Sindhul Dainik

बागमती प्रदेश

ग्रिल निर्माण तालिमको नगर उपप्रमुख देबकोटाद्धारा उद्घाटन

ग्रिल निर्माण तालिमको नगर उपप्रमुख देबकोटाद्धारा उद्घाटन

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा दलित सेवा संघ सिन्धुलीको आयोजनामा सिन्धुलीमा ग्रिल निर्माण सम्बन्धी दश दिने तालिम सुरु भएको छ । दलित समुदायका लागि सिप विकास तालिम अन्तरगत नगरपालिकाको सहयोगमा नगरका १४ वटै वडाका सहभागिलाई दश दिने तालिमको आयोजना गरिएको हो । आइतबार बाट सुरु भएको तालिमको नगर उपप्रमुख मन्जु देबकोटाले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको छ । तालिको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख देबकोटाले तालिमले नागरीकहरुमा सिपको विकास गर्दै स्वरोजगार बन्न सहयोग पुग्ने बताउँनु भयो । उहँले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवसाय गर्न सके आर्थिक हिसावले समेत सवल बन्न सकिने भन्दै तालिममा सक्रिय सहभागिता हुन…
Read More
सिन्धुलीका पत्रकार शेषराज दाहाललाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

सिन्धुलीका पत्रकार शेषराज दाहाललाई ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मान

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानीत हुनुभएको छ । नेपाल पत्रकार महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमान्डौमा दाहाल सम्मानित हुनु भएको हो । केन्द्रीय कमिटीको विहिबार बसेको बैठकले दाहाललाई सम्मान गर्ने निर्णय गरेको थियो । दाहालको उक्त सम्मान दाहालका पुत्र तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष पत्रकार सञ्जय कुमार दाहालले ग्रहण गर्नु भएको हो । दाहाललाई नेपाल पत्रकार महासंघको २७ औं केन्दीय महाधिवेशनको उद्घाटन सत्रको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गर्नु भएको हो । नेपाली पत्रकारीता क्षेत्रमा योगदान दिएको साथै…
Read More
रेडक्रसद्धारा सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना

रेडक्रसद्धारा सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना

सिन्धुली । सिन्धुली जिल्लाका नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने उद्देश्यका साथ सिन्धुलीमा १ करोड ६२ लाखको अक्षयकोष स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीले जिल्लाका नागरीकहरुका लागि उपचारका क्रममा आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउने गरी उक्त अक्षयकोषको स्थापना गरेको हो । झण्डै एक वर्ष अघि एक करोड ५० लाखको अक्षयकोष स्थापना गर्न भनि रेडक्रसले सहयोग संकलन अभियान चलाएको थियो । उक्त अभियान अन्तरगत आइतबार सम्ममा १ करोड ५० लाख ५१ हजार रुपैयाँ रकम जम्मा भएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । ‘उक्त कोषमा जिल्लाका विभिन्न तिनवटा गाउँपालिकाहरुले १२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता सहित…
Read More
सिन्धुलीको खुर्कोटमा बेवारिसे शव फेला

सिन्धुलीको खुर्कोटमा बेवारिसे शव फेला

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । शुनकोसी नदी नदि किनारामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । शव सडे गलेको अवस्थामा छ । शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको, माथि कपडा नभएको, तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको सिन्धुलीका प्रहरी प्रवक्ता अनलि कुमार खड्काले जानकारी दिए । शवलाई घटनास्थलबाट प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।
Read More
नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन

काठमाडौं । नेपालको पहिलो चलचित्र माइतीघरका नायक सिपी लोहनीको निधन भएको छ । स्वास–प्रस्वासको समस्याका कारण केही दिनदेखि काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा ८६ वर्षको उमेरमा सोमबार निधन भएको हो । गत साता निमोनिया भएपछि लोहनीलाई अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । विगत ६–७ वर्षदेखि अल्जाइमर र पार्किन्सनको समस्याले थलिएका उहाँलाई पछिल्लो समय निमोनिया भएको थियो । सन् १९६६ मा रिलिज भएको नेपालको पहिलो व्यवसायीक चलचित्र माइतीघरमा लोहनीले मुख्य नायकको भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले बलिउड नायिका माला सिन्हाका पत्नी हुनुहुन्छ । माइतीघर चलचित्रको गीत पनि गाउनु भएका उहाँ प्रखर कलाकार हुनुहुन्छ ।
Read More
सिन्धुलीमा बोलेरो दुर्घटना, चालकसहित दुईजना घाइते

