सिन्धुली। सिन्धुलीका १५ हजार बढी बालबालिकाहरुलाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन थालिएको छ । जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नौं वटै स्थानीय तहका २०७३ साल बैशाख देखि २०७५ साल असोज महिनासम्म जन्मिएका र खोप लगाउन छुटेका १५ हजार ८४ जना बालबालिकाहरुलाई आईपिभी खोप लगाउन थालिएको हो । यो खोप अभियान जिल्लाका नौ वटै पालिकामा एकै पटक सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिए । ‘राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत २०७३ बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका र पोलियो रोगविरुद्धको आइपिभी खोप लगाउन छुटेका बालबालिकालाई जिल्लाका विभिन्न ६ सय ५८ वटा खोप केन्द्रबाट खोप लगाउन थालिएको…
मरिण । सिन्धुलीको मरिण गाउँपालिकामा ग्रामेन्ट उद्योग स्थापना गरिने भएको छ । गाउँपालिकाका गृहिणी महिलाहरुको सहभागितामा गाउँपालिकाले ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागेको हो । मरिण गाउँपालिका ५ बढीमुहानमा बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको समन्वयमा पहिलो पटक गृहिणी महिला सशक्तिकरण कार्यक्रम सुरु भएसंगै ग्रामेन्ट उद्योग संचालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम अनुसार सिन्धुलीको मरिण गाउँपालिका ५ बढीमुहानमा एक महिने सिलाई कटाई तालिम लिएका गृहिणी महिलाहरुबाट उक्त ग्रामेन्ट उद्योग संचालन गर्ने तयारी गरिएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले जानकारी दिनुभयो । यसका लागि गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत बढीमुहानका २५ जना गृहिणीहरुलाई एक…
सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । बिहिबार तिनपाटन गाउँपालिका २ भिमस्थान चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका तिनपाटन गाउँपालिका १ चिसापानीका ४५ का नबराज काफ्लेलाई हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको सिन्धुली प्रहरीले जनाएको छ । भिमस्थानबाट बेलघारी तर्फ आउदै गरेको प्रदेस २–०३–००१ त ५५२६ नम्बरको ट्याक्टरले बिपरित दिशा तर्फ जादै गरेको प्रदेस २–०२–००५ प ४७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा काफ्ले गम्भिर घाईत भएका थिए । उनको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि फिस्टेलएयरको हेलिकप्टरद्धारा नेपाल मेडिसिटी अस्पताल सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए ।…
काठमाडौं : प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको बताएको छ। आइतबार बालुवाटारमा भएको प्रधानमन्त्री र कांग्रेसका शीर्ष नेताको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीको विषयमा पार्टी रवि लामिछानेमाथि उठाएका मुद्दामा छानबिन समिति बनाउन प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको जानकारी दिए। लेखकले प्रधानमन्त्रीसँग आफूहरूले पूर्ववत अडान यथावत् राखेको बताए। उनले भने,‘हामीले सहकारी ठगीका सन्दर्भमा संसदमा कुरा उठाउँदै आएका छौं, संसदीय छानबिन समिति गठन गर्नु्पर्छ भनेर हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ, सकारात्मक कुरा नै छ।’ लेखकले सोमबार बस्ने कांग्रेसको संसदीय दलको बैठकले थप निर्णय गरेर अगाडि बढ्ने बताए। सरकार…
सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सिन्धुली आइपुग्नु भएको छ । सुनकोसी–मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार हुने ‘ब्रेक थ्रु’ का प्रधानमन्त्री दहाल मंगलबारनै सिन्धुली आइपुग्नु भएको हो । नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलबार मध्यान्न सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट आइपुग्नु भएका प्रधानमन्त्री प्रचण्ड आज यही बस्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसंग विभागीय मन्त्री तथा सचिवहरुको समेत सहभागिता रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रतिनीधि सभा सदस्य राजन