सिन्धुली । नेकपा (एमाले) सिन्धुलीको सदस्य चयनका लागि भएको निर्वाचनको मत गणना कार्य सम्पन्न भएको छ । शुक्रबार भएको निर्वाचनको सदस्य तर्फको मतगणना सोमबार बिहान सम्पन्न भएको हो । यस अघि पदाधिकारीको मत गणना गरिएको थियो । निर्वाचन कमिटीका प्रमुख पदम बहादुर मगरका अनुसार ७८३ मतदाता मध्ये ७५४ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत पदम बहादुर मगरले जानकारी दिए । हेर्नुहोस प्राप्त मत परिणाम
काठमाडौं : संघीय संसद्को तेस्रो (हिउँदे) अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ। आइतबार बिहान बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यसम्बन्धी पत्र संसद सचिवालयमा पठाएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। यो अवधिमा दुबै सदनबाट तीन वटा विधेयक मात्र पारित भए ।
विकास निर्माणको शिथिलता सिर्जित चरम निराशाबीच पनि २०८१ सालमा भने सुरुङ र जलविद्युत् आयोजनाको निर्माणले आशा जगाउनेछ। राजनीतिक अस्थिरता, विकासमा निराशा तथा अर्थतन्त्रको शिथिलतासहित २०८० सालले बिदा लिएको छ। यो वर्ष सत्ता समीकरणको फेरबदल, प्रदेश सरकारमा भद्रगोल तथा राजनीतिक जोड-घटाउको रस्साकस्सीबीच सरकारको ध्यान विकास र अर्थतन्त्रमा पुगेन। त्यसैले, देशैभरि विकास निर्माणका गतिबिधि लथालिङ्ग भए भने अर्थतन्त्रको गति निराशाजनक रह्यो। राष्ट्रिय गौरव भनिएका आयोजनाकै गति सुस्त भयो। लामो समयदेखि अड्किएका सिक्टा, बबई, रानीजमरा कुलरियासहितका सिंचाइ आयोजनाले बितेको वर्ष पनि गति पाएनन्। प्रस्तावित बुढीगण्डकी वा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा लगानीको स्रोत व्यवस्थापन गर्नै चुनौतिपूणर् छ भने प्रगति भएन। हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्गसहित…
राजन गाउँले सिन्धुली । शनिवारबाट नेपाल सम्बत् परिवर्तन हुँदैछ । नयाँ वर्ष २०८१ को अवसरमा प्रायः मानिसहरु नयाँ नयाँ ठाउँमा पुग्ने र त्यसको अध्ययन अवलोकन गर्ने शोचमा हुनेगर्दछन् । यस्तै शोचमा तपाई सिन्धुली जिल्लालाई केन्द्र बनाएर घुम्न आउदै हुनुहन्छ भने तपाईका लागि यि स्थानहरु अकर्षक गन्तव्य बन्न सक्नेछन । राजधानी काठमाण्डौंबाट दुई घण्टाका समयमा सिन्धुली प्रवेश गर्न सकिन्छ । पूर्वी नेपाल र तराईका जिल्लाहरुबाट पनि दुई घण्टाकै विचमा सिन्धुली जिल्लामा आउन सकिन्छ । बनेपा–सिन्धुली–बर्दिबास (विपी) राजमार्ग, हेटौंडा–गाईघाट–चतरा (मदन भण्डारी) राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै छोटो दुरीमा रमाइलो यात्रा गर्दै सिन्धुली आइपुग्न सकिन्छ । सिन्धुली जिल्ला घुम्न आउनेहरुले यहाँको आकर्षक धार्मीक…
सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ भारी मतले विजयी भएका छन् । बुधबारबाट सुरुभएको आठौँ अधिवेशनबाट जिल्ला कमिटिको अध्यक्षमा श्रेष्ठ ४ सय ४१ मत प्राप्त गर्दै विजयी भएका हुन । श्रेष्ठले आफ्नो निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की (रामकुमार) लाई १ सय ३७ मत अन्तरले पराजित गरेका हुन् । कार्कीले भने ३ सय ४ मत मात्र प्राप्त गरेका छन । श्रेष्ठ एमाले कमलामाई नगर कमिटिका अध्यक्ष हुन भने कार्की निवर्तमान जिल्ला अध्यक्ष हुन । यस्तै कर्णबहादुर घिसिङ उपाध्यक्षमा दोहोरीएका छन । उनले खडगबहादुर रजन (धिरज) लाई ५३ मतले पछि पार्दै दोस्रो पटक उपाध्यक्ष पदमा बाजी मारेका हुन । घिसिङले…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ४ खट्टारमा रहेको एनसेलको टावरमा शक्तीशाली कुकर बम बिष्फोट गराइएको छ । बिहिबार बिहान करिव पौने तिन बजेको समयमा टवरमा बम बिष्फोट गराइएको हो । बिष्फोटबाट टावरको बाक्समा क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता अनिल कुमार खड्काले जानकारी दिए । रातको समयमा टावर परिषरको उत्तरतर्फको तारको जाली काटी भित्र प्रवेश गरेर बम बिष्फोट गराइएको पाईएको खड्काले बताए । ठुलो विष्फोटक वस्तु पड्कीएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विष्फोट लगतै प्रहरी घटना स्थलमा पुगेको बताइएको छ ।