सिन्धुलीमा बोलेरो दुर्घटना, चालकसहित दुईजना घाइते

सिन्धुली । काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बोलेरो सिन्धुलीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बीपी राजमार्गअन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका (५ मा बा।प्र।०१–०२७ च ६७४७ नम्बरको बोलेरो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा बोलेरोका चालक रामेछाप सुनापति गाउँपालिकाका प्रशान्त तिमल्सिना र सोही बोलेरोमा सवार भरतपुर महानगरपालिका ६ चितवनका अमृत श्रेष्ठ गम्भीर घाइते भएको सिन्धुलीका प्रहरी प्रवक्ता अनिल खड्काले जानकारी दिएका छन् । घाइतेमध्ये श्रेष्ठको अवस्थ गम्भीर रहेको छ । घाइते दुवैलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ । गाडी सडकबाट अन्दाजी तीन सय फिट तल खरेको थियो ।
Read More
कनपा ८ की पुलामीलाई माओवादी केन्द्रको आर्थिक सहयोग

कनपा ८ की पुलामीलाई माओवादी केन्द्रको आर्थिक सहयोग

सिन्धुली । दिर्घ रोगको उपचार गराईरहेका कमलामाई नगरपालिका ८ करकरेकी इन्द्रकुमारी पुलामीलाई आर्थिक सहयोग गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघिय सांसद राजन दाहालले शुक्रबार पुलामीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको हो । विपन्न परिवारकी पुलामी दिर्घरोगका कारण उपचार गराईरहनु भएको छ । उहाँको उपचारका लागि सहयोग पुगोस भन्ने उद्देश्यले नेकपा माओवादी केन्द्र सिन्धुलीले स्थापना गरेको विपन्न राहत कोषबाट दश हजार रुपैयाँको चेक प्रदान गरिएको हो । माननिय दाहालले कार्यालयमै पिडित इन्द्रकुमारीका छोरा सन्जिव पुलामीलाई दश हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको नेकपा माओवादी केन्द्र कमलामाई नगर कमिटिका सचिव चन्द्रनाथ गौतमले जानकारी दिनु भयो । माननिय दाहलकै पहलमा…
Read More
नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा क्यालेण्डर विमोचन

नेपाल निजामती कर्मचारी संगठनको स्थापना दिवसमा क्यालेण्डर विमोचन

सिन्धुली । नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीले आफ्नो स्थापना दिवसको अवसर पारेर भित्ते पात्रो (क्यालेण्डर) विमोचन गरेको छ । शुक्रबार सिन्धुलीमाढी स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा २०८१ को भित्रे पात्रो विमोचन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरिएको हो । संगठनका केन्द्रीय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज पुरूषोत्तम दाहालको प्रमुख आतिथ्यतामा क्यालेण्डर विमोचन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा संगठनको स्थापना दिवसरको अवसरमा पेशाकर्मीहरु प्रति शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम संगठनका सिन्धुली अध्यक्ष पदम बहादुर मगरको अध्यक्षमा सम्पन्न भएको हो ।
Read More
कमलामाई ५ ले शनिवार सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्दै

कमलामाई ५ ले शनिवार सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्दै

सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ५ सिन्धुलीले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता भोली शनिवार वडा कार्यालयबाटै वितरण गर्न लागेको हो । वडा अध्यक्ष पूर्णबहादुर खड्काका अनुसार वडाका जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरुलाई लक्षित गर्दै सदाझै यस पटक पनि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागीएको हो । ‘चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता यही बैशाख ८ गते शनिवारका दिन राष्ट्रिय वाणिज्य बैंक सिन्धुली शाखासंगको समन्वयमा वडा कार्यालयबाट विहान १० बजेदेखि वितरण सुरु गरिने छ,’ उहाँले भन्नुभयो । जेष्ठ नागरीक, अपाङ्ग, अशक्तहरु बैंकमा पुगेर…
Read More
सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ बैशाख २६ गते

सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ बैशाख २६ गते

कुसुमटार । हिमाल–पहाड र तराईलाई समृद्धिका रुपमा जोड्ने बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिन डाइभर्सनको सुरुङ मार्गको ‘ब्रेक थ्रु’ हुन अव २ सय ६ मिटरमात्र बाँकी रहेको छ ।कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण थालिएको कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये बिहिबारसम्म १२ दशमलव ९ सय ९३ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माणमा भौगोलिक जटिलता उत्पन्न नभए आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी समेत गरिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए । बरालका अनुसार आगामी २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा विशेष समारोहका विच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो…
Read More