सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकालाई कुपोषण मुक्त बनाउन ‘पोषण बहस’ सुरु गरिएको छ । आगामी वर्ष भित्र गाउँपालिकालाई नै कुपोषण मुक्त पालिका घोषणा गर्न गोलन्जोर गाउँपालिकामा मंगलरबार सरोकारवालाहरुविच पोषण बहस सुरु गरिएको हो । सिन्धुलीको गोलन्जोर गाउपालिकामा सिन्धुली एकीकृत बिकास सेवा (सिड्स नेपाल) सिन्धुली र वल्ड भिजन नेपालको साझेदारीमा नेपालको संविधानको मौलिक हकको रुपमा रहेको खाद्य सम्प्रभुताको अधिकारलाई सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता, दिगो विकासको लक्ष्य २०३०, वृद्धिको लागि पोपण २०२१, सयुक्त राष्ट्रसघीय खाय प्रणाली शिखर सम्मेलन २०२१, बहुक्षेत्रीय पोषण योजना (२०८०÷०८१–०८७÷०८८) तेस्रोले दिएको पोषणको अधिकार प्राप्त गर्दै, गोलन्जोर गाउँपालिकालाई कुपोषण तथा भोकमरीलाई अन्त्य गरी बालमैत्री तथा…
सिन्धुली । अन्तराष्ट्रिय दातृ निकाय वल्ड भिजन इन्टरनेश्नलको सहयोग तथा गोलन्जोर गाउँपालिकासंगको सहकार्यमा सिन्धुली एकिकृत विकास सेवा (सिड्स नेपाल) सिन्धुलीले संचालन गरेका विभिन्न योजनाको अनुगमन गरिएको छ । पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजना अन्तरगत गोलन्जोर गाउँपालिका ४ तिनकन्यामा निर्माण गरिएको खानेपानी योजना, सामाजिक कोष अन्तरगत गठन गरिएको समुह, त्यस समुहको बैठक मन्च, स्वास्थ्य संस्थालाई सहयोग गरिएको विभिन्न स्वास्थ्य सामाग्री, आयआर्जनका लागि बाख्रा पालन गर्ने कृषकका लागि खोर निर्माणमा गरिएको सहयोग लगायतका परियोजनाको अनुगमन गरिएको हो । बिहिबार गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्ष भक्त बहादुर भुजेल, सिड्स नेपालका उपाध्यक्ष कृष्णहरी थापा, परियोजनाका अधिकारी,…
सिन्धुली । गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासले सरसफाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कमलामाई नगरपालिका ४ ढुङ्ग्रेवासमा आयोजित कार्यक्रममा उपशाखा द्धारा आयोजित रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान गर्नुहुने २२ जनालाई सम्मान तथा शाखाका आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुङ्ग्रेवासका सभापति सन्तोष बोहोराको अध्यक्षता तथा नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त शाखामा आबद्ध भई सिन्धुली उद्योग बाणिज्य संघको हालै सम्म निर्वाचानमा विजयी हुनु भएका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघको जिल्ला…
सिन्धुली । रामेछाप नगरपालिका ९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव सिन्धुलीमा भेटिएको छ । सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत जेठ ४ गते दिउँसो करिब सभा २ बजे माछा मार्न सुनकोसी नदी तर्फ गएका भुजेल वेपत्ता भएको थिए । गत आइतबारबाट वेपत्ता भएका भुजेलको शव ६ दिनमा सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ स्थित वलेनी घाट नजिकै सुनकोसी नदी किनारमा भेटिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए पछि…
सिन्धुली । सिन्धुलीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । कमलामाई नगरपालिका ५ र ६ को सिमना हुँदै बग्ने ग्वाङ खोलामा पौडी खेल्न गएका एक १६ वर्षका बालकको खड्कुले दहको पानीमा डुबेर मृत्यु भएको हो । गोलन्जोर गाउँपालिका ७ खुर्कोटका प्रदिप देबकोटाका छोरा कमलामाई नगरपालिका ७ बुद्धनगर स्थित मामा घरमा बसी शिद्धबाबा बोर्डिङ्ग स्कुल स्थित कक्षा ९ मा अध्ययनरत १६ वर्षका प्रतिक देबकोटाको बुधबार दिउँसो पानीमा डुबेर मृत्यु भएको हो । बुधबार विद्यालय बन्द हुँदा साथीहरुसंग पौडीखेल्न गएको बेला देबकोटा दहमा डुबेका थिए । उनी दहमा डुबी घाईते हुँदा तत्काल उद्धार गरी उपचारका लगी सिन्धुली अस्पताल पु¥याइएको…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले अक्षयकोष स्थापनाको कामलाई तिव्रता दिएको छ । पहिलो चरणमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको विद्यालयमा सहयोगीदाताहरुको संख्या समेत बढ्दै गएको छ । विद्यालयले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको केही दिनमै ५७ संख्यामा सहयोग गर्ने दाताहरुबाट ४ लाख रुपैयाँ बढी रकम संकलन भएको छ । विद्यालयका प्रधनध्यापक मानध्वज बम्जनका अनुसार अक्षयकोष स्थापनार्थ हालसम्म ५७ जनाबाट रकम प्राप्त भएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि सुरुवात गरिएको अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सहयोगीहरुलाई भव्य कार्यक्रमका विच सम्मान समेत गर्ने योजना बनाएको छ । श्री माध्यमिक विद्यालय मरिण…
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कपको उपाधि वडानम्बर पाँचले जितेको छ । हरिहरपुरगढी गाउँपालिकाको प्रायोजन तथा युवा तथा खेलकुद विकास समितिद्धारा आयोजित पाँचौ अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको हो । बिहिबार वडा नम्बर ८ र ५ नम्बर वडाबिच भएको फुटबल प्रतियोगितामा २–० गोल अन्तरले वडा नम्बर ५ विजयी भएको हो । विजेता तथा उपविजेता वडालाई हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा तथा वडाअध्यक्षहरु र गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थितीमा नगद, शिल््ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ ।
सिन्धुली : सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको छ । गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो । सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका उपाध्यक्ष नावराज श्रेष्ठको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त तालिमको शुभारम्भ गरिएको हो । गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द डिडि फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरेको हो । महिला स्वास्थ्य स्वयंसेविकाहरुका माध्यमबाट समुदायमा अन्धोपन निवारणका लागि सहयोग…
सिन्धुली । नेकपा (एमाले) जिल्ला कमिटी सिन्धुलीको चौथो पूर्ण बैठक जिल्लाको दुधौली नगरपालिकामा सुरु भएको छ । नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता तथा नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बैठक सुरु भएको हो । दुधौली नगरपालिका ९ स्थित सभा हलमा आयोजित बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु गणेश पहाडी, मनोजजंग थापा, कमलाजंग राई, विषमलाल अधिकारी, उमा कोइराला, सुवास देबकोटा, निरुकुमारी कुवर लगायत केन्द्र, प्रदेश र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । बैठकमा एमालेका जिल्ला कमिटि पदाधिकारी तथा सल्लाकार परिषद समिति, लेखा समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको छ । बैठकमा…
हेटौँडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुक माया तामाङले मन्त्रालयका सम्पूर्ण सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने बताएकी छिन् । मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्रालयको सेवासम्बन्धी जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् । उनले मन्त्रालयको कार्य जिम्मेवारी अनुरूप सम्पादन गर्नुपर्ने कार्यहरूलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवा सुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् । व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धि नीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐन नियमको परिधिमा रही मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कार्यरत जनशक्तिबाट संरचनागत…