Sindhul Dainik

मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

मरिणका सामुदायिक विद्यालयलाई स्मार्ट प्रविधि हस्तान्तरण

सिन्धुली । सिन्धुलीको मरीण गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा प्रभावकारी शिक्षण सिकाइ क्रियाकलापका लागि स्मार्ट प्रविधि हस्तान्तरण गरिएको छ । स्मार्ट प्रविधिको माध्ययमबाट पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले विभिन्न १८ वटा सामुदायिक विद्यालयहरुलाई (सूचना र सञ्चार प्रविधि (आइसिटी) स्मार्ट प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिकाले १८ वटा सामुदायिक विद्यालयमा सूचना र सञ्चार प्रविधि अन्तरगत ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, ई–हाजिरी प्रणाली, तथा स्मार्ट बोर्ड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले जानकारी दिए । गाउँपालिकाले यस अघिनै केही नमुना विद्यालयमा आइसिटी प्याकेज हस्तान्तरण गरिसकेको छ । ‘शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी प्रविधिको प्रयोग प्रभावकारी देखिएपछि अन्य विद्यालयहरुमा समेत यस्तो प्रविधिको प्रयोग बढाउने गरी प्रविधि हस्तान्तरण…
Read More
सुनकोशी गाँउपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सुनकोशी गाँउपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सिन्धुली  । सिन्धुलीको सुनकोसी गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । गाउपालिकाका १६ महिना देखि ५९ महिनासम्मका १ हजार १२ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि गणतन्त्र दिवसको अवसर पारेर बिहिबार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको हो । यो संगै सिन्धुलीका चारवटा पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको छ । यस अघि जिल्लाको फिक्कल, गोलन्जोर र मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा गरिएको थियो । सुनकोसी गाउँपालिकाका अध्यक्ष खोप समन्वय समितिका संयोजक दिपा बोहोरा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पालिकालाई पूर्ण खोप सुनिश्चितता गाँउपालिका घोषणा…
Read More
गणतन्त्र दिवस : सुनकोसी गाउँपालिकामा बृक्षारोपण

गणतन्त्र दिवस : सुनकोसी गाउँपालिकामा बृक्षारोपण

सिन्धुली । १८ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीको सुनकोसी गाउँपालिकामा बृहत्त बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । बिहिबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कोइराला, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतका कर्मचारी र स्थानीयले बृक्षारोपण गरेका हुन् । गाउँपालिका परिसरका साथै, पालिकाका विभिन्न सामुदायिक विद्यालय प्राङ्गणमा बृक्षारोपण गरिएको गाउँपालिाका प्रमुख प्रशासकीय अधिकृत अजुर्न दर्जीले जानकारी दिनुभयो । गणतन्त्र दिवसको अवसरमा पालिकाले डिभिजन वन कार्यालय मरिणसंगको समन्वयमा ६ सय ५० बढी विभन्न जातका फलफुलको विरुवा बृक्षारोपण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत दर्जीका अनुसार अशोका, गुलमोहर, ज्याकाराण्डा लगायत फलफूलका विरुवाहरु रोपिएको छ । ‘गणतन्त्रको स्थायीत्वको कामना…
Read More
गोलन्जोरको मुर्की र थांग्रेगाउँका घरघरमा खानेपानीका धारा

गोलन्जोरको मुर्की र थांग्रेगाउँका घरघरमा खानेपानीका धारा

सिन्धुली  । शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ थांग्रेका भेषबहादुर बयलकोटीको मुहारमा खुसी छायो । दुर्गम र विकट गाउँ मुर्की र थाँक्रेगाउँका घरघरमा खानेपानीका धारा झेपछि बयलकोटीको मुहारमा खुसी छाएको हो । उहाँले खानेपानी अभाव हुँदा भोग्नु परेको अतित लाई सम्झंदै आफ्नै घरमै धारा निर्माण संगै पानी झरेपछि खुसी लागेको बताउँने भएको हो । गाउँका २१ घर दलित तथा विपन्नकोको आँगनमा स्वच्छ खानेपानीको धारा निर्माण गरेर शुक्रबार उद्घाटन गरिएपछि बयलकोटी जस्तै थांग्रेका स्थानीयमा खुसी छाएको हो । उनिहरु भन्छन्, ‘हाम्रो गाउँमा बल्ल नयाँ युगको सुरुवात भएको छ ।’ तिनै बयलकोटीको अध्यक्षतामा गठन गरिएको थांग्रे उपभोक्ता समितिले ७ महिना लगाएर निर्माण गरिएको…
Read More
मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

मरिणका विपन्न दलितलाई निशुल्क कम्प्युटर तालिम

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका दलित समुदायका युवा युवतीलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको छ । मरिण गाउँपालिकाको आर्थिक सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा उनिहरुलाई निशुल्क कम्प्युटर तालिम दिन थालिएको हो । उनिहरुलाई तिन महिनासम्म कम्प्युटर सम्बन्धी आधारभुत सिप प्रदान गरिने छ । तालिममा मरिण गाउँपालिकाका २० जना दलित युवा युवतीको सहभागिता रहने छ । शुक्रबार पहिलो दिन १५ जनाको सहभागिता रहेको छ । तालिममा कम्तीमा २० जनाको सहभागिता रहने मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर साशंकरले बताउँनुभयो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।…
Read More
रामेछापका भुजेलको शव सिन्धुलीमा फेला