दाहाल, सुनकोसी गाउँपालिकाका अध्यक्ष दिपा बाहोरा दालहा लगायत स्वागत गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्ड मुलकोट स्थित क्वालिटी विच रिसोर्टमा मंगलबार राती बास बस्ने र बुधबार बिहान ११ बजे सुनकोसी गाउँपालिका ७ स्थित…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ का आगलागी पिडितलाई जस्तापात लगायतको सरसामान सहयोग प्रदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको पहलमा गोलन्जोर गाउँपालिका ६ निवासी समाजसेवी सुदिप कोइरालाबाट प्राप्त रहात सामाग्री गोलन्जोर ३ धेद्रेका आगालगी पिडित राम ब दर्लामी मगरलाई हस्तान्तरण गरिएको हो । सोमबार ग्वाल्टारमा आयोजित एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाको पहल तथा गोलन्जोर गाउँपालिका बिपत शाखाको समन्वयमा समाजसेवी सुदिप कोइरालबाट प्राप्त ४० हजार १ सय बराबरको राहात सामाग्री पिडित दर्लामी मगरलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखाका सभापति गौरव कार्कीले जानकारी दिनुभयो । ‘आगलागी पिडित दर्लामीलाई ४ बण्डल जस्ता, १५ फिट प्लेन…
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका ४ का आगालगी पिडितहरुलाई रेडक्रसले राहात सामाग्री वितरण गरेको छ । आइतबार सुनकोसी गाउँपालिका ४ सिन्धुलीका आगलागी पिडितलाई लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न, त्रिपाल लगायतको राहत सामाग्री वितरण गरिएको हो । राहत सामाग्री वितरणमा गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, वडा नम्बर ४ का वडा अध्यक्ष यमबहादुर जर्गा, रेडक्रसकर्मी मणिराम आचार्य तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ स्थित सल्लेनी र सोखु बरडाँडामा विजुली वत्ति विस्तार भएको छ । गाउँपालिकाको पहलमा आइतबार गाउँपालिकाको बलेनी र सोखु बरडाँडामा ७५ केभिए वितरण ट्रान्सफरमरबाट विद्युत सुचारु गरिएको हो । गाउँपालिकाको सल्लेनी स्थित ५० केभिए र सोखु बरडाँडा स्थित २५ केभीए ट्रान्सफरमरबाट राष्ट्रिय प्रशारण लाईन जडान गरि सूचारु गरिएको उक्त वडाका वडा अध्यक्ष मोहन मगरले बताउनु भयो । उक्त विद्युतबाट वडाका ७२ घरधुरीमा वत्ति जडान गरिएको छ । सल्लेनीका २७ घरधुरी र सोखु बरडाँडाका ४५ घरधुरी गरी जम्मा ७२ घरधुरीमा विद्युत विस्तार गरिएको हो । उता गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले गाउँपालिकाले राष्ट्रिय प्रशासरणको विद्युत लाईन धमाधम…
रूसले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीविरूद्ध फौजदारी मुद्दा चलाएर ‘मस्ट वान्टेड’ सूचीमा राखेको छ। रूसको सरकारी समाचार एजेन्सी तासका अनुसार जेलेन्स्कीलाई गृह मन्त्रालयको अभिलेखमा ‘मस्ट वान्टेड’ सूचीमा राखिएको छ। उनीविरूद्ध रूसको फौजदारी संहिता अनुसार मुद्दा चलाइएको भन्ने बाहेक तासले अरू केही विस्तृत जानकारी दिएको छैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २०२२ फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गर्दा सुरूमै जेलेन्स्कीको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ। केही दिनमै पूरै युक्रेन कब्जा गर्ने विश्वास गरेका पुटिनले जेलेन्स्कीको हत्या गरेर उनको ठाउँमा रूस(मैत्री व्यक्तिलाई राष्ट्रपति बनाउन चाहान्थे। त्यही बुझेर नै अमेरिकाले रूसी आक्रमण अगाडि नै जेलेन्स्कीलाई युक्रेनबाट भगाउने प्रस्ताव गरेको थियो। तर जेलेन्स्कीले ‘मलाई लिफ्ट…
सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । शुनकोसी नदी नदि किनारामा नाम, थर, वतन नखुलेको अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । शव सडे गलेको अवस्थामा छ । शवको दाहिने हातको हत्केलामा जय बगदई माता २ ठाँउमा लेखिएको, दुबै हातको नाडीमा रातो डोरोले बाँधिएको, माथि कपडा नभएको, तल कालो ट्रयाक लगाएकोे अवस्थामा भेटिएको सिन्धुलीका प्रहरी प्रवक्ता अनलि कुमार खड्काले जानकारी दिए । शवलाई घटनास्थलबाट प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि सिन्धुली अस्पतालमा ल्याइएको छ ।