालिएको छ । सुनकोशी गाँउपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडाध्यक्ष, कर्मचारी तथा विद्यालयका शिक्षकहरुको उपस्थितिमा बिहिबार भुरामाछा पोखरीमा हालिएको हो । सुनकोसी गाउँपालिकाको सहयोगमा विद्यालय नजिकै रहेको पोखरीमा पन्ध्र हजार भुराज माछा छाडीएको हो । उक्त माछाको स्याहार संभार र संरक्षण विद्यालय र विद्यार्थीहरुले गर्नेछन । विद्यालय नजिकै रहेको पोखरीमा माछाका भुरा हालेर नमुना परिक्षण गरिएको छ । यसले सार्थकता पाए पालिकाका अन्य पोखरीहरुमा…
Read More
हिंसाबाट जोगिन आत्मरक्षा तालिम लिदै हरिहरपुरगढीका किशोरी

हिंसाबाट जोगिन आत्मरक्षा तालिम लिदै हरिहरपुरगढीका किशोरी

सिन्धुली । महिला तथा किशोरी माथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने भन्ने ज्ञानका लागि सिन्धुलीको हरिहरपुरगढीका किशोरीहरु आत्मरक्षा तालिम लिन थालेका छन् । दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट जोगिन र प्रतिरोध गर्नका लागि आत्मरक्षा तालिममा सहभागि भएको किशोरीहरुको भनाई छ । मंगलबारबाट सुरु भएको तालिममा हरिहरपुरगढीका विभिन्न विद्यालयका २५ बढी किशोरीहरु सहभागि छन् । उनिहरुलाई वागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय जिल्ला युवा समिति सिन्धुलीले तालिमको आयोजना गरेको हो । महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने…
Read More
माधवलाई टक्कर दिने झलनाथको तयारी

माधवलाई टक्कर दिने झलनाथको तयारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को असार (१६–२)) सम्म काठमाडौँमा हुने १) औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वमा दोहोरिने योजना बनाइरहेको समयमा खनालले उनलाई टक्कर दिने भएका हुन् । दक्षिणपन्थी अवसरवाद अन्त्य गरी क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागु गर्न उम्मेदवारी दिन लागेको खनालले बताएका छन् । एमालेबाट विद्रोह गरेको फगत पद नमिलेर वा संविधानमाथि हमला भएरमात्र नभइ तत्कालीन नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादविरूद्ध विद्रोह गरिएको उनको दाबी छ । तर विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको खनालको भनाइ छ । बिहीबार रातोपाटीसँग खनालले…
Read More
तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो

शालिग्राम पाण्डे नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन २०८१ जेठ २६ गते एकसाथ गर्ने कार्यतालिका सार्वजनिक भएलगत्तै सो निर्वाचनमा प्रत्यक्ष सरोकार राख्ने विभिन्न समूहले महासङ्घको कार्यालयमा तालाबन्दी गरे । शुद्धीकरणको विषय टुङ्गो नलागी निर्वाचन गर्न नदिने अडानसहित नेपाल प्रेस युनियनको अगुवाइमा भएको तालाबन्दीले केन्द्रदेखि जिल्ला शाखासम्मका निर्वाचनलक्षित गतिविधि प्रभावित भयो । यद्यपि शुद्धीकरणका नाममा हटाइएका केही सदस्यका नाम समावेश गरी अन्तिम मतदाता नामावली प्रकाशित गर्ने सम्झौतापछि ताला खोलियो । तर सो तालाबन्दीको लक्ष्य (नियत) श्रमजीवी पत्रकार तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको हकहित होइन, केवल केही पदलोलुप र सत्ता–राजनीति निर्देशित पत्रकारको स्वार्थ साँध्न भएको कसैबाट लुकेको छैन । सबै विचार…
Read More
कनपा ५ को चन्द्रमुखी टोल विकास संस्थामा टोल सौन्दर्य अभियान सुरु

कनपा ५ को चन्द्रमुखी टोल विकास संस्थामा टोल सौन्दर्य अभियान सुरु

सिन्धुली  । विश्व वातावरण दिवसको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारमा रहेको चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्थाले टोललाई सुन्दर र प्लाष्टिक रहित बनाउनका लागि टोल सौन्दर्य अभियानको सुभारम्भ गरेको छ । टोलका सबै चोक र घर आँगनलाई हरियाली, सुन्दर र सफा बनाउँन उक्त अभियानको सुभारम्भ गरिएको हो । कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटा र प्रमुख जिल्ला अधिकारी भरत खनालले संयुक्त रुपमा गमलामा फूल रोपेर अभियानको सुरुवात गरेका हुन् । अभियान अन्तरगत टोल विकास भित्रको चोकमा २६ वटा गमलामा फूल रोपिएको छ । यो टोल विकास संस्थाले टोल भित्रका प्रत्येक घरलाई १० वटाका दरले एक हजार एक सय वटा…
Read More
गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजामा १८ हजार ४०० प्यालेस्टाइनीको मृत्यु

गाजा, २७  मङ्सिर । इजरायल–हमासबीचको युद्धका कारण गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको सङ्ख्या १८ हजार ४०० पुगेको छ । गत ७ अक्टोबरदेखि सुरु भएको हमास–इजरायल युद्धले गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार ४०० नाघेको हो । पछिल्लो पटक मङ्गलवार वेस्ट बैङ्कको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।
Read More