सिन्धुली । राई समुदायको मुख्य पर्व आउताबाबु औंसी पर्बको अवसरमा आइतबार सिन्धुली हरिहरपुगढी गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले एक सूचना जारी गर्दै राई समुदायको मुख्य पर्व आउताबाबु औंसीको उपलक्ष्यमा असोज ५ गते आइबार गाउँपालिका मातहत रहने वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, विद्यालय तथा अन्य शिक्षण संस्थाहरु, बैंक तथा विक्तिय संस्थाहरु र अन्य सार्वजनिक संघ÷संस्थाहरुमा स्थानीय विदा दिइएको उल्लेख छ । साथै अध्यक्ष वाइबाले गाउँपालिका बासी, स्वदेशी तथा विदेशमा रहनु भएका सम्पूर्ण राई समुदायलाई आउताबाबु औंसी पर्बको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आदिवासी तथा जनजाती राई समुदायको उल्लेख्य रुपमा बसोबास…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकामा स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीलाई सम्मान तथा छात्रावृत्ति वितरण गरिएको छ । विचैमा पढाई छाड्दै बिवाह गर्नेहरुको संख्या बढ्दै गएपछि स्नाकोत्तर अध्ययनरत अबिबाहित छोरीहरुलाई प्रोत्सहान स्वरुप सम्मान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाका १५ जना अबिबाहित छोरीहरुलाई सम्मान गरिएको हो । उनिहरुलाई गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालले आइतबार एक कार्यक्रमका विच सम्मान गर्नुभएको हो । उनिहरुलाई जनही १८ हजार रुपैयाँ नगद सहित दोसल्लाह ओढाएर सम्मान गरिएको हो । ‘गाउँपालिका भित्र बसोबास गर्ने र पालिका भित्रै स्नाकोत्तर अध्ययनरत छोरीहरुलाई सम्मान गर्दा अन्य किशोरीहरुमा समेत उच्च शिक्षा अध्ययनगर्ने हौसला…
सिन्धुली । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पिएएन) उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२ बाट सम्मानीत भएपछि सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) लाई मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसाल विद्यालयले समेत सम्मान गरेको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्ष मोक्तानलाई सम्मान गरिएको हो । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालले प्रत्यक वर्ष प्रदान गर्ने ‘वर्षको उत्कृष्ट गाउँपालिका पुरस्कार’ अन्तरगत यस वर्ष सिन्धुलीको मरिण गाउँपालिकालाई प्रदान गरिएको थियो । मरिण गाउँपालिका शिक्षाका क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका बन्दै गर्दा समग्र मरिणका विद्यालय र शिक्षाका क्षेत्रमा काम गर्ने संस्थाहरुको समेत उच्च शिर भएको उल्लेख गर्दै विद्यालयको तर्फबाट अध्यक्ष मोक्तानलाई सम्मान…
सिन्धुली । नेपालमा सामान्यतया राजनीतिक तहमा ‘लिडर’ छान्न प्राय चुनाव हुने गर्दछ । राजनीतिक पार्टी तथा भातृ सँगठनको नेतृत्व छनौट लोकतान्त्रीक पद्धती अनुसार निर्वाचन बाट गरिँदै आएको छ । तर, सिन्धुलीको मरिण गाउँपालिका ४ मा रहेको मावि मरिण खयरसालले क्याप्टेन (प्रमुख) सहायक क्याप्टेन (उपप्रमुख) को छनौट निर्वाचन मार्फत गराएको छ । विद्यालयमा केही समयदेखि रिक्त रहेको क्याप्टेन र सहायक क्याप्टेन पदमा विद्यार्थीहरुले शुक्रबार मतदान गरेर छनौट गरेको विद्यालयले जनाएको छ । शिक्षण सिकाइ क्रियाकलापलाई समेत सहज हुने गरी विद्यालयले मरिण गाउँपालिकाको शिक्षा शाखासंग सहयोग लिई निर्वाचन प्रकृयाबाट एक वर्षका लागि क्याप्टेन र सहायक क्याप्टेन छनौट गरेका हुन् । विद्यालयका कक्षा…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा मौषमी तथा बेमौषमी तरकारी खेती तालिमको आयोजना गरिएको छ । गोलन्जोर गाउँपालिकाको सहयोग तथा महाभारत कृषक सहकारी संस्थाको आयोजनामा स्थानीय कृषकहरुलाई तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरीले निरिक्षण समेत गर्नु भएको छ । सो अवसरमा तालिम प्राप्त कृषकहरुलाई विभिन्न जातको मौषमी तथा बेमौषमी तरकारीका विउ तथा विजन लगायतका कृषि सामाग्री समेत प्रदान गरीएको छ । कार्यक्रममा गोलन्जोर गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द लुंगेली लगायतका गाउँपालिकाका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
सिन्धुली । सिन्धुलीमा लागु औषध गांजा सहित बोलेरो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गरुडा नगरपालिका ४ रौतहट बस्ने वर्र्ष १९ को गोपाल साह रहेका छन् । उनलाई सिन्धुलीको हरिहरपुरगढी स्थित झनझने प्रहरी चेकपोष्टका प्रहरी नायव निरिक्षक प्रकाश भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो । शुक्रबार बिहान चार बजेको समयमा प्र.२–०३–००१ च. ५६७१ नं. को पिकअप गाडीमा १ सय ७ किलो गाँजा सहित शाहलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता सुर्य प्रकास सुवेधीले जानकारी दिए । मदन भण्डारी राजमार्गमा अन्तरगत हरिहरपुरगढी गाउँपालिका २ स्थित झनझनेमा प्रहरीले चेकजाँच गर्नेक्रममा सिमेन्टको बोरोमा प्याक गरेको ७ पोको गाँजा…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । गाउपालिकाका १६ महिना देखि ५९ महिनासम्मका १ हजार १२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गणतन्त्र दिवसको अवसर पारेर बिहिबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो । यो संगै सिन्धुलीका चारवटा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । यस अघि जिल्लाको फिक्कल, गोलन्जोर र मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष खोप समन्वय समितिका संयोजक दिपा बोहोरा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा…
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका दलित समुदायका युवा युवतीलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा उनिहरुलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको हो । उनिहरुलाई तिन महिनासम्म कम्प्युटर सम्बन्धी आधारभुत सिप प्रदान गरिने छ । तालिममा मरिण गाउँपालिकाका २० जना दलित युवा युवतीको सहभागिता रहने छ । शुक्रबार पहिलो दिन १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्तीमा २० जनाको सहभागिता रहने मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले बताउँनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।…
सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
ड्ड प्राइम बैंङ्कले एकमुष्ट पाँच लाख जम्मा गर्दै सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले आफ्नो पालिकाका सबै वडामा अध्ययनरत विद्यार्थीहरुको बैंक खाता खोली दैनिक रकम बचत गराउँने भएको छ । गाउँपालिकाको ६ वटै वडामा अध्ययनरत पाँच हजार विद्यार्थीहरुको बैक खाता खोली पालिकाले दैनिक एक रुपैयाँ र अभिभावकबाट एक रुपैयाँ गरी दैनिक दुई रुपैयाँ रकम जम्मा गर्ने भएको हो । पालिकाका ६ वटै वडाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका सबै पाँच हजार बढी विद्यार्थीहरूको बैङ्क खाता खोली दैनिक बचत रकम समेत जम्मा गरिदिने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइएन् । यसका लागि बुधवार फिक्कल गाउँपालिका र…