रामेछापका भुजेलको शव सिन्धुलीमा फेला

सिन्धुली  । रामेछाप नगरपालिका ९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव सिन्धुलीमा भेटिएको छ । सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गत जेठ ४ गते दिउँसो करिब सभा २ बजे माछा मार्न सुनकोसी नदी तर्फ गएका भुजेल वेपत्ता भएको थिए । गत आइतबारबाट वेपत्ता भएका भुजेलको शव ६ दिनमा सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ स्थित वलेनी घाट नजिकै सुनकोसी नदी किनारमा भेटिएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । सुनकोशी नदी किनारमा एक जना अज्ञात व्यक्तिको शव फेला परेको स्थानीयवासीले प्रहरीलाई जानकारी दिए पछि…
Read More
मरिणमा दलित समुदायको आम सभा तथा सम्मान कार्यक्रम सम्पन्न

मरिणमा दलित समुदायको आम सभा तथा सम्मान कार्यक्रम सम्पन्न

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा दलित समुदायको नागरिक अभियान कार्यक्रम अन्तरगत खुल्ला आमसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको सहयोग तथा मरिण दलित एकता संघको आयोजनामा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको हो । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यता तथा मरिण दलित एकता संघका अध्यक्ष धन बहादुर विक (शाहसंकर) को अध्यक्षतामा भएको कार्यक्रममा मरिणका दलित समुदायका लागि दलित अधिकारका अभियान्ता विश्वभक्त दुलाल (आहुती) प्रशिक्षण दिनु भएको छ । उक्त कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष मोक्तानले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन स्थानीय सरकारले थुप्रै कार्यक्रम गरिएको बताउनुभयो । पालिकाका दलित समुदायको अवस्था कस्तो…
Read More
शनिबार मरिणमा दलित अधिकारका लागि खुल्ला आमसभा गरिदै

शनिबार मरिणमा दलित अधिकारका लागि खुल्ला आमसभा गरिदै

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पहिलो पटक दलित अधिकारका लागि उक्त समुदायको खुल्ला आमसभा आयोजना गरिने भएको छ । मरिण दलित एकता संघ मरिणको आयोजनामा शनिबार बिहान ११ बजे उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । मरिण दलित एकता संघका अध्यक्ष धनबहादुर विक (शाहसंकर) का अनुसार मरिण गाउँपालिका ६ को नयाँबस्ति स्थीत कृषिहाटबजारमा दलित नागरीक अभियान तथा खुल्ला आमसभा कार्यक्रमको आयोजना हुनेछ । सहभागि दलित समुदायले मरिण बहुमुखी क्याम्पस चोकदेखी नयाँ बस्तीसम्म पन्चेबाजा, ब्यानर सहितको ¥याली आयोजना गर्दै आमसभाको आयोजना गर्ने कार्यक्रम तय भएको छ । कायक्रममा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, दलित अगुवा विश्वभक्त दुलाल (आहुती) लगायतले प्रशिक्षण…
Read More
सिन्धुलीमा कानून दिवस मनाईयो सिन्धुली ।

सिन्धुलीमा कानून दिवस मनाईयो सिन्धुली ।

सिन्धुली । ७३ औं कानून दिवस आज सिन्धुलीमा पनि एक कार्यक्रमबिच मनाइएको छ । जिल्ला अदालत सिन्धुलीको सभा हलमा आयोजित उक्त दिवसमा कार्यक्रमका अध्यक्ष माननीय जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तले न्याय सम्पादनको शिलशिलामा सबैलाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नु आजको मूख्य आवश्यकता रहेको औल्याउनुभयो । कानूनी काम कार्बाहीहरु पारदर्शी र स्वतन्त्र हुनुपर्नेमा जोड दिदै उहाँले जनतालाई सन्तुष्ट बनाउनुपर्ने बताउनुभयो । कतिपय सन्दर्भमा कार्यपालिका र व्यवस्थापिकालाई समेत सहि ट्र्याकमा ल्याएर न्यायपालिकाले सहि दिशानिर्देश गर्ने भूमिका समेत निर्बाहा गरेको पनि उहाँले बताउनुभयो । कानून दिवसको अवसरमा जिल्ला न्यायधिवक्ता निमा घिमिरे, नेपाल वार एशोसियशन सिन्धुलीका अध्यक्ष मोहन थापा, जिल्ला श्रेस्तेदार बिदुर कोईराला, अधिबक्ता…
Read More
कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक

कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक

सिन्धुली । सिन्धुलीका कवि तथ गीतकार बाबुराम श्रेष्ठ यात्रीको नयाँ गीत ‘खोज्दा नि आफुलाई भेटाउन सकिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतले दार्शनिक रुपमा आत्म–पहिचानको खोज, जीवनको कठोरता, र आशा–निराशाबीचको संघर्ष प्रस्तुत गरेको छ । उक्त गितमा कवि तथा गीतकारले जीवनलाई यथार्थ रूपमा चित्रण गरेका छन्, जहाँ निरन्तर संघर्ष हुन्छ, त्यहाँ जिवनमा केही पाउने आशा हुन्छ भन्ने यतार्थलाई गित र संगितमा वर्णन गरिएको छ । यथार्थपरक दार्शनिक भाव समेटिएको गीतमा बाबुराम श्रेष्ठ यात्रीको शब्द, राजु सिंहको सङ्गीत गायक रामकृष्ण ढकालको स्वर र फनिन्द्र राइको एरेञ्ज रहेको छ । पर्पल रेकर्डिङ स्टुडियोमा कृपल गुरुङको रेकर्डिङ र सुमन खड्काको गीतमा मिक्सिङ…
Read More