सिन्धुली । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा सिन्धुलीको घ्याङलेख गाउँपालिका प्रथम भएको छ । सिन्धुली जिल्लाका दुई नगरपालिका सहित नौं वटा पालिकाहरु मध्ये घ्याङलेख गाउँपालिका प्रथम भएको हो । उक्त पालिका बागमती प्रदेशका सबै स्थानीय तहहरुको मुल्यांकनमा तेस्रो भएको छ । नेपाल सरकार, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सार्वजनिक भएको स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनको सुचकहरुमा ९६ दशमलव ५ प्रतिसत अंक प्राप्त गर्दै घ्याङलेख गाउँपालिका जिल्लामा प्रथम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले जानकारी दिए । यो अंक जिल्लाको अन्य पालिकाको तुलनामा सर्वात्कृष्ट हो । ‘स्थानीय तहले गरेका कार्यहरु तोकिएको समय सिमा भित्र आवश्यक कागजातहरु…
सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ अन्तर्गत पाचौँ दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको पाचौँ दिन विभिन्न पालिका विच भएको प्रतिस्पर्धामा एथलेटिक्स, भलिबल र फुटबल लगायतका खेलहरु सम्पन्न भएको हो । खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको एथलेटिक्स अन्तर्गत ३ सय मिटर दौडमा पुरुष तर्फ भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र सुनकोशी गाउँपालिका तेस्रो भएको छ । त्यसैगरि ३ सय मिटर दौडमा महिला तर्फ कमलामाई नगरपालिका र मरिण गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा कमलामाई नगरपालिका पहिलो र मरिण गाउँपालिका दोस्रो भएको छ । यसैगरी खेलकुद महोत्सव…
सिन्धुली । सिन्धुलीमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद महोत्सब हुने भएको छ । सिन्धुली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव हुने भएको हो । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराको साथ जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब २०८१ गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिर बहादुर थिङ् तामाङ्ले जानकारी दिए । ‘खेलकुद महोत्सव यही फागुन ५ गते बाट १३ गतेसम्म आयोजना गरिने छ । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सब १३ गते सम्म सिन्धुलीमाढी स्थित खुल्ला मंचमा संचालन हुने छ,’…
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा स्थानीय सरकारका कारकारबाहीका विषयमा सरकार र नागरिकविच सवाल जवाफ भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सरकारका कामकारबाही माथी नागरिक बृत्तबाट चासो राख्दै गरिएको प्रश्नमा सरकारले जवाफ दिएको हो । स्थानीय तहमा सुशासन, पारदर्शीता र जवाफ देहितका विषयमा प्रश्न उठिरहेका बेला गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सरकार र सहभागिहरुविच सवाल जवाफ भएको हो । गाउँपालिकाको कार्यालय स्थित खाङसाङ बेसिमा गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले राखेका प्रश्नमाथी गाउँपालिकाकी अध्यक्ष सुनुवार तथा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजन मगरले जवाफ दिएका हुन् ।…
सिन्धुली । ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन, २०२४ बाट उत्कृष्ट अवार्ड पाएसंगै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको चर्चा चुलिएको छ । सुशासन तथा गुणस्तरीय सेवा प्रवाह गर्ने पालिकामध्ये देशैभरबाट पहिलो पालिका बनेपछि अध्यक्ष मोक्तानलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन– तिन २०२४ वाट सम्मान गरिएको थियो । स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रवाह, वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९७ दमलव ५ अंक प्राप्त गरी न्यून वित्तीय जोखिम र स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा ९४ दशमलव ७५ अंक प्राप्त गरी मरिण देश भरका गाउँपालिका मध्येबाट उत्कृष्ट बनेको थियो । यो अवार्ड प्राप्त गरेसंगै अध्यक्ष मोक्तानलाई बधाईको ओइरो आउन थालेको छ । सोही क्रममा अध्यक्ष…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जाबाट चोरीको मोटर साइकल सहित दुई पक्राउ परेका छन् । बिपी राजमार्गस्थित सुनकोशी गाउँपालिका १ दुम्जामा चेक जाँच गर्नेक्रममा चोरीको मोटरसाइकल सहित रौतहटको बोधिमाई नगरपालिका १ बस्ने १९ वर्षीय बिशम्बर साह कलवार र रौतहटको बोधिमाई नगरपालिका ८ का १८ वर्षका सुरज कुमार गोसाईलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँबाट सिन्धुली आउँदै गरेको बा.प्र.०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकल चोरी भएकाले नियन्त्रणमा थप अनुसन्धानको लागी ललितपुरको प्रहरी वृत्त सात दोबाटो पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
सिन्धुली । सिन्धुली प्रहरीले ठुलो क्षेत्रफलमा लगाइएको अबैध गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका ७ क्यानेश्वरमा ८ कठ्ठा दश धुर क्षेत्रफलमा लगाइएको गाँजाको व्याड र वेर्ना नष्ट गरिएको हो । ‘इलाका प्रहरी कार्यालय मरिणबाट खटिएको प्रहरी निरिक्षक सहितको टोलिले हरिहरपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर, वन्चरेडाँडा लगायतका विभिन्न स्थानहरुमा अन्दाजी ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड, वेर्नाहरु फेला पारी नष्ट गरिएको छ,’ काफ्लेले भने । प्रहरीका अनुसार अबैध गाँजा खेति गर्नेहरुभने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा…
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ चियाबारी नजिकै डबल क्याप बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका ६ हैबारका पृथ्वी भुजेल, सोही वडाको नाकाजोलीका उदय बहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगर रहेका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि पृथ्वी र उदयको घटनास्थलमै मृत्यु भएको हो । पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । मृतक उदय गोलन्जोर गाउँपालिका ६ का निर्वाचित वडा सदस्य समेत हुन् । गोलन्जोर गाउँपालिकाको ६ को हैबार नाकाझोलीबाट सिन्धुली सदरमुकाम माढीबजार तर्फ आउँदै…
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका ४ नेत्रकाली बेलबोटमा नवनिर्मित स्वास्थ्य चौकी (वर्थिङ्ग सेन्टर) भवनको उद्घाटन गरिएको छ । अति दुर्गम मानिने उक्त क्षेत्र लामो समयको प्रतिक्षा पछि निर्माण सम्पन्न भवनको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दैै प्रतिनिधिसभा सदस्य दाहालले नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने अपेक्षा व्यक्त गरे । स्वास्थ चौकीका लागि आवश्यक उपकरण र कर्मचारी दबन्दीका विषयमा संघीय सरकारमार्फत उपलब्ध गराउन पहल गर्ने दाहालले प्रतिबद्धता जनाए । ‘शिक्षा, स्वास्थ्य र रोजगार संविधानले मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसैले आवश्यक दरबन्दी र सामग्रीका लागि बजेट व्यवस्थापन गर्नु सरकारको दायित्व…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा पहिलो पटक साप्ताहिक कृषि हाटबजार सुरु भएको छ । स्थानीय कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको बजारीकरणको लागि स्थानीय स्तरमै साप्ताहिक हाटबजार सुरु गरिएको हो । लिबर्ड रेरास र सुनकोशी गाउँपालिकाको समन्वयमा वडा नम्बर ५ को रामटारमा हाटबजार सुरु भएको हो । हरेक बुधबार लाग्ने गरी सुरु गरिएको साप्ताहिक हाटबजारको उद्घाटन सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल,उपाध्यक्ष कपिल कुमार कोइरालाले संयुक्त रुपमा गरेका छन् । साप्ताहिक हाटमा स्थानिय उत्पादित साग, कागती, काक्रा, चिचिन्डा, निगुरो, फर्सीको मुन्टा, स्कुसको मुन्टा, बोडी, राजमा, ड्राईगनफ्रुड, अनार, लत्ताकपडा, लगाएतका सामाग्रीहरु विक्रीको लागि राखिएको छ । स्थानीय कृषकको थोरै भएपनि उत्पादनले बजार…