उक्त टावर परिषर भित्र र बाहिर जनमुक्ती सेना लेखिएको १५ थान पर्चा…
सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गृहमन्त्री रवि लामिछानेमाथी छानबिन गर्न नेपाली कांग्रेसले भने जस्तो संसदीय समिति गठन नहुने बताएका छन् । बुधबार सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले लगातार संसद अबरुद्ध गर्नु सत्ताबाट बाहिरिनु पर्दाको छटपटाहट मात्र भएको उल्लेख गरे । कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनको राजिनामा माग्दै संसदिय छानवि समिति गठन गर्नु पर्ने माग गर्दै आएको छ । ‘कांग्रेसले उठाएको माग पूर्वग्राही छ । यो…
सिन्धुली । जिल्लाका स्थानीय पालिकाले पालिका मातहतका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराएर पढाउनु पर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश गरेको छ । अधिवक्ता लोकहरी अचार्यले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै अदालतले यस्तो आदेश गरेको हो । उच्च अदालत पाटनका न्यायधिश रामेश्वर रेग्मीको एकल इजालशले मंगलबार यस्तो परमादेश दिएको हो । अधिवक्ता लोकहरी आचार्यको रिट उपर उत्प्रेषण÷परमादेश दिँदै कमलामाई नगरपालिका सहित तिन विपक्षीका नाममा यस्तो आदेश गरिएको हो । जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका, तिनपाटन गाउँपालिका र घ्याङलेख गाउँपालिकाले पालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनीक पदधारण गरेका व्यक्तिका बालबालिकाहरुलाई आगामी शैक्षिक…
सिन्धुली । सिन्धुलीका मिटरब्याज पिडितहरू आन्दोलित भएका छन् । सयौंको संख्यामा रहेका पिडितहरु सोमबारबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा न्याय माग्दै धर्नामा बसेका हुन् । दुधोैली नगरपालिकाका झण्डै १ सय बढी पिडितहरू सोमबार रातभर खुल्ला आकाशमै बसेर न्याय मागिरहेका हुन् । मिटर ब्याज पिडित संघर्ष समितिका संयोजक वर्ष बहादुर विश्वकर्माका अनुसार मिटर ब्याजिका विरूद्ध उजुरी गरिएको भएपनि उल्टै अदालतमा मुद्दा हालेर घर जग्गा खालि गर्न भनेपछि पिडितहरु संगठित भएर आन्दोलनमा उत्रनु परेको हो । उनले भने, ‘एकै गाउँका सात जनाको घरबार एकै व्यक्तिले उठाएको छ । ११ लाख पैसाको एक करोड २५ लाख रूपैयासम्म मिटर ब्याज उठाए पनि घरजग्गा फिर्ता…
सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन बुधबारबाट सुरु हुने भएको छ । एमाले सिन्धुलीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनका लागि प्रतिनिधि छनोट लगायतका सम्पूर्ण व्यवस्थापन पुरा भएको जनाएको छ । बुधबार सिन्धुलीमाढीमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक कार्यक्रमका विच उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले प्रचार विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिए । बुधबार र बिहिबार हुने जिल्ला अधिवेशका लागी प्रतिनिधि छनोट कार्य सम्पन्न गरिएको नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिए । अधिवेशनका लागि जिल्लाका दुई नगरपालिका र ७ वटा गाउँपालिका अन्तरगत भुगोलबाट ५ सय १४, जनवर्गीय संगठनहरुबाट ७